आदरणिय, पाठक, दर्शकअनि श्रोताजनहरुमा आज बिक्रम संबत २०७७ बैषाख १६ गते अर्थात २८ अप्रिल २०२० कतारको समय ठिक मध्यरातको १२: २१ मिनेट ( नेपाली समय बिहानको ३:७ मिनेट ) को समयमा पनि निद्रा लागेको छैन, कुरा के भने बिश्व कोरोना भाईरसको महामारीको कारण बिश्व संकटमा परेको बेला पोखराको एउटा समचार युटुब च्यानेल मार्फत हरेको थिय, जसमा एक दलित समुदायको युवाको दुबईमा मृत्यु भएको हुन्छ, भाई र भतिज सँगै भएको र बिश्व लकडाउनको कारण सवैको सहमतिमा उतै दाहसँस्कार गरिन्छ, तर भाईको क्रिया बस्नको लागी नेपालमा दाजुले गा.बि.स समुदायीक भवनमा त्यहाँका प्रतिनिधी सँग कुरा गर्छन आनाकानी पछी अनन्त दलितलाई सो भवनमा क्रिया बस्न नदिने कुरा बाट प्रष्ट हुन्छ, जातीय बिभेद भैरहेको छ। मिडियाले ईन्टरभ्यु ल्याउने क्रममै केहि युवा मानिस आएर ६० वर्षिय बृद्धलाई अपशब्द प्रयोग गरेको कारण निकै मर्माहत भएर, कतारको मुग्लिना स्थित आफ्नो डेरा बाट निकै नतमस्तक भएर भावुकताको साथ देश, समाज, संस्कृति गम्भिर चिन्ताको बिषय बनेर मेरो मनसपटलमा घुमिरहेकोले सुत्ने तरखरमा बिस्तारामा यताउता कोल्टी फर्दै तेर्सो परिरहन नसकेको सिरानी छेउमा राखेको कलम र कापीको माध्याममा मेरो मनभवना पोख्ने जमर्को गरेको छु।
जातीय भेदभाव तथा छुवाछूतसम्बधी ऐन जारी भएयता धेरै जना दलितको निर्मम हत्या भइसकेको छ । एक ब्राह्मण जातकी किशोरीसँग प्रेम गरेकै कारण काभ्रेका अजित मिजारको हत्या भएको थियो । दलित बालिकालाई बलात्कार गरी क्रुर हत्या गरिएको छ । कहिले चुलो छोएको निहुँमा त कहिले धारो छोएको निहुँमा दलितको हत्या गर्ने क्रम बढ्दो छ । पछिल्लो समय बझाङका आनन्द विकको कथित उपल्लो जातका युवकले कुटपिट गरी हत्या गरेका छन् । धनुषाकी नौ वर्षीया रेश्मा भनिने दितिया रसाइली, पोखराकी नौ वर्षीया श्रेया सुनार, कैलालीकी १९ वर्षीया माया विक, सर्लाहीकी १५ वर्षीया सम्झाकुमारी मुसहर, मोरङकी ११ वर्षीया गुडिया भनिने रूपमति दास, धादिङकी लक्ष्मी परियार र बुटवलकी पाँच वर्षीया एक दलित बालिकाको बलात्कारपछि हत्या भयो । जातकै आधारमा दलित समुदाय पाइलैपच्छे विभेद झेल्न बाध्य छन् । विभेद नहुने स्थान भेट्टाउन गाह्रो छ । मन्दिरदेखि धारा कुवासम्म, विद्यालयदेखि सार्वजनिक भोजभतेरसम्म र सभ्य भनिएका शहरका घरभाडामा समेत भेदभाव व्याप्त छ । भर्खरै मात्र बारामा मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेको