मुग्लानी खबर डट कम
१७ जुन २०१७-शनिवार
"तामाङ जातिको परिबर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण "तामाङ जातीको भाषा,धर्म लिपि र साँस्कृतिको संरक्षण सम्बर्द्धन गरौं भन्ने नाराका साथ प्रवासी भुमि कतारमा सन २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतार र नेपालको ब्यापारिक क्षेत्रमा फस्टाउँदै गएको छिमेकि मार्टको संयुक्त आयोजनामा राजधानीको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा शुक्रबार समाजका अध्यक्ष तिर्थ तामाङको सभाध्यक्षतामा एक कार्यक्रमकाबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपालका नायक कुलमान घिसिङ र प्रथम तामाङ महिला सगरमाथा आरोही कान्छीमाया तामाङलाई सम्मान गरेको छ ।
राष्ट्र र जनताको हितमा काम गर्दै तामाङ समुदायको नाम उच्च राख्न सफल भएकोमा उच्च कदर गर्दै कार्यकारी निर्देशक घिसिङ र पहिलो तामाङ महिला सगरमाथा आरोहीका रुपमा सगरमाथा आरोहण गरी इतिहास कायम गर्न सफल कान्छीमाया तामाङलाई ताम्रापत्रका साथमा दोसल्ला ओडाएर अभिनन्दन गरिएको थियो भने १६ पटक सम्म सगरमाथा आरोही पेम्बा शेर्पालाई पनि कार्यक्रममा अभिनन्दन गरिएको थियो । कार्यक्रममा तामाङ समाज कतारका निवर्तमान महासचिव इन्द्र वहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यमा इन्द्र तामाङले कतारमा तामाङ समाज स्थापना गर्नुका कारण र त्यसले अहिले सम्म गरेका उपलव्धीहरुको पनि चर्चा गरेका थिए ।
अभिनन्दनपछि कार्यक्रमलाई सम्बोधन गर्दै कान्छीमाया तामाङले सम्पूर्ण तामाङ दाजुभाईको साथ र सहयोगले शिखर चु्म्न सकेको बताईन । आगामी दिनमा यस्तै साथ र सहयोग पाएमा अरु शिखरहरु पनि चढ्दै जाने समेत बताईन ।
निर्देशक घिसिङले जुन मलाई राज्यले दायित्व पूरा गर्ने ज़िम्मेवार दिएको थियो दायित्व पूरा गर्ने क्रममा लोडसेडिङ अन्त्य गर्दै उज्यालो नेपाल अभियान सफल भएको बताउनुभयो । राजनिति अस्थिरता रहनुका बावजुत पनि अहिले केही स्थानमा प्राविधिक केहि कारण बाहेक मुलुकभरी नै लोडसेडिङ सुन्य रहेको बताउँदै वर्तमान चुनौति भनेको लोडसेडिङ अन्त्यलाई निरन्तर दिनु रहेको भन्दै यसमा साथ दिन पनि उहाँले सबै नेपाली जनतालाई अपिल गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सांसद दिलमान पाख्रिन, तामाङसालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जय गोले,जनजाति महासंघका सचिव आङ पासाङ शेर्पा, तमु गुरुङ समाज कतारका उपाध्यक्ष भाइकाजी गुरुङ, छार गोङ्मा मासिकका सम्पादक प्रतिक ङेसुर, गायक विश्व दोङ, गजलकार खोजराज गोले, मणि लामा, सूर्य दोङ, सुन्दर मोक्तान, सीता गोले लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,चर्चित कलाकार हरु,पत्रकार हरु,छिमेकी मार्ट नेपालका शेयर सदस्यहरु बुद्दिजिवी,समाज सेविहरुको पनि कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । सभापति तिर्थ थीङ तामाङले कार्यक्रममा उपस्थित तथा प्रत्यक्ष , अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको गरेका थिए ।