अमेरिकाको टेक्सास स्थित BHAKTA BB को नाममा दर्ता भएको संस्थाले पाप्पा स्थित बिपन्न १३ घर परिवारलाई राहत बितरण गरेको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड-19 का कारण देश लकडाउन छ । यस्तो विपत्तिको बेला दैनिक ज्यालामजदुरी गरि जिविकोपार्जन गर्ने गरिबको दैनिकी दयनीय बन्दै गइरहेको अबस्थामा पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालिका वडा नं.४ स्थित अति विपन्न १३ घरधुरीमा बसोबास गर्ने गन्धर्व र सुनार परिवारलाई राहत बितरण गरिएको छ।
अमेरिका स्थित भ्रष्टाचार विरोधी अभियानकर्ता Bhakta Bahadur Bhandari को पहलमा अमेरिकाको टेक्सास राज्यमा दर्ता रहेको 501C अन्तर्गत मान्यता प्राप्त BHAKTA BB नामक संस्था संगको सहकार्यमा अति विपन्न १३ घरधुरीलाइ राहत को व्यवस्था गर्न गिता देवी ढकालको नाउँमा पठाईएको रकम रु.२९००४ मार्फत दैनिक उपभोग्य सामान खरिद गरि १३ घरपरिवारलाई वितरण गरिएको भ्रष्टाचार विरोधी अभियानकर्ता Gita Dhakal ले जानकारी गराएकी हुन।जसनुसार राहत पाउने ७ घर गन्धर्व र ६ घर सुनार गरी १३ घर परिवारलाई ७ प्रकारका सामान खरिद गरि राहत सामाग्री वितरण गरिएको हो।
राहत बितरण गरिएका सामानहरुमा
१. चामल २५ किलो दर ७२ रुपैयाँँ १३ घरधुरीलाइ रु.२३४००/-
२. दाल १ किलो दर ११० रुपैयाँ १३ घरधुरीलाइ रु.१४३०/-
३. नुन १ किलो दर २५ रुपैयाँ १३ घरधुरीलाई रु.३२५/-
४. तेल १ लिटर दर १६५ रुपैयाँ १३ घरधुरीलाई रु.२१४५/-
५. नुहाउने सावुन १ गोटा दर ३५ रुपैयाँ १३ घरधुरीलाई रु.४५५/-
६. कपडाधुने साबुन १ गोटा दर ३५ रुपैयाँ १३ घरधुरीलाई रु.४५५/-
७. सलाई १ प्याकेट दर २० रुपैयाँ १३ घरधुरीलाई २६०/-
जम्मा रू. २८४७०/- रहेको छ भने रु५३४/- बाँकी रहेको जानकारी प्राप्त भएको छ ।
राहत वितरणमा सहयोग पुर्याउनु हुने राजन खनाल, कोरोना भाइरस बारे जनचेतना दिनुहुने प्रधानाध्यापक कविराज खनाल,कोरोना भाइरसको कारण लामो समयदेखि लकडाउन हुँदा दैनिक ज्यालादारी गरेर गुजारा गर्ने हरु महाविपत्तीमा परेका बेला ति गरिब पीडितहरुको लागी सहयोग गर्नुहुने भ्रष्टाचार विरोधी अभियानकर्ता भक्त बहादुर भण्डारी, उहाँ आवद्ध @BHKATA BB नामक संस्था लगाएत सम्पुर्ण दाताहरुलाइ भ्रष्टाचार विरोधी अभियानकर्ता शारदा भुसाल (झा) ले धन्यवाद व्यक्त गरेकि छन।