प्रदेश नं १ को सरकारलाई वल्र्ड भिजन इन्टरनेशनलले रु ३४ लाखको बराबरको व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सेटलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
२१५ बटा पिटिइ सेट, ३२ थान आइआर थर्ममिटरलगायतका सामग्री वल्र्ड भिजन इन्टरनेशनल पूर्व क्षेत्रीय व्यवस्थापक विनय अमात्यले आज यहाँ हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण गरिएका सामग्रीमा एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टिभ क्लोथ, इलेक्ट्रोनिक थर्ममिटर, ग्लोब्स, ह्याण्ड सेनिटाइजरलगायत १० प्रकारका विभिन्न सामग्रीसहित २१५ थान पिपिइ सेट रहेको वल्र्ड भिजन फिल्ड कार्यालयका प्रमिल अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा मुख्यमन्त्री राईले कोरोना भाइरसको जोखिम हुन नदिन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले परिस्थितिलाई काबुभित्र राखिएकाले अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नभएको धारणा राख्नुभयो । मुख्यमन्त्री राईले प्राप्त स्वास्थ्य सामग्री अग्रभागमा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर वितरणको व्यवस्था मिलाइने बताउनुभयो ।
वल्र्ड भिजनका व्यवस्थापक अमात्यले सामग्री हस्तान्तरण गर्दै आगामी दिनमा दिने थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मोरङ, सुनसरी र उदयपुरका जिल्ला विपद् व्यवस्था समितिलाई ३०÷३० थान पिपिइ सेट र चार÷चार थान थर्ममिटर गन हस्तान्तरण गरिएको जानकारी गराउनुभयो ।
व्यवस्था अमात्यले यसअघि भिजनले सङ्घीय सरकारलाई एक हजार थान पिपिइ सेट उपलब्ध गराएको बताउनुभयो ।