सत्य र न्यायका निम्ति केही गर्छु भन्ने मानव प्राणिका लागि यो देश ज्ञान आर्जन गर्ने तपो भुमी हो । यो राष्ट्रका रितिथिती र सामाजिक ब्यवस्था देवि देवताका कृपाद्धारा बिस्तार गरिएका थिए भने- जहाँ मानव बस्तिको सानो ठूलो मौजा बसाई बस्छन् त्यहा देवि देवताका मन्दिरहरु समेत संगै स्थापना गरिने गरेका पौराणिक कथनहरु यद्यपि अहिले पनि जिवित रहँदै आएका छन् l
यो देशको मुल राजनितिक नेर्तित्वले धर्मलाई आधार मानेर राज्यसत्ता र सामाजिक ब्यवस्था चलाउन जब सम्म तयार थियो- तब सम्म यहाँ एक प्रकारले साम्यवाद भनौं यात राम राज्य थियो । जब धर्मलाई राज्यसत्ता संचालनको आधार मान्न छोडियो त्यसपछि यो राष्ट्रको राजनितिक ब्यवस्था र सामाजिक ब्यवस्था भत्किदै मात्र गएन- त्यही समयमा बिदेशिहरुले पैसा बोकेर हाम्रो दुनियाँलाई स्वधर्मबाट बिमुख गराउंदै आफ्नो धर्ममा लैजान थाले ।
विश्व राजनितिक ब्यवस्था र राजनितिक नेर्तित्वले भौतिक बिकासको आड्मा बिश्वमा आफ्नो सामराज्यमा कायम गर्दै गर्दा हाम्रो देशको राजनितिक नेर्तित्व यस्तो निकम्बा साबित भयो कि- त्यसले आफ्नो दुनियाँलाई आफ्नो राजनितिक सिद्धान्त र आफ्नो स्वधर्ममा आफ्नो जनतालाई संगठित गराई राख्न असफल भयो ।
जुन देशको साशक कमजोर हुन्छ र बिदेशिका सामु शिर ठाडो गर्न सक्दैन त्यस्तो साशकले आफ्नो राष्ट्र र दुनियाँको सुरक्षा गर्न सक्ने नैतिक बल गुमाउँदै जान्छ । नेपालका साशकहरु दशकौ देखि एकापसमा यो वा त्यो ब्यवस्थाका नाममा लढाई लढ्दै आए- तर कुन ब्यवस्थाका आधारमा देश बलियो बनाउने र जनतालाई सुखको जीवन दिने भन्ने बिषयमा कहिले पनि एक ठाउँमा बसेर बिवेक प्रयोग गर्न सकेनन् ।
नेपाल राष्ट्र कमजोर हुनुको मुख्य कारण नेपालका साशकहरुको आपसी झगडा नै मुख्य हो । हरेक बिचारका राजनितिक शक्ति र ब्यक्तिहरुले सामुहिक बिवेकका आधारमा राष्ट्र र जनताको प्रगतिका लागि काम गर्न सकेको भए- आजका दिन हाम्रो देश बिश्वका शक्तिशाली राष्ट्रको दाजोमा हुने थियो ।
साशकहरु सत्ता र शक्तिका लागि आपसमा सधै झगडा खेल्दै बस्ने र जनताले के ठिक हो र के बेठिक हो भन्ने कुरा जान्न नसकेर पक्ष र बिपक्षमा लागेर आपसमै लढाई लढ्न समेत तयार हुने- नेपालिको पछिल्लो चार दशक सम्म प्रदशन गरिएको अमानवीय सोच र चिन्तनका कारण राष्ट्र मात्र कमजोर भएन- नेपाली जनतालाई संसारका धनी राष्ट्रहरुका कमारा बन्न बाध्य बनायो ।
जुन देशको साशक र शासन ब्यवस्थाले आफ्नो देशको जनतालाई राष्ट्र र स्वयम् जनताको उत्थानको बाटो देखाउन सक्दैन त्यस्तो पाखन्डी साशकले विश्व राजनितिक रंगमन्चमा आफ्नो गौरवपुर्ण उपस्थिती देखाउन सक्दैनन् । नेपालका नालायक साशकहरुका कारण यो राष्ट्र राजनितिक कारणले समाप्त भैसकेको थियो भने धर्मका कारण मात्र विश्व मानचित्रमा जिवित रहेको थियो ।
एक दशकको माओवादिको युद्धले हाम्रो राष्ट्रको रहल पहल धार्मिक सत्तालाई समेत समाप्त पार्नका लागि महत्वपूर्ण भुमिका खेल्यो । नेपालिहरुको बिवेकमा समस्या थिएन भने- बिदेशिका दलालहरुका पछि लागेर आफ्नो राष्ट्रको मौलिकतालाई समाप्त पार्नका लागि स्वयम् तयार हुने थिएनन् । जहाँको जनता धनका मात्र होईन- बिचारका दृष्टिले समेत गरिव हुन्छन् त्यस्ता देशलाई समाप्त पार्नका लागि सामराज्यवादिहरुले आफ्नो अघोषित योजना बनाउने गरेका हुन्छन् भन्ने कुरा सा- साना राष्ट्रको समाप्तिलाई यात बिखन्डनमा देखिने बिदेशिको भुमिकालाई बुझ्न सकियो भने स्पष्ट हुने गर्दछ ।
नेपाल राष्ट्रलाई जिवित राख्ने हो भने- हामिले हाम्रा पुराना शिक्षा दिक्षाका नितिहरुलाई पुनः अबलम्बन गर्नुपर्छ । नैतिक शिक्षा र सामाजिक शिक्षाका भत्किएका जगहरुलाई पुनः संचालनमा ल्याउनुपर्छ । त्यति मात्र होईन- भोलिका नेपाली पुस्तालाई मानसिक रुपमा बलियो बनाउनका लागि पुर्वीय सभ्यताका आधारमा युग सुहाउँदो बैज्ञानिक शिक्षा प्राणालिलाई अबलम्बन गर्नुको विकल्प छैन ।
आजको शिक्षा दिक्षाबाट बिद्धान भएको भनिएको र पठित भनिएको मानिसले दिने शिक्षाले भोलिको नेपाली पुस्ता जिवित रहन सक्दैन । बिचारमा कमजोर दुनियाँले राष्ट्रलाई थामी राख्न सक्दैन ।