कृपया पढी दिनु हाेस है , स्मृतिका पाना र आजको स्यावासी र GO AHEAD:
प्रशंग, ३१ वर्ष अघिको विवादको विषय वनेका "त तेरो " … ततपश्चात सदा रक्षा कवज र हौशलायुक्त वन्दै आएको छ । "त" भन्न पनि जान्नु पर्दो रहे छ माया र मार्गदर्शकका क्षमता सहित छ कमाण्डरले ।
आज भन्दा ३१ वर्ष अघि विवादको कारण वनेको वहाका शव्द "त" ततउपरान्त कहिल्यै विजेन सोही सम्वोधनको इन्तजारमा रहने गर्दछु किनकी त्यो स्वर शब्द केवल एेन मौकामा मात्र मैले सुन्न पाउछु । वास्तवमा, म पनि सुन्नको लागि हृदयदेखी नै इन्तजारमा हुन्छु विशेष कामकार्वाही भए गरेका वेला र उत्सवमा । परम आदर्णीय व्यक्तित्वको शिर झुकाउन वा परिक्षाको लागि होइन । मेरो आफ्ना कामकार्वाहीको रिजेल्ट पाउन ।
आज, अली फोन धेरै आइ रह्यो, कति टारे संन्चो नभएकोले, नेट अन थियो ...चिरपरिचित स्वर, " त कंहा छस, वडो भाएरल भा छस …, अन्तरवार्ता सुने, तेरो पार्टी नाम के रे ? मैले विस्तार लगाए, राष्ट्रिय शक्ति नेपाल ...! भन्नु भो वहाँले,
" राजनीतिज्ञले चुनावमा ध्यान दिन्छन,राष्ट्रवादी र राष्ट्रसेवकहरूले राष्ट्रमा ध्यानदिनु। मुलुक सामान्य अवस्थामा छैन देश र जनताको रक्षामा लाग । देशको इमान्दार शिपाही त लागेको छस,सत्य उजागर गर। Nepal First वुझ, You are a brave officer. I respect your honesty. म 93को भए, I cannot act. You can. स्यावाश, Go Ahead ! " भन्नु भो धन्यबाद दिँदै जयनेपाल भनि आदर गरी विदा भए ।
सिमा रहेन थप उर्जाले थपेको सहास हौशला ... तर धर्मपत्नीले अन्यारो मुख गरीन । सायद माओवादी द्वन्दमा एम्वुशमा फोनमा आएका धम्की त्रास, मार्ने ११ जना मध्येमा मेरो नाम समेत रहेको तत्कालीन राअविको खवरका वेला जस्के जस्तै उन्का मन मस्तिस्क अलि त्रसित र हरेस खाए जस्तो । भनिन, "अव त घर परिवारलाइ समय देउ, केही भए याे अवस्थामा हामी के गर्ने.... " अवकाश जिवन, घर चलाउने अभिवरा, अनि मूल्यहीन राजनीति, घरमा भरपर्दो सुरक्षा र हातहतियार नभएको अवस्थाको प्रभाव होला उनलाइ । तत्कालै फोन आयो अनिल योगीजीको मैंले उनलाई फाेन दिय तर तुरून्तै समालेर हासेर भनिन तपाइहरू दुइजनाले मात्र सक्ने हो, सक्नु हुन्छ यस्तालाइ ... जे पनि गरि देलान, हामी के के गर्ने ...?, योगीजील के भन्नुभो सुनेन। कान्छा छाेरा अकमक्क परे , उनलाइ के थाहा ...!
