(संसारमा ल्यायौ हे!आमा मलाई, देखायौं संसार
गरायौ ताते,पिलायौ बुबु ,सामर्थ्य बनायौ।।)2
(तिमी नै ईश्वर,भगवान मेरो, पुज्दछु तिमीलाई
कसरी तिर्नु यो ॠण तिम्रो, हे!आमा तिमीलाई ।।)2
(श्रृष्टी तिमी, दृष्टि तिमी, तिमी नै सबथोक
स्नेह तिम्रो पाइरहे आमा ,बिर्सन्छु भोक तिर्खा।।)2
(आजको दिन महत्वपूर्ण पर्व सम्झिने तिमीलाई
यी हरफहरू सम्झेर लेखें , समर्पण तिमीलाई।)2
अर्जुन शर्मा निरौला
गीतखोला-कालेबुङ