विश्व राजनैतिक घट्ना परिघट्नालाई नियालेर हेर्दा हरेक बेला बखत कुनै नयाँ परिवर्तनको लागि कोहि युग पुरूषको जन्म हुने गरेको यथार्त छ। पहिलो विश्व युद्ध, अनि दोस्रो विश्व युद्ध का नायक भलै युद्धलाई प्रोत्साहित गर्न नहुने भए पनि राजनितिक परिवर्तन सँग जोडिएको हुदा मैले समावेस गरेको हुँ। जर्मनका दार्शनिक एवं राजनितिक सिद्धान्तकार “कार्ल मार्क्स”को सिद्धान्तलाई रुसमा क्रन्ति लागु गरेर चर्चा कमाएका लेनिन हुन वा कार्ल मार्क्सको सिद्धान्तलाई परिमार्जान गरेर सन १९४९ तिर चिनमा समाजवाद र साम्यवादको निति ल्याउने “माओ-त्से-तुंग” साथै दक्षिण अफ्रिकाको “नेल्सन मन्डेला” अनि तत्कालिन देखि वर्तमान सम्मका चर्चित तानाशाह सासन सत्ताका नाइके मंगोल साम्राज्यका चंगेज खाँ, मुगल साम्राज्यका औरंगवेज, सोभियतका स्टालिन, जर्मनका हिटलर अनि चिलीका अगस्टे पिनोशे आदीको नाम पनि त्यसै चर्चित बनेका होईनन्। यिनीहरु सबैको छबि भने हत्या हिंसा र आतंक बाट आएको छ। नेपाल कै कुरा गरौ ईतिहासमा राम्रो सँग पढ्न नपाईने पृथ्वी नारायण शाह, अनि जंग बहादुर राणाहरु पनि कहिँ न कतै क्रुरता सँग जोडिने गरेको पाईन्छ।
यद्दपी तानाशाह वा क्रुरता जे भने पनि पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको रुपले चिनिने गरिन्छ, यदि पृथ्वी नारायण शाहले एकिकरण नगरेको भए अहिले हामी सम्पुर्ण नेपालीले स्वभिमानको साथ जय नेपाल भन्ने अवसर हुदैन थियो, केहि भु-भाग चिनले त केहि भ-भाग भारतले कब्जा गरिसकेका हुन्थे कहिँ कतै मैले पढेको पनि थिए। महापुरुषलाई यहाँ जोड्दा उचित नहोला तै पनि भगवान “राम”, “गौतम बुद्ध” तथा ऋषीमुनिहरु राम र बुद्ध सँग जोडेका नामहरु अनि “यशु ख्रिष्ट” जस्ता महापुरुषले नाम त्यसै पाएका होइनन् यसमा त्याग, तपस्या, बलिदान र समर्पणको कारण हो। हामी कम्युनिष्ट हौ भन्ने जति सुकै राजनैतिक दल छन ( जस्तै केहि समय पहिलाका माले, ए-माले अनि माओबादी सबैले जर्मनका दार्शनिक एवं राजनितिक सिधान्तकार “कार्ल मार्क्स”को सिद्धान्तलाई नै मान्दै आएका हुन्। माओले केहि फेरबदल गरेर “राजनितिक बन्दुकको नाल बाट निस्कन्छ, राजनितिक रक्तपात रहित युद्ध हो र रक्तपात युक्त राजनितिक” यसैलाई आधार मानेर माओवादी जनयुद्ध शुरु गरेको पाईन्छ, भने एक अंग्रेज अधिकारी “एलन आँक्टोवियन हयुम” ले २८ सेप्टेमबर १८८५मा सुरु गरेको एक क्रन्ति थियो जसलाई आधार मानेर भारत हुदै नेपाली कांग्रेसको जन्म भएको पाईन्छ।
