कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २४ घण्टाकाे अवधिमा २ हजार २०० जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु विश्वभर ३३,१८,४५५ १०,४८,४६७ २,३४,२५३
१. युरोप १३,८२,००० ५,०८,९९० १,३५,३६४
२. उत्तर अमेरिका ११,८७,०३६ १,९२,४५६ ६९,६७६
३. एसिया ५,२१,८७० २,६६,११४ १८,६३७
४. दक्षिण अमेरिका १,७८,६९५ ६०,११४ ८,८११
५. अफ्रिका ३९,७८६ १३,०७८ १,६३८
६. ओसेनिया(अस्ट्रेलिया) ८,३४७ ७,०७० ११२
दक्षिण एसियाली मुलुकहरु
१. भारत ३५,०४३ ९,०६८ १,१५४
२. पाकिस्तान १६,८१७ ४,३१५ ३८५
३. बंगलादेश ७,६६७ १६० १६८
४. अफगानिस्तान २,१७१ २६० ६४
५. श्रीलंका ६६६ १५७ ७
६. माल्दिभ्स ४६८ १७ १
७. नेपाल ५७ १६ –
८. भुटान ७ ५ –
(रासस–एएफपी)