महायज्ञमा दलितलाई पूजापाठ गर्न रोक लगाइयो । छुवाछूत सहरमा भन्दा गाउँमा, पूर्वभन्दा पश्चिमतिर, सार्वजनिकभन्दा निजीस्तरमा अझ कठोर अवस्थामा रहेको छ । हजारौं वर्षदेखि मान्छेको दिमागमा गढेर रहेको ‘रोग’ले दलितलाई मात्र नभई सिंगो देशलाई नै ग्रसित बनाइराखेको छ । देशमा लोकतन्त्र, गणतन्त्र आईसकेको आवस्थामा केहि समय पहिला लोकदोहोरी गायक प्रकाश सपुटले गाएको गलबन्दि नामको गीतको केही अंस वरिष्ठ गायक सम्भुराई ज्यु सँग संयोजवस मेल खानु, म त्यस क्षेत्रको बिज्ञ नभएपनि लोक पारखीको नाताले धेरै वटा गीतहरु सिमिलर छन्, कयौँ अपशब्दका गालिगलौचहरु सुन्न परेको थियो, केही दलित अभियानताले साईबरक्राईमको मुद्दा दायर गरेको पनि समचार त आए तर कारवाही के भयो जनकारी आएन, तर मुरलीधर मधेश बासी दलित समुदायको बरिष्ठ गायक तथा कलाकारको निष्ठुरीलाई माया गरी भन्ने गीत अर्का चर्चित गायक राजेश पायलले चोरेर गायको प्रमाणित हुदा सम्म ति जातियबादमा ऊभिनेहरुको आवाज नै आएको छैन।मुरलीधर बिश्वकर्मा जी को गीत कुनै राई थरको मान्छेले दुरुस्त नक्कल गर्दा पनि कोहि बोल्दैनन्। तर प्रकाश सपुतलाई भने मागि खाने जातले चोरी खान थालेछ भन्नेहरुको मुखमा ताला लागेछ क्यारे आज भोली कता गएछन।
यद्दपी जसले जे गरे पनि हामी सभ्य नेपाली भएको कारण सम्यमता अपनाउन सक्नु पर्छ, उत्तेजित हुनु हुदैन, बिभेद कसरी कहाँबाट किन सुरु भयो भनेर अनुसन्धान गर्दै जादा मैले केहि समय पहिला अध्यान गरेको, हिब्रु विश्वविद्यालय इजरायलका इतिहासका प्राध्यापक अक्फोर्ड ग्याजुयट यूवल नोआ हरारीको पुस्तकलाई नेपालीमा रुपान्तरण गरी हाम्रो सामु सरल बाक्यमा ल्याउनुहुने डा. उत्तमबाबु श्रेष्ठलाई हार्दिक सम्मान गर्दछु। वहा मार्फत लिखित आर्टिकल पढ्ने अवसर पाएको थिए, सबै भन्दा पहिला हामीले यो बुझ्न पर्छ की कौवाले कान लग्यो भन्दैमा कौवाको पछी लाग्नु हुदैन, हो दलित समुदाय बिच निकै चरम बिभेद भएकै छ। हुन सक्छ कुनै दिन अफ्रिका, श्रीलंकाको जस्तै जातिय युद्धले फेरी हाम्रो देशमा जरो नगड्ला भन्न सकिदैन। तर पनि हामीले सवै भन्दा पहिला मानव बिकास र सभ्यताको बारेमा जान्न जरुरत छ जस्तो लाग्छ मलाई, कृपया मैले जाने बुझे अनुसार मानव बिकास र सभ्यताको बारेमा केही लेख्ने जमर्को गरेको छु, ध्यान दिएर पढ्नु होला। मानव समाजलाई उन्नत र विकसित बनाउन साझा अभियान थालनी गर्नुपर्ने समयमा जात, थर र नाकको