लकडाउनकै बीचमा भारतीय सीमा क्षेत्रबाट लुकिछिपी एक व्यक्ति जैमिनीमा प्रवेश गरे । भारतको मुम्बई शहरबाट दशगजासम्म आइपुगेका उनी जैमिनी—८ छिस्तीको पालुङखोला नजिकैबाट सुरक्षाकर्मीको आँखा छलेर केहीदिन पहिलेमात्रै नगरमा भित्रिएको हो । उनको प्रवेशले नगरमा ठूलो हल्लाखल्ला मच्चियो ।
मुम्बईमै पिसिआरबाट कोरोना जाँच गरेको बताउने उनीमाथि नगरवासीले विश्वास गरेनन् । नगरमै रहेको क्वारेन्टाइनमा राख्ने नगरपालिकाको प्रयासलाई स्थानीयवासीले नमानेपछि उनलाई सेराबजार ल्याइयो । त्यहाँस्थित शान्ति मावि क्वारेन्टाइनमा राख्न खोज्दा स्थानीयवासीको विरोधका कारण उनलाई अन्ततः होम क्वारेन्टाइनमा पठाइयो । घरमा सुरक्षित तरिकाले बसे नबसेको हेर्न पुग्ने जनप्रतिनिधि तथा स्थानीयवासीलाई उनले टेर्दैनन् । उनी बसेको ठाउँमा पुग्ने सुरक्षाकर्मी जैमिनीमा छैनन् । लकडाउनको समयमा नगरभित्र कसैलाई भित्रिन नदिन सर्वसाधारणले अनुरोध गर्छन् । बाहिरबाट आएकासँग नगरवासी तर्सिन्छन् । तर, सीमानाकामा ज्वारोसम्म जाँच गरेर प्रवेश गराउन पनि नगरले सकिरहेको छैन ।
बागलुङको दक्षिणक्षेत्र प्रदेश नं ५ सँग जोडिएको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा छिमेकी पालिकासँगको सीमानाकाबाट लकडाउनको समय भारत तथा देशका विभिन्न ठाउँबाट प्रवेश गर्नेको कमी आएको छैन । सुरक्षाकर्मी कम भएका कारण दक्षिणी सीमाबाट बिनाजाँच भित्रिनेहरु बढेका हुन् । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा सीमानाकामा सामान्य ज्वरोसमेत जाँच नगरी बाहिरबाट मानिस भित्रिएको पाइएको समन्वय प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो । जैमिनी र बरेङ गाउँपालिकाले फितलो सुरक्षा व्यवस्थाका कारण सीमामा सुरक्षा कडाइ गर्न नसकेको गुनासो गरेका छन् । “प्रहरी चौकीमाव्यवस्थाका कारण सीमामा सुरक्षा कडाइ गर्न नसकेको गुनासो गरेका छन् । “प्रहरी चौकीमा जनशक्ति छैन, हामी कार्यक्षेत्रमा गएर कसैले टेर्दैन”, जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भन्नुभयो, “सोचेजस्तो सावधानी अपनाउन सकिएको छैन ।”
जैमिनीको जस्तै समस्या बरेङमा पनि छ । त्यहाँका सीमानाकाबाट गाउँ भित्रिनेको सङ्ख्या धेरै छ । छिमेकी प्रदेश गुल्मी जिल्लामा सडकमार्गमार्फत जोडिने सीमानाका मात्रै बरेङमा २८ वटा छन् । त्यही बाटो भएर आएका ४२ जना अहिले पनि बरेङमा होम क्वारेन्टाइनमा रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । त्योबाहेकका पैदलमार्गबाट भित्रिने नाकाको विषयमा तथ्याङ्क नै छैन ।
खुल्ला सीमाबाट गाउँमा भित्रिनेहरुले जनप्रतिनिधिलाई समेत नटेर्ने गरेको उनीहरुको गुनासो छ । सुरक्षाकर्मीको जनशक्ति कम रहेकाले लकडाउनमा पालिका प्रवेश गर्नेहरुको व्यवस्थापन गर्न कठिन भइरहेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । दुवै पालिकाले सीमानाकामा सुरक्षाकर्मी खटाउन नसकेका कारण बाहिरबाट प्रवेश गर्नेहरुको सङ्ख्या बढेको जनाएका छन् ।
सङ्क्रमण फैलिएको क्षेत्र र विशेषगरी भारतबाट पैदल आउनेहरुका कारण गाउँमा उत्पन्न त्रास व्यवस्थापन र जोखिम घटाउन कठिन भइरहेको जैमिनी नपाका प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । बरेङमा एक इलाका प्रहरी कार्यालय छ भने जैमिनीमा दुई प्रहरी चौकी छन् । स्थानीय तहले चाहेको स्थानमा खटाउनेगरी ती चौकीमा जनशक्ति नरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले स्वीकार गर्छ । प्रहरी चौकी कुश्मीशेरा र बेलबगरमा ११÷११ जनाको दरबन्दी भए पनि दुवै ठाउँमा गरेर जम्मा १५ जनामात्रै सुरक्षाकर्मी रहेको प्रहरी निरीक्षक हेम केसीले बताउनुभयो । ४५ जना दरबन्दी रहेको बरेङ इलका प्रहरी कार्यालयमा १९ जना मात्रैले काम गर्नुपर्ने अवस्था रहेका कारण I