विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जिल्लामा भएका कामको प्रदेश नं ५ का प्रदेशसभा सदस्यले पाल्पामा अनुगमन गर्नुभएको छ ।
पाल्पा क्षेत्र नं १ का प्रदेशसभा सदस्य युवराज खनाल, नारायण आचार्य र रमा घर्ती तथा क्षेत्र नं २ का वीरबहादुर राना, वसन्त घर्ती मगर, डा पुरनमान वज्राचार्य एवं जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मीरा मरासिनीको समूहले छुट्टाछुट्टै अनुगमन गरी स्थानीय तहका जनप्रतिनिधि, सर्वसाधारण र सञ्चारकर्मीसँग अन्तरक्रिया गर्नुभयो ।
उहाँहरुले क्षेत्र नं १ का माथागढी, रम्भा, पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिका तथा क्षेत्र नं २ का तिनाउ, बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र तानसेन नगरपालिकाको अनुगमन गरी जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य शाखाका प्रमुख र सर्वदलीय समितिसँग कोरोना संक्रमणको नियन्त्रणका निम्ति भएका प्रयास, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, लकडाउनका कारण प्रभावित विकास योजना र अन्य समसामयिक विषयमा अन्तक्र्रिया गरेको प्रदेशसभा सदस्य खनालले बताउनुभयो ।
जिल्लामा अझै पनि बाहिरबाट आएका नागरिक थपिने क्रम जारी रहेको र स्थानीय तहले दोस्रो चरणको राहत वितरणका कामसमेत थालेकाले पछि पुनःअनुगमन गरिने टोलीले जनाएको छ । प्रदेश नं ५ सरकारले जिल्लाका दुई नगरपालिकालाई रु. १५÷१५ लाख तथा आठ गाउँपालिकालाई रु. १० बजेट र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।