आधारमा ‘शासक’ र ‘शासित’ छुट्याउन खोजिरहेका छौं, अझै जातीय वा धार्मिक अतिवादले राजनीतिक फासिवादको अराजक तत्वको जन्म हुन्छ भन्ने तथ्य भुलिरहेका छौं । नेपालमा जब पुर्खौ देखि नै दलितको उपनाम पाएर समाज बाट तिरस्कारपुर्ण जिन्दगी समाजामा बर्षौ देखि अपहेलित छन्। कुनै बेला मानव जीवनामा किरा फट्याङ्ग्राको जति हैसियत नभएको, त्यस बेला ती मानवहरु विभिन्न हिंस्रक जनावरसँग डराएर, वनस्पति, किराफट्याङ्ग्रा खाने, मौका मिल्दा अन्य ठूला मांसहारी जनावरले शिकार गरेर छोडेका जुठोपुरो खाएर बाँचिरहेने हामी मनव जीवनमा समय क्रमले सवै फेरिदै गए, तर वर्तमान दलितहरु फेरिएनन्। तर जब माओबादीले जनयुद्ध सुरु गरे देखी भने झनै उग्ररूप लिदै गयो, वर्षौ देखी निदाएर- मिलेर बसेको हामी नेपाली समुदाय बिच नयाँ तरंग उत्पत्ति गरेर सत्ताको यात्रा तय गरि सत्तामा त पुग्यो तर अहिले सोहि बचन फलामको चिउरा बनेको छ। जय मंगोल मुलवासी हौ, भन्दै बहुनहरुलाई देश बाट लखेट्नु पर्छ भन्छन, कसैले हामी किराँत हौ हाम्रो अलग राज्य हुनुपर्छ, तमुवान र मकरातको पनि माग कम भने छैन साथै मधेसका मित्रहरु जो देशभक्त स्वभिमान हुनुहुन्छ, वहाँहरुलाई सलुट गर्दै जो मधेश अलग राष्ट्रको माग गर्न समेट पछि परेका छन्, दलितको अलिकति छिन्न र भिन्न कथा छ, पुस्तौ देखी नै पिडित छन, मानव नै हुन तर पशुको भन्दा पनि निच ब्यवहार भोग्दै दुर्भाग्यपुर्ण अस्तपुस्त जिन्दगी जिउदै आएका छन,। सह्रयताकोभाव उजागर गर्ने भन्दै आवाज उठाईरहेको बेलामा । यिनिहरु सबैको माग आ-आफ्नो स्थानमा जायज होलान । हामी एक पटक छातिमा हात राखेर सोचौ त हाम्रो मानव विकासको इतिहास र सभ्यताको बरेमा, एक नजर यता लगाऔ,
पृथ्वीको उत्पत्ति भएको नै ४ अर्ब ६० करोड वर्ष भइसक्यो। पृथ्वीमा पहिलो एक कोषीय जीव ३ अर्ब ८० करोड बर्ष अघि, बहुकोषीय जीव २ अर्ब १० करोड वर्षअघि, स्तनधारी प्राणी ६ करोड ३० लाख बर्ष अघि र मनुष्य जाति एप्स (apes) २ करोड वर्षअघि देखा परेका थिए । मानव जाति चिम्पाञ्जीसँग छुटि्टई भिन्न भएको नै ६० लाख वर्ष पुगिसकेको छ र आधुनिक मानव प्रजातिसँग मिल्ने प्राचीन मानव जातिहरु होमो (homo) जातका २० लाख वर्षअघि देखि नै यस पृथ्वीमा पाइन थालेको हो । यस पृथ्वीमा २० लाख बर्ष अघिदेखि नै विभिन्न प्रजातिका प्राचीन मानवहरु थिए तर इतिहास थिएन । एक सयबर्ष अघिसम्म पनि होमो इरेक्टस्, नियाण्डरथल लगायत कम्तिमा ६ प्रजातिका मानवहरु पृथ्वीमा हिँडडुल गरिरहेको वैज्ञानिक विश्वास छ । उनीहरु दुई खुट्टे जनावर मात्रै थिएनन्, उनीहरुको मस्तिस्क पनि आधुनिक मानव जतिकै ठूलो र विकसित थियो । उनीहरुले पिस्ने, घोच्ने जस्ता ढुंगे औजारहरु पनि चलाउन सक्दथे, के सवै दलित नै थिए?