हाम्रा आफ्नै खालका रितिरिवाज,चालचलन, सस्कृती,बिश्वास र पद्धतिहरु छन।वैदिक धर्मग्रन्थ र ज्योतिषशास्त्रमा गहिरो बिश्वास राख्दछौ।
आज शनिवार आउनुहोस बुझौ आश्चर्यलाग्दा केहि महत्वपूर्ण कुराहरु।
शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।
शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । सादा दूध र दही शनि देवताले मन पराउँदैनन् । यदि तपाईं शनिवारको दिन दूध अथवा दही सेवन गर्न चाहनुहुन्छ भने त्यसमा हल्दी अथवा अलिकति गुड मिलाउन नभुल्नुहोस् ।
शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । मुसुरोको दाल मंगलबाट प्रभावित हुन्छ । जो शनिको क्रुर नजरलाई बढाउन मद्दत गर्छ ।
यदि तपाई दैनिक आँपको अचार खानुहुन्छ भने शनिवारको दिन त्यसलाई टाढै राख्नुहोस् । शनिको प्रकोपबाट बच्न चाहनुहुन्छ भने शनिवारको दिन आँपको अचार नखानुहोस् । आँपको सेवन शनिदेवलाई मन पर्दैन ।
शनिवारको दिन रातो खुर्सानी पनि खाना हुदैन। रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन् भन्ने बिश्वास गरिन्छ।
शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।
-शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।
-काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।
-शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।