ईतिहास साक्षी छ, नेपाल कहिले पनि कसैको उपनिवेशमा रहेन, नेपाल विश्वको एकमात्र सार्वबभौम, स्वाधीन देश हो। विश्व अधिराज्य भर विर गोर्खालीको दर्जाले चिनिने नेपाल र नेपालीको लागि स्वभिमानमा ठाडै प्रहार गरि बिदेशी उत्पादन सिद्धान्त नेपालमा भित्र्याउनु सबै भन्दा दुर्भाग्य थियो । यो पनि हुन सक्छ त्यस बेलाको परिस्थितिको माग वा केहि राजनैतिक ब्यपारीहरुले ब्यपार बिस्तार गर्नकै निमित्त नेपालमा ल्याएर राजनितिक पसल थापेका हुन सक्छ। नेपाल कहिले कसैको उपनिवेश रहेन तर कहिले पनि फोहोरी राजनितिक बाट स्वतन्त्र भने हुन सकेन, त्यसैले कार्ल मार्क्सको सिधान्त होस वा त्यसलाई परिमार्जित गरिएको माओ-स्ते-तुंग को निति अथवा “एलन आँक्टोवियन हयुम” ले २८ सेप्टेमबर १८८५मा सुरु गरेको कांग्रेसको सिद्धान्त किन नहोस ७/८ दशकको ईतिहासमा ब्यपार मात्रै हो भन्ने प्रष्ट भैसकेको छ।
नेपालमा आफ्नो मौलिक र रैथाने पद्दति बाट सुरु गरेको महाअभियान जरो र किलो नेपालमै भएको मैलिक रैथाने शक्तिको मुर्तरुप बनेर आएको राजनितिक दल “मौलिक जरो किलो पार्टी” जसको सिद्धान्त नै नेपालमा र नेपाली माटो सुहाउदो तरिकाले लेखिएको छ। बिज्ञानको बुद्धि, प्रविधिको प्रगति। धर्मको विवेक सहृदयताको सम्बन्ध।। विकास न्याय स्वाधीनता समृद्धिमा नेपालको। सहृदयी तराइ, पहाड त हिमालको।। मुल नाराको साथ वैज्ञानिक सत्य युगको लक्ष सहित वि.स २०७२ दशैको घटस्थापनाको दिन बिधिपुर्बक सङ्कल्प लिई २०७२ कै बषन्त पञ्चमी ( श्रीपञ्चमी) को दिनमा “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति”को स्थपानाको घोषणा गरिको हुदा हेरेक वर्षको घटस्थापनालाई सङ्कल्प दिवस र बषन्त पञ्चमी ( श्रीपञ्चमी) को दिनमा स्थपना दिवस मनाउने गरिन्छ भने २०७६ सालको असार २४ गते ऐतिहासिक दिवसको रुपमा मानिन्छ किन सो दिन नेपाल स्वचलित कानुन अनुसार मौलिक जरो किलो पार्टीले आधिकारिक रुपमा बैधानिकता प्राप्त गरेको हो। त्यस्तै नेपालको ईतिहास कालखण्डमा पहिलो पटक नेपालि आम जनसमुदायलाई सुहाउदो मौलिक जरोकिलो पार्टीको लागि “राज्यराष्ट्र” अवधाराणा र सिद्धान्त हामीलाई दिनुहुने महान दार्शनिक एवं सिद्धान्तकार (युगद्रष्टा डा. निर्मलमाणि अधिकारी) ज्युको जन्मोत्सवको अवसर पारेर जेष्ठ १ गते युग निर्माण दिवसको रुपमा मनाउने निर्णायको साथ वि.स २०७७ जेष्ठ १ गते देखि हरेक साल “मौलिक जरो किलो पार्टी” ले युग निर्माण दिवस मनाउने घोषणा गरेको छ, सो निर्णायले महान दार्शनिक एवं सिद्धान्तकार (युगद्रष्टा डा. निर्मलमाणि अधिकारी) साथै सम्पुर्ण बिभागीय जिम्मेवार सम्हाल्नु भएका अनि देश बिदेशमा रहनुहुने सदस्यहरुमा नयाँ उल्लास र उमंग थपिएको अनुभुति भएको छ।
-महान दार्शनिक एवं सिद्धान्तकार (युगद्रष्टा डा. निर्मलमाणि अधिकारी) ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना, साथै साथै सम्पुर्ण बिभागीय जिम्मेवार सम्हाल्नु भएका अनि देश बिदेशमा रहनुहुने सदस्यहरुमा युग निर्माण दिवसको शुभकामना।।