यदी दैनिक प्रयोजनको लागी हतियार बनाउने सबै दलित हुन भने बिश्वका सबै मानवहरु दलितकै सन्तान हुन। उत्तमबाबु श्रेष्ठको लेख अनुसार, त्यस बेला ती मानवहरु विभिन्न हिंस्रक जनावरसँग डराएर, वनस्पति, किराफट्याङ्ग्रा र मौका मिल्दा अन्य ठूला मांसहारी जनावरले शिकार गरेर छोडेका जुठोपुरो खाएर बाँचिरहे थिए, लाखौं वर्षसम्म पनि तर आहिले दलितलाई सिनो खाने जाति भनेर होच्याएर बोलिन्छ । त्यतिबेलाको मानव जीवनको मूल्य कीरा-फट्याङ्ग्राको भन्दा बढी थिएन, तर आज भोलि चरम बिभेद छ धनि,गरिब, कालो,गोरो,मधेश पहाड, ठुलो-सानो जात आदी । हिजोको वस्तबिकता बाट बेमुख भएरै होला, त्यसैले संसारको सवै भन्दा अहमता देखाउछौ। हामी सँग यो क्षमता पनि हुन पर्छ हाम्रो वास्तविकता के थियो, किरा फट्याङ्ग्राको जति हैसियत पनि थिएन।अहिले हामी अहमताको घमण्ड गर्दछौ, जातजातिय आधार बनाएर चरम बिभेद गरिरहेका छौ किन आखिर हामी एकैनस्ल बाट आएका रहेछौ त, अझै छन्, झन्डै २ लाख वर्षअघि यस पृथ्वीमा देखा परेको (अहिलेसम्म पाइएको सबैभन्दा पुरानो आधुनिक मानव अवशेष १ लाख ६० हजार वर्षअघिको छ) आधुनिक मानव अर्थात् हाम्रो प्रजाति होमो सेपियन्स्ले अघिल्लो एकलाख बर्ष प्रभाव र महत्वको हिसाबले निरीह भएर अन्य जीवहरुकै हैसियतमा बितायो- जन्मने, बाँच्नको लागि संघर्ष गर्ने, सन्तान उत्पादन गर्ने र मर्ने मतलब यहा कोहि धनि गरिब अछुत कालो गोरो भन्ने थिएन न मंगोलियन समुदाय, न आर्य समुदाय न आदिवासी जनजाति र दलित सबै एक समुह, । प्राचीन मानवहरुले लाखौं वर्ष पृथ्वीमा ढुंगा खोपेर बिताए र बिलाए जसलाई नेपालीमा ढुंङ्गे युग भनिन्छ। त्यसैले मंगोलियन, तमुवान लिम्बुवान, खम्बुवान, मगरात, आदीवसी जनजाति मधेशी, दलित गैरदलित सवै मित्रहरु हाम्रो सभ्यताको बिकास एकै ठाऊबाट सुरु भएको पाईन्छ। ठुलो हृदय बनाएर फराकिलो मन लिएर पहिला हामी मानब हौ अनि नेपाली त्यसैले निष्ठावान भएर देश र जनताको बारेमा समाजिक दायित्वको भुमिका निर्वाह गर्ने क्रममा आफ्नो ब्यक्तिगत स्वार्थलाई फुकालेर फालौ र प्रष्ट बोली शुद्ध सभ्य भाषामा आम मानवको शब्द बोल्नु नै हाम्रो कर्तव्य हो!!