स्मरण आयो २०४६ सालको "त तेरो " ... लेख्न थाले तर अलि ज्वरो वढ्यो, परिवारले सिटामुल दिइन । फेरी कोर्न थाले , वहाकस धेरै अादर्श का शब्द वाक्य नोट गरेको छु । अहिले ले केहि बुदा मात्र समेटेको छु ।अनि टाइप गरे ।
संक्षेपमाः प्रहरी सेवामा प्रवेश गर्दा त्यो नाम सामान्य ज्ञानमा पढेर परीक्षाका लागि तयार भएको मात्र याद छ । वहाको अवकाश मेरा सेवा आरम्भ भन्दा ९ वर्ष अघि रहेछ । प्रत्यक्ष भेट भएको थिएन । २०४६ सालमा भरतपुर तालीम केन्द्रमा डीएसपी अमर सिंह शाहको कमाण्डमा थिए म प्रहरी निरीक्षक । जन आन्दोलन २०४६ को लगतै जेष्ठ महिनामा जस्तो लाग्छ, डिउटी अधिकृत सइ साव हृदय... रानाभाटसावले फोनमा तेरो भेडे सिंहलाइ दे भनेर डिस्टर्व गरिरहेका छन । त्यो नामको छैन हामी कहां रिपोट गर्नु भो ।
फेरी ,फोन आयो मैले फोन उठाए जय नेपाल क्षेत्रीय प्रहरी तालीम केन्द्र मात्र भने मेरो परिचय दिएन । उतावाट आयो तेरो भेडे सिंहलाइ देन मैले त्यसपछि "त्यो नामको कोही छैन त को होस पटक पटक त भन्ने फोनमा ..." मेरो नाम दिए । उतावाट आयो ...'त होस स्मार्टअफिसर स्यावास जनतासंग मिलेर जोइण्ट गश्ती गर्ने , तै हो , स्यावास तलाइ "। अव सजग भए की परिचय पाउ भने "तेरो आइजी वराल हो ... " अभिबादन । सवै कुराकानी भो वहाले मायाले अमर सिंह सावलाई "भेड सिंह"भनेर संम्वोधन गर्नु हुदो रहेछ । त्यहा हामी कसैलाइ थाहा थिएन ।
दुइ दिन पछि पाल्नु भो , निमित्त इन्चार्ज म थिए स्वागत गरे वेली विस्तार भो । वहाले सोध्नु भो तैले यो कन्सेप्ट Joint गश्ती कहावाट ल्याइस ? । व्याख्या गरे "Security in Peace-Post War", छोटकरीमा जर्मनमा दोस्रो विश्वयुध्द पछि सवै भन्दा वढी वम प्रहारवाट सहर गांउ ध्वस्त भइ अधिक मानव ज्यान गएको र छिमेक टोल, समाजमा त के कुरा एकै घर परिवारमा वाचेका सदस्यहरू विच पनि दोहोरो कुराकानी नहुने विछिप्तता र सिरिएस डीप्रेशनको अवस्थामा वाचेका मध्येले नै एक आपसमा भेटघाट शुरू गरेको क्रमशः देशभर सुरक्षा निकायसमेतका सहभागिता भइ समाजमा घुलमिल भएको वारे पुस्तक पढेको र सोही कुरा लागु गरेको जस वेला जिल्लाका एसपी अम्मवर नेम्वाङ सावलाइ मैले नै रेस्क्यू गरी तालीम केन्द्रमा ल्याएको र तत्कालका कम्युनिस्टका अत्यन्तै प्रभावशाली नेता द्वय जागृत प्रसाद भेटवाल र भिम वहादुर श्रेष्ठ हाम्रो नियन्त्रणमा हुदा मैले मेरो वेडवाट २ वटा मण्डी वहाहरुलाइ दिएको आदि कारण विश्वासको सम्वन्ध भएको र मुक्ति चुकेजी संग समेत सम्पर्क गरी सायद उक्त आन्दोलन पछि नेपालमा पहिलो पटक संयुक्त गश्ती आरम्भ सम्भव भएको कुरा विस्तार गरे विदाइ गरी पठाए ।
वडा तलवल भयो मन मस्तिष्क अलमलमा पर्यो । आफै भने मारे पाप पाले पूण्य भन्थे माता पिताश्रीहरुवाट दिदीहरुका विवाहमा । आज माता पिता हुनु हुदैन सायद पिताश्रीबाट सत्यमा लाग्न ढाडस पाउथे होला तर अामाबाट ... नलाग घर बस्ने । अाज अादरणीय बराल सर... वहाको सुछ्म अवलोकन गर्ने, हौसला दिने शैली कलाले मलाइ कर्म क्षेत्रमा अघि वढ्न सहास थप्यो । ऐतिहासिक व्यक्तित्व पूर्व प्रहरी महानिरीक्षक, पूर्व राजदूत तथा यूएन मिशन प्रमख ,पूर्व राष्ट्रीय पंचायत सदस्य (प्रतिनिधिसभा सदस्य) ९३ वर्षका सुरक्षा, कुटनीति , राजनीति, समाज सेबामा उत्कृष्ट योगदान पुर्याउनु भएका आदर्शका व्यक्तित्वले ... GO AHEAD भन्न भाे , मैंले 93 बर्षका नागरिक जिउदा कमाण्डरको आदेशका रुपमा अात्नसाथ गरे , मनाेभाव तत्कालै वहा समक्ष राखी केही लेख्ने अनुमति लिए ।
यो ऐतिहासिक, अनुकरणीय स्मरण आजका दिनमा दुइ शव्द नकोरी रहन सकिन, यध्यपी मेरो स्वास्थ्य २ दिनदेखी ज्वरोले अलिकति च्यापेको छ । स्यावाशी संगै वहासंग अनुमती लिएर यो अनुभूति.....