राम प्रसाद पराजुली -अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंचले विस्व भर फैलीरहेको कोरोना भाइरस को दुःखद प्रभाव ले जनजीवन अस्तब्यस्त बनाउदा पहिलो चरण को सहयोग जिल्लामा रहने केही दुःखी,गरिब,अति बिपन्न बर्ग,असाह्य र रोग संग लडी रहेका ब्यक्तिहरू को ७ घर परिवार लाई रु ५०,००० (पचास हजार) नगद तथा खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ ।
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च (IACO) संस्था को अध्यक्षमा रन्जीत कुमार क्षेत्री, महिला उपाध्यक्ष रिना आचार्य, उपाध्यक्ष छबिलाल गिरि,महासचिव दामोदर भुसाल, सचीव अनमोल राक्से मगर, कोषाध्यक्ष सुर्य थापा, सह – कोषाध्यक्ष मा हरि कुँवर , सदस्यहरुमा ईश्वर जङ्ग थापा छेत्री,सन्तोष के.सी,बसन्त खड्का,पशुपति श्रेष्ठ,संरक्षकमा राजु खड़का, गिरी राज खनाल,राम प्रसाद पराजुली,यसैगरी प्रमुख सल्लाहकार युबराज केसी सल्लाहकार सहयोगी बीसी, प्रेस सल्लाहकार हरि प्रसाद भुसाल, अम्बिका बेल्बासे श्रेस्ठ , ठाकुर प्रसाद आचार्य घनश्याम ज्ञवाली, कानुनी सल्लाहकार ज्वाला क्षेत्री रहेका छन। यो कार्यसमितिले निम्न ब्यक्तिहरुलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ भने सहयोग प्राप्त गर्नु हुने ब्यक्तिहरुको नाम र ठेगना यस प्रकार छ:
१- मालारानी गा. पा. वार्ड नो ४ निवासी क्यांसर पीड़ित भुवन रिजाल को रास्टिय बाणिज्य बैंक मा रहेको खाता मा रु १०,००० (दस हजार) जम्मा गरिएको छ ।
२- मालारानी गा. पा. वार्ड नो ५ बागी निवासी बिबस कुंवर को आमा सरिता कुंवर लाई रु १०,००० (दस हजार) वार्ड अध्यक्ष शोभाखर भुसाल, पत्रकार नबिन केसी र स्थानीय गीता कुंवर को उपस्थिति मा नगद हस्तान्तरण गरिएको छ ।
३- संधिखर्क न. पा. वार्ड न १० सानो बराप निवासी क्यांसर पीड़ित गोपाल बिस्वकर्मा लाई रु १०,००० (दस हजार) उनकै नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक को खातामा जम्मा गरिएको छ ।
४- छत्रदेब गा.पा. वार्ड नो ६ ठुलापोखरा निवासी पदम बन्जाडे लाई रु १०,००० (दस हजार) को खाध्यान्न सामग्री वार्ड अध्यक्ष, संस्था का सल्लाहकार हरि प्रसाद भुसाल र अम्बिका श्रेस्ठ को उपस्थिति मा हस्तान्तरण गरिएको छ ।
५- भुमिकास्थान न.पा. वडा न ९ निवासी गत चैत१ मा हिमपात बाट मृत्यु हुने शालिकराम बलाल को श्रीमती मिना बलाल लाई रु ५००० ( पाँच हजार ) को खाद्यान्न वार्ड अध्यक्ष नारायण खनाल को उपस्थिति मा हस्तान्तरण गरिएको छ ।
६- भूमिकास्थान न.पा. वार्ड नो ४ निवासी पार्वती खत्री र मान बहादुर बिक को घर परिवार लाई रु ५००० (पाँच हजार) को खाद्यान्न संस्था का सल्लाहकार हरि प्रसाद भुसाल ले हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष रन्जीत कुमार क्षेत्रीले बताएका छन।
त्यसैगरी अध्यक्ष क्षेत्रीले आफनो छाक काटेर पीड़ित लाई सहयोग पुगोस भन्ने हेतुले संकलन गर्नु हुने संस्थाका सम्पूर्ण पद्धाधिकारी ज्यूँहरू लाई हृदय देखी धन्यबाद ब्गक्त गरेका थिए र अब जति सक्दो छिटो दोस्रो चरणको सहयोग दुःखी, गरिव, असाह्यको लागी गर्ने बताउदै यस को लागी कसैले सहयोग गर्न चाहेमा वा संस्थामा आबद्ध हुन र संगै हातेमालो गर्न इच्छुक भए सहजै हातेमालो गर्ने सकिने बताएका छन।