मुग्लानी खबर डट कम
३ जुन २०१७ शनिबार
दोहा-"समाज बिकाशमा प्रबाशीको योगदान" भन्ने मुल नारा बोकेका सन्ध्याग्रुप कतारले केहि समयदेखि रिक्त रहेको कार्यसमितिको पदमा सस्थालाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउनको लागी पदपुर्ती कार्यक्रम तथा बिभिन्न साहित्यिक अनुरागी मित्रहरुको माझमा मुग्लानी सौगातको ५०औ बाचन श्रृङखला गत १ जुन २०१७ बिहिबारका दिन आफ्नै कार्यलयमा भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा नवनियुक्त सदस्यहरुलाई सस्थाका प्रमुख सल्लाहकार थर्चा लामाले बिधिबत रुपमा सपथ खुवाएका थिए भने प्रमुख अतिथि लगायत बाट खादा तथा अबिर लगाई बधाई दिएका थिए । सन्ध्या ग्रुप कतारको रिक्त पद पूर्ति सदस्यहरु निम्न अनुसार रहेका छन्
महासचिब -सन्तोष कुवर अर्घाखाँची,
सचिब-गणेश क्षेत्री दाङ,
कोषाध्यक्ष-उमेश बस्नेत,मोरङ
सदस्यहरुमा - राज रुजाल मोरङ,सन्जिब खाती धनकुटा,राज कुमार परीयार तनहुबाट थिए ।
साहित्यिक कार्यक्रम पनि भएको हुदा सन्जिब खाती,सन्तोष के.सी,राज रुजाल लगायतका सर्जकहरुले आफ्ना रचना वाचन गर्दा कार्यक्रममा पुरै साहित्यिक माहोल छाएको थियो ।
प्रमुख सल्लाहकार थर्च लामाले नेपाली साहित्य र सस्थाका बारेमा प्रष्ट पार्दै आगामी दिनहरुमा कार्यक्रमका भुमिका,औचित्य,ब्यबस्थापन र संचालनका बारेमा कसरी गर्ने भन्ने बारेमा बताउदै भोलिका दिनहरुमा यहाँ परदेसमा हामी मध्ये कोही नहुन सक्ला तर पनि यो सस्थालाई जोगाई राख्न तपाईहरुको अहम भुमिका रहनेछ भन्दै पद्दोनती र नियुक्ती भएका सदस्य हरुलाई हौसला प्रकट गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए भने कतारमा सस्था स्थापनाको इतिहास र कतारमा नेपाली भाषाको बारेमा पछाडी फर्केर हेर्दा सबै भन्दा कतारको पुरानो सस्था खोटाङ समाज कतारको इतिहास सम्झिदै कतारमा नेपाली भाषामा खोटाङ समाज कतारले निकालेको मुखपत्र ‘सन्देश"लाई सम्झेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी तथा अनेसास कतार च्याप्टरका प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले सबैभन्दा पुरानो सस्था खोटाङ समाजको नाम र सबैभन्दा जेस्ठ नेपाली भाषाको किताब सन्देशको नाम लिदा अत्यन्तै खुसी ब्यक्त गर्दै आफुले नेपाली साहित्यमा कलम चलाउन थालेको दिन पनि सम्झिदै उक्त मुखपत्र ‘शन्देश’ मा समाहित भएको आफ्नो गीत ‘कतारको बिचैमा बगर तातिन्छ ‘अनि गाउघर सम्झिन्छु यो मन आत्तिन्छ’ भन्ने बोलको गीत गाएर सुनाएका थिए भने साहित्यिक कार्यक्रम पनि भएको हुदा अन्य दुइवटा सन्देश मुलक र रास्ट्रभक्ती गजल बाचन गरि उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए ।
सभापती बिरेन्द्र कुमार याक्थुङ्बाले कार्यक्रम सभ्यभब्य ढङ्गले सम्पन्न भएको र हाम्रो निमन्त्रणालाई सहजै स्विकारेर कार्यक्रमलाई सफल पार्न उपस्थित समुर्णलाई धन्यवाद दिदै रिक्त पदपूर्ति र पदोन्नती भएका सदस्यह्रुलाई सफल कार्यकालको बधाइ तथा शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो कार्यक्रमको संचालन सचिव गणेश क्षेत्री र उपस्थित सबैलाई स्वागत मन्तब्य कोषाध्क्ष उमेश बस्नेतले राखेका थिए ।