साउदी अरबमा आज १९ अप्रिल २०२० का दिनको प्राप्त नयाँ तथ्यांक अनुसार आज संक्रमित को संख्या १,०८८ जना भेटिए सङ्गै कुल संक्रमितको संख्या ९,३६२ पुगेको छ।
साउदीमा मृत्यु हुनेको अहिले सम्मको संख्या ९७ जना पुगेको छ भने निको हुनेको संख्याः १,३९८ रहेको बताईएको छ।अहिले अस्पतालमा उपचाररत कुल सक्रिय संक्रमितको संख्याः ७,८६७ रहेको तथ्यांकमा बताईएको छ।
नयाँ कोरोना संक्रमित १०८८ जना साउदी अरबियाका विभिन्न शहरहरुबाट भेटिएका छन।जसानुसार:२५१ जना Makkah,२१० जना Jeddah,१९४ जना Dammam,१७७ जना Madinah,१२३ जना Hufof, ८५ जना Riyadh,९ जना Zulfi,७ जना Taif,६ जना Yanbu,४ जना Dhahran,४ जना Hail, ३ जना Ras Tanura,३ जना Unaizah,३ जना Jubail,२ जना Tabuk,२ जना Rabegh,१ जना Baha,१ जना Mahayel,१ जना Kharj,१ जना Al Ais,१ जना Baish रहेका छन।
साउदी अरबमा आफुलाई कोरोना भएको शंका लागेमा हटलाईन नम्बर ९३७ सम्पर्क गर्न सबैलाई अनुरोध गरिएको छ।