अबको बिकल्प के भन्ने सवालमा मेरो तर्क यस्तो छ, एकापसमा मेलमिलाप-सहकार्य अन्य प्रजातिहरुमा पनि नहुने होइन । मौरी वा कमिलाले आफ्नो प्रजातिमा मिलेर काम गर्दछन् न उनिहरु बिच जातिय बिभेद छ न त आफ्नो रानोको बिरुद्ध आन्दोलन नै गर्छन । चिम्पान्जी वा ब्वाँसोले आफ्नो समूहमा मिलेर शिकार गर्दछन् । तर, उनीहरु सीमित संख्यामा मात्रै मिलेर बस्दछन् । उनीहरुले पनि आफूमाथि आइलाग्ने खतराको सूचना एकआपसमा दिने गर्दछन् । संवाद गर्छन् । तर, त्यस्तो संवादमा वस्तुगत तथ्य मात्रै हुन्छ, उनीहरुको संसारमा सबैले विश्वास गर्न खालको मिथक नभएको हुनाले चिम्पाञ्जीहरु ५० भन्दा बढी संख्यामा भएमा एक आपसमा लडाई गर्न थाल्दछन्, किन भने सहृदयताको सम्बन्ध र धर्मको बिबेक के हो भन्ने बुझेको हुदैनन् । तर, अरबौं संख्यामा भए पनि मानवहरु एउटै धर्मको नियममा बाँधिएर सक्छौ । करोडौं संख्याका मानवहरु एउटै राज्यको नियम कानुन मानेर बसिन्छ, त्यसैलाई भनिन्छ, “सहृदयताको सम्बन्ध” जुन मानब वंशमा भन्दा अन्त पाइदैन। त्यो सिंन्धु घाटीको सभ्यता होस् वा त्यो भन्दा पहिलाको ढुंङ्गे युग किन नहोस् । धर्म, राज्य र पैसा सबै मान्छेले बनाएको भ्रम वा मिथक मात्रै हो, वस्तुगत यर्थाथ होइनन् तर पनि यसले मानव जीवनमा सदाचार जोड्ने सुत्रको काम भने पक्कै गरेको छ। वास्तविक संसारमा ती चिजहरुको भौतिक उपस्थिति कतै पनि छैन् तर यसको सकारात्मक पक्षले बिस्वास गर्न सिकायो। धर्मका नाममा बनाइने मन्दिर वा मस्जिद वस्तुगत यर्थाथ हो, त्यो भेटिन्छ । तर धर्म सिर्फ मानव मस्तिष्कको उपज मात्रै हो भन्ने तर्क गरे पनि अधिकांश मानवको अलौगिक शक्तिमा बिस्वास भएको छ। राज्य वा राष्ट्रवाद हाम्रो कल्पनाको उपज हो । तर, त्योसँग जोडिएको भूगोल वा जनता वस्तुगत सत्य हो , त्यस्तै पैसा बनाइने कागज वा सिक्कामा प्रयोग हुने धातु वस्तुगत यर्थाथ हो तर त्योसँगै जोडिएको मूल्य भने मानव निर्मित भ्रम वा विश्वास । मानव वाहेकका जनावरहरुको संसारमा एउटा मात्रै सत्य हुन्छ, वस्तुगत सत्य । तर, मानव समाजमा वस्तुगत सत्यसँगै कल्पनिक यर्थाथ पनि हुन्छ र ठूलो संख्याका मानवले त्यसलाई मानेपछि त्यो कुरा भौतिक रुपमा नभए पनि अन्तर वस्तुगत सत्य बन्छ । पछिल्लो एक लाख वर्षमा त्यस्तो के भयो जसले गर्दा मानव प्रजातिले करोडौं वर्षअघिदेखि यस ग्रहलाई घर बनाइरहेका अन्य लाखौं जीवजन्तुहरु रुख, कीरा, चराचुरुङ्गी र आफ्नो उत्पत्तिको हाँगोबाट छुटि्टएको चिम्पान्जीलाई क्रम विकासको दौडमा धेरैपछि छाडिदियो र विश्वभरि एकछत्र राज गरेको हामी मानब फेरी यस्तो दलदलमा फस्दै गएको छौ जहाँ सिमित संख्यामा मात्रै मिलेर बस्न सक्ने जनावर जस्तै बन्दै गएका छौ जस्तैः- जातिय बिभेद, क्षेत्रिय, लैङ्गिक अनि धार्मिक वा कुनै मालिक बिरुद्ध युनियन होस या जातिय राज्य माग्ने झुण्ड , आन्दोलन। अहिले