आज सोमबार हो।हप्ताका सातैबार फरक फरक भगवानको पुजा गरिन्छ र बिशेष दिन मानिन्छ जुन भगवान शिव शंकर भोले सम्भो र भक्तहरुलाई आजको दिन महत्वपूर्ण दिन मानिन्छ।
ज्योतिषको अनुसार, सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ ।यसलाई अर्को अर्थमा भगवान शंकरको दिन पनि भन्ने गरिन्छ । आजको दिनमा भगवान शंकरका भक्तहरुका लागि धेरै फलदायी मानिन्छ। यसैले, यस दिन मान्छे शिव शंकर को उपासना गरि विभिन्न मह मन्दिरमा गई पुजा अर्चना गर्दछन ताकि उनिहरुलाई भोलेनाथको आशीर्वाद प्राप्त हुनेछ।
आजको दिन भगवान शिव शंकरलाई खुःशी बनाउँन के के गर्नुपर्छ भन्ने बिषयमा थोरै चर्चा गरौ । साच्चिकै तपाईं भगवान भोले सम्भोको भक्त हुनुहुन्छ,भोले सम्भोलाई खुशी बनाएर आशिर्वाद लिन चाहानुहुन्छ भने पाँच कुराहरु हरेक हप्ताको सोमबार सजिलै गर्न सक्नुहुन्छ र चाँडै तपाईंमाथि भगवान शिवको अनुग्रह प्राप्त हुनेछ । आजको दिन भगवान शिवको यसरी उपासना गरे तपाईहरुका हरेक मनोकामना पुरा हुनेछन।
- आजको दिन तपाईले सक्नुहुन्छ भने बिहान नभए बेलुका जुनसुकै समयमा मन्दिरमा जानुहोस् अनि दूध र चिनी मिश्री भगवान शिवलाई चढाउनुहोस । यदि सोमबारको दिन अर्थात आजको दिन मन्दिर जान सक्नुहुनन भने चिन्ता गर्नुहुदैन। शास्त्रहरुमा भनिएको छ यदि तपाईको मनमा आस्था छ भने तपाईले जुनसुकै समयमा जहाँसुकै पनि भगवानको उपासना गर्न सकिन्छ। आज पनि तपाई मन्दीर जान सक्नुहुन्न भने घरमा नैं भगवानको मन्दिर बनाएर चढाउनु पर्ने कुराहरु चढाएर कृपा पाउँन सक्नुहुनेछ।
- हरेक भगवानको आफ्नै विशेषता हुन्छ र मानिसले पनि त्यसै किसिमको उपासना गर्नुपर्छ । कुन भगवानको पुजा गर्ने त्यही किसिमको बिधिपुर्बक उपसना तथा पुजा अर्चना गर्नुपर्दछ।यदि तपाईले पुजा गर्ने समयमा थोरै कुराहरु मात्रै मिलेन भने तपाईको भाग्यमा नकारात्मक खालको असर पर्न सक्ने कुराहरु शास्त्रहरुमा बताईएको छ । भगवान शिवको लागि बेलपत्र सबैभन्दा हो। त्यसैले आफ्नो इच्छा पूरा गर्न भगवान शिव शंकरलाई हरेक सोमबारमा ११ वटा वेलपत्र चढाउनुपर्दछ।
- भगवान शिव शंकरलाई खुःशी राख्नको लागि कुनै एउटा मात्रै तरिका हुन्छ भन्ने हुँदैन । जस्तै तपाईले मन्दीरमा गएर दुध र मिश्र चढाउनुहुन्छ वा बेलपत्र भगवानलाई चढाउनुहुन्छ । यो सबैबाट तपाईलाई भगवानप्रति आस्था राखेवापत्त वा भगवानको उपासना गरेको कारण तपाईमाथि भगवानको कृपा रहन्छ र तपाईले जस्तोसुकै परस्थितीको पनि सहजै सामना गर्न सक्नुहुन्छ । त्यसैले भगवान शिवलाई तपाईले इमरती चढाएर पनि उहाँको आर्शिवाद पाउँन सक्नुहुन्छ । जसले तपाईको जीवनमा सकारात्मक असर गर्नेछ र तपाईलाई अगाडि बढ्न सहज हुनेछ।
-भगवान शिव शंकरलाई जलसँग गहिरो प्रेम भएको कुरा पुराणहरुमा उल्लेख गरिएको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा भनिएको छ कि भगवान शिवशंकरलाई गंगाजलसँग गहिरो लगाब थियो । जसका कारण आज पनि हरेक हप्ताको समोबार भगवानलाई शुद्ध गंगाजाल चढाउने गर्नाले अर्थात यस जलले पूजा गर्नाले भगवान भक्तसँग खुःशी हुन्छन भन्ने विश्वास रहँदै आएको छ ।
-अर्को कुरा भगवान शिवशंकरलाई खुःशी राख्न माथि भनिए झै मात्र प्रयाप्त हुदैनन केही काम बाँकी नैं हुन्छ जसले भगवानालाई खुःशी बनाउँन महत्वपुर्ण भुमिका खेल्छ । भगवान अनुसार सबैको मन्त्र फरकफरक हुन्छ । शास्त्रहरुमा भनिए छ जब दुःखको बेलामा भगवानको याद गर्दै मन्त्र जप्ने हो भने पनि समस्याबाट छिट्टै मुक्ति पाउँन सकिन्छ । त्यस्तै भगवान शिवशंकरलाई प्रसन्न राख्नको लागि जप्नुपर्ने मन्त्र हो,ॐ नमों शिवाय १ यस मन्त्रलाई सोमबार मात्रै होईन हरेक दिन जप्ननाले सकारात्मक उर्जा मिल्नेछ।