गण्डकी प्रदेशका माननीय सांसद राजिब गुरुङ " दिपक मनाङे " ले सरकार भन्दा पार्टी ठूलो भएको बताएका छन।
बिश्वमहामारीको यो विषम परिस्थितिमा कोरोना भाइरसको औसधि नै लकडाउन भएकोले सरकारले लकडाउनलाई लम्ब्याउनु पर्ने बताएका छन।त्यसैगरी खाध्यान्न आपूर्तिलाई विशेष ध्यान दिनुपर्ने जस्तै:गहु चामल जस्ता खाध्यान्न भारतबाट ल्याउदा एक हप्ता लाग्ने तर दालजन्य गेडागुडीहरु अस्ट्रेलिया लगाएतका बिभिन्न देशहरूबाट आयात गर्ने हुँदा करिब ४५ दिन लाग्ने भएकोले सरकारले समयमै यो प्रती ध्यान दिनुपर्ने बताएका छन।जब यस्लाई समयमै ब्यबस्थापन गर्न सके कुनै नेपाली भोकै मर्नु पर्ने स्थिति नआउने बताए।
नेपाल कम्युनिस्ट पार्टी अहिले भ्रस्टाचारमा मुछिएकोले चिया पशलमा समेत चर्चा परिचर्चा हुन थालेकोले आफुलाई लाज लागेको बताएका छन।त्यसैगरि नेकपा सरकारका विभिन्न मन्त्रालयहरु भ्रस्टाचारमा मुछिएको हुँदा अहिले टेलिभिजन मा होइन पार्टीको सचिवालय ,केन्द्रिय सदस्य, लगाएतको कमिटि बोलाएर आत्मालोचना गरि आफै सुध्रिनु पर्ने बताएका छन।चिया पशलमा जादा नेकपाको सरकार र मन्त्रीहरुले गरेका कर्तुतको चर्चा हुदा आफुलाई लाज लागेर आएको बताए। यदि कम्युनिस्ट सरकार र मन्त्रीहरुले आत्मालोचना गरि नसुध्रिए कम्युनिस्ट पार्टीको सरकार र सिङ्गो कम्युनिस्ट पार्टी बर्बाद हुने समेत बताएका छन।
सरकारले गरिबलाई दैनिक उपभोग्य सामाग्री निशुल्क उपलब्ध गराउनुपर्ने,तर धनिले किनेर खानुपर्ने गर्नुपर्छ।अहिलेको अवस्थामा कठिन परिस्थिति भनेकै गरिबलाई रहेको छ तर धनिले प्रशस्त सामाग्री किनेर राख्न सक्ने क्षमता भएकोले असर नपरेको बताएका छन।
अहिले तीन नम्बर प्रदेश अन्तर्गत काठमाडौ सुनसान हुनकै कारण भनेको पैशा नहुनु,काम नहुनु,किनेर खाने सम्भव नभएकोले गाउ पलाएन हुन बाध्य भएका हुन।जस्ले गर्दा गाउमा पनि कोरोना भाईरस को संक्रमण हुने प्रबल समस्या रहेको बताएका छन। त्यसको लागि सरकारले विभिन्न ठाउमा संचालित होटल र लजहरुलाई बैंकको ब्याज मिनाहा गरि क्वारेन्टाइन स्थल निर्माण गर्नु पर्ने बताएका छन।
साच्चिकै देशमा नेकपाको सरकार हो भनेर सोचेर जनमुखी र बिशुद्ध कम्युनिस्ट पार्टीको सिद्धान्तमा हिड्नुपर्ने र यस्ता विभिन्न काण्ड बाट सुध्रिनु पर्ने बताएका छन।जनताले नै जिताएर सरकारमा पुर्याएका हुन तर गरिब जनताले कम्युनिस्ट पार्टीको सरकारको अनुभुती गर्ने अवस्था नभएकोले त्यो हुनुपर्नेमा जोड दिनुपर्ने बताएका छन। सबैभन्दा ठूलो र पावरफुल पार्टी भनेकै नेपाल कम्युनिस्ट पार्टी हो भन्ने सुनेको थिए तर डिसिपिलेन कमिटी नै नभएको सांसद मनाङेले दाबी गरेका छन।
हाम्रो कृषिप्रधान देश भएकोले कृषिमा जोड दिनुपर्ने र पर्यटन क्षेत्रले नै यो देशको गरिमा बढाएको हुँदा अहिलेको विषम परिस्थितिमा सरकारले यतातिर ध्यान दिनुपर्ने बताएका हुन।
माननीय सांसद मनाङे ले नेकपाको सरकारले गरिब जनता ,बैंकको ऋण लिएर ब्यबसाय गर्ने ब्यबसायिहरु, मजदुर,होटेल ब्यबसायी,पर्यटन ब्यबसायी लगाएतलाई ब्याज मिनाहा गरिदिन समेत आग्रह गरेका छन।त्यसैगरी मनाङ जिल्लामा बाहिर रहेका र लकडाउनमा मारमा परेका नागरिकलाई समयमै गन्तव्य पुर्याउन सक्नु उचित ब्यबस्थापन र मनाङका जनप्रतिनिधिहरु बिचको राम्रो कोर्डिनेटको कारणले भएको हुदा अन्य क्षेत्रमा पनि सहि कोर्डिनेसन गरि काम गर्न आग्रह गरेका छन।