विश्वको महाशक्ति बन्ने धुनमा लागेको चीनमा भोकमरीले नसताएको कुनै शासक नै भएनन् । पछिल्लो समयमा माओका पालामा पनि त्यहाँ दशौं लाख मान्छे भोकमरीका कारणले मरे । त्यसैगरी १४ औं शताब्दीमा ब्ल्याक डेथ (black death) भनिने महामारीले यूरोप र एशियामा मात्रै ७ देखि २० करोड मानिसको ज्यान लिएको थियो। अहिलेको परिस्थितिमा कोरोना भाईरस सँगको युद्धको कारण अधिकांश देशहरु ५० वर्ष पछि धकेलिएका छन, नेपाल झन माओवादी १० वर्षे जनयुद्ध अनि बिनाशकारी भुकम्प बिच-बिचमा बिभिन्न दलको बन्द हदताल अनि अहिलेको लामो समयको लकडाउनको कारण हाम्रो देश पनि पछी पर्ने निश्चित छ त्यसैले हामी सम्पुर्ण मानव एक हुन जरुरी छ।
मेरो आब्हान के हो भने आदरणिय, मंगोल, लिम्बवान, खम्बुवान, तामुवान, मगरात, मधेशी, दलित तथा आदीवासी जनजाति दाजुभाई दिदिबहिनिहरुमा हामीले यो नहेरौ उसको रंङ्ग कस्तो छ, उसको नाक,कान, छाला, वर्ण अनि ऊसको जात के हो त्यस बाट माथी उठेर देश र समाजमा जिम्बेवार भएर हातेलामो गरि अघि बढौ। दक्षिण एसियामा जरो गाडेको जात व्यवस्थाले नेपाली समाजलाई पनि नराम्ररी गाँजेको छ। यसले दलित समुदायको विकासका साथसाथै आत्मसम्मानमा प्रहार गर्दै आएको छ। दलित समुदाय मात्र होइन छुवाछूत प्रथाले गैरदलितलाई समेत अविकास र अन्धविश्वासमा कैद गरिरहेको छ। स्वस्थ र सभ्य समाज निर्माण गर्न यो सदियौँदेखि कचल्टिएर रहेको छुवाछूतरूपी सामाजिक रोगको उपचार नगरी धरै छैन। विभिन्न राजनैतिक दलमा वा सामाजीक कार्यमा आबद्ध सवै बुद्धिजिवी वर्गले ठन्डा दिमागले सोच्ने वेला आएको छ। के म आबद्ध दल वा संस्था मैले आमदलित मुक्तिको दिशामा काम गरिरहेको छु ? यदि तपाईंले आम जनता र खासगरी दलित समुदायको मुक्तिका लागि राजनीतिक गर्नुभएको हो भने दलभित्र दलित मुद्दामा विमर्श गराउनै पर्छ। त्यस क्रममा तपाईंलाई दलले निचोर्ने काम गर्छ भने एक चौथाइ मात्र होइन, जातीय भेदभाव र छुवाछूतविरोधी शक्ति तपाईंको सदा साथमा छ। मात्र खाँचो छ तपाईंको स्पष्ट दृष्टिकोण र इमानदारीको हो। दलित नागरिक समाजका अगुवा पनि अब हिजोको विकासवादी भाष्यबाट माथि उठौँ। यो देशको मुहार फेर्न चाहने सबै युवा, प्रौढ, सबै जातिले एकचोटि जात व्यवस्थालाई धक्का हानौँ। हामी न दलित न त गैरदलित सवैको उत्पत्ति भनेको अफ्रिकाको जँगल बाट सुरु भएर वर्तमान बिश्वब्यपी फैलिएर बसेका हौ, चेतनशिल प्राणी भएकै कारण बिभेद ब्यवहार बाट मन खिन्न हुनु स्वभाबिक हो, अगिल्लो पुस्ताले के गरे र के गरेनन् भनेर आलोचना गर्नु भन्दा सबैले एक जुट भएर मानव अधिकार उल्लंघन हुन बाट जोगाऔ, सामाजिक अपराध हुन नदिउ,ऐनामा चित्र होईन चरित्र नियाल्ने प्रयास गरौ।
मानव समाजलाई उन्नति र विकसित बनाउन साझा अभियान थालनी गर्नुपर्ने समयमा जात, थर र नाकको आधारमा ‘शासक’ र ‘शासित’ छुट्याउन खोजिरहेका छौं!!