नेपालको राष्ट्रपतिय शासन प्रणाली बिदेशिको योजना अन्त्रगत लागू गरिएको हो भन्ने कुरा दिनको घाम जत्तिकै छर्लंङ भएकै बिषय हो ।पछिल्लो समयमा नेपालको राष्ट्रपति र प्रधान मन्त्री देखिँदा दुई अलग अलग सस्थाका रुपमा देखिए पनि कार्य सम्पादन गर्ने तरिका अलग नभएको हरेक घटनाक्रमले पुष्टि गरेकै हो ।
यो ब्यवस्थाले र राष्ट्रपतिय शासन प्राणालिले स्वातन्त्र राजनितिक सस्थाको रूपमा आफ्नो पहिचान स्थापित गर्न सक्दैन भन्ने कुरा कांग्रेसका तर्फबाट राष्ट्रपती भएका राम वर्ण यादब हुँदा नै स्पष्ट भएको थियो । त्यो समयमा कम्युनिष्ट नामधारिहरुले यादवलाई कांग्रेसको राष्ट्रपतिका रूपमा बुझ्ने र भन्ने सम्म गरेका थिए ।
प्रधान मन्त्री ओलिको राजनितिक चातुर्यताका सामु घुँडा टेक्न बाध्य नेपालका फगत राजनितीज्ञ भन्नेहरु- बुद्धिजीवी भन्नेहरु र आम सचेत नेपालिलाई राष्ट्रपति बिध्या भन्डारी दोस्रो पटक राष्ट्रपति कुनै अरु कारणले नभै प्रधान मन्त्री ओलिकै कारण हुनु भएको हो ।
बिध्या भन्डारिको ठाउमा ( नेकपा ) को अर्को कुनै नेता राष्ट्रपति भएको भए ओलिका लागि काम गर्न सहज थिएन । प्रधान मन्त्री ओलि शारीरिक रूपमा कमजोर भए पनि नेपालको राजनैतिक र संबैधानिक दुबै तरिकाले सबै भन्दा बढी बलिया छन् । प्रधान मन्त्री ओलिका लागि अब उनको आफ्नो पार्टी भन्दा ठूलो राज्यको पावर हो- विशेष गरि नेपाली सेना र रवर स्ट्याम्पकै रूपमा भएपनी राष्ट्रपति हुन् ।
प्रधान मन्त्री ओलिलाई असफल बनाउनका लागि उनकै आन्तरिक पार्टी भित्रकै एउटा तप्का र खुफिया एजेन्शिका पार्टी भित्रकै जासुशहरुले काम गरेका थिए र अहिले पनि छन् । आफ्नो जिवनको कमजोर अबस्थामा प्रधान मन्त्री ओलिले यो जन्जाललाई लोभी पापिहरुका जिम्मा लगाउनु भन्दा राष्ट्रपति माध्यम नेपाली सेनाको जिम्मा लगाउनु नै उत्तम र राष्ट्रवादी कदम हुनेछ ।
प्रधान मन्त्री ओलि यो सघियता- धर्म निरपेक्षता र यो नक्कली गणतन्त्रका कट्टर बिरोधी थिए र हुन् । बाध्यताबस आफ्नो अडानमा बसिराख्नका लागि सहज नभएको हुँनाले ओलिले बाहिर जेसुकै भने पनि यो राष्ट्रको रक्षाको सवालमा बाहिर बसेर इमानदारी पुर्वक को कस्ले के के भनिरहेका छन् र के गर्दा यो राष्ट्रको रक्षाहोला भन्ने बिषयमा प्रधान मन्त्री ओलिले राम्रो संग बुझेका छन् ।
प्रधान मन्त्री ओलिले अध्यादेश ल्याएको बिषयलाई उछाल्दै नचाहिंदो काम गरे- परिवर्तनलाई धरापमा पार्ने काम गरे- जो जस्ले भनिरहेका छन् तिनिहरुका रोदनको कुनै माने छैन । आजका दिन प्रधान मन्त्री ओलि ( नेकपा ) पार्टिका अध्यक्ष मात्र होईनन् देशका प्रधान मन्त्री हुन् । देशको प्रधान मन्त्रीले पार्टिका लठुवा नेता र कार्यकर्ताका बुद्धिका आधारमा देश हाक्न मिल्दैन ।
प्रधान मन्त्री ओलिले देशलाई राष्ट्रपति माध्यम नेपालको राजसस्थाका जिम्मा लगाई दिन सक्नु भयो भने- उहाँले बिगत गरेका सबै खतबात आजका नेपाली जनताले मात्र होईन-भोलिको पुस्ताले समेत बिर्सिदै जानेछन् । प्रधान मन्त्री ओलि नेपालको राजनितिक ईतिहासमा एक नम्बर हिरो हुनेछन् ।