कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६ लाख ५७ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार ९६ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १६४, फ्रान्समा ३०६ र बेलायतमा २८८ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा भने १ हजार ३२४ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ३६,५७,७३३ १२,०२,७३५ २,५२,५४८
१. युरोप १४,८०,४८८ ५,५९,७२५ १,४२,२७३
२. उत्तर अमेरिका १३,२०,९६५ २,३४,९७५ ७६,९०१
३. एसिया ५,७४,३०५ ३,०५,४८२ २०,०९७
४. दक्षिण अमेरिका २,२४,७३८ ७८,३९७ ११,२९८
५. अफ्रिका ४८,०८१ १६,२३१ १,८४८
६. ओसेनिया(अस्ट्रेलिया) ८,४३५ ७,२८० ११६
दक्षिण एसियाली मुलुकहरु
१. भारत ४६,४७६ १२,८४९ १,५७१
२. पाकिस्तान २१,५०१ ५,७८२ ४८६
३. बंगलादेश १०,१४३ १,२०९ १८२
४. अफगानिस्तान २,८९४ ३९७ ९०
५. श्रीलंका ७५५ १९४ ८
६. माल्दिभ्स ५५१ १७ १
७. नेपाल ८२ १६ –
८. भुटान ७ ५ –
रासस–एएफपी