दिनप्रतिदिन कोरोना भाईरस संक्रमितको संख्या बढी रहेकोछ भने- लकडाउनका कारण चरम भोकमरिको अबस्था सृजना हुँदैछ । काठमान्डौमा ५ किलो चामल लिनका लागि गरिव नेपालीहरु सडकमा भागदौड गरि रहेका छन् ।
यस्ता दृश्य देख्दा दृश्य देख्दा मेरो आत्मामा आगो दनदनी बल्छ र यो देशका साशक प्रसाशकहरुलाई मुखभरी पुग्ने गरि गाली गर्न मन लाग्छ । आफू पनि नजान्ने र अरुले भनेको पनि नमान्ने यस्ता पाखन्डिहरुको हातमा भएको राज्यसत्ता र ब्यवस्था नै नेपाली जनता र यो राष्ट्रको बिनाशको कारण हो मैले त्यसै भन्ने गरेको होईन । किन कि शासन ब्यवस्था र राज्यका विभिन्न निकायमा बसेका ठालुहरुका दिमाग मैले दुईदशक अघि देखि नजिकबाट पढेकोछु ।
नेपालका शासक प्रशासकहरुले बिगत एक दशक लामो प्रचण्ड र बाबुरामको युद्धलाई समाप्त पार्ने नाममा र ओलि र देउवाहरुले प्रतियुद्धका नाममा राज्यशक्तिको जसरी दुरुपयोग गर्दै कमाउ अभियान चलाएका थिए- यस महामारिमा पनि त्यसरी नै त कमाउने कि म कमाउने भन्ने धन्दामा राज्यका सबै अंग लागेको लगभग सतहमा आएकोछ ।
कुनै राजनितिक दलको भातृ संगठनकले जस्तै बेलाबखत बक्तब्यबाजि गरेर देश र जनताको रक्षा गर्नु हाम्रो दायित्व हो भन्दै ठुला कुरा गर्ने भद्रकाली भित्रका जरसावहरु समेत कमिशनको चक्कर फसेका त छैनन् संसय पैदा हुन थालेकोछ ।
यो देशका भ्रष्ट नालायक शासक प्रशासक र सुरक्षा अंगका माथिल्लो स्तरका बडा-हाकिमको धन्दा यस्तै हो भने- नेपालमा कोरोना संगै भोकमरिका कारण जनताले भोको पेट भर्नका लागि मात्र पनि बन्दुक बोक्ने अबस्था नआउला भन्न सकिँदैन । त्यो अबस्था ल्याउनका लागि बिदेशिका दलालहरु त लाग्ने नै भए । दुर्भाग्य हाम्रो राष्ट्रका सबै सुरक्षा अंगका बडाहाकिम पनि त्यो चक्करमा फसेको मलाई आभाष हुन थालेकोछ ।
बिगत माओवादिको युद्ध र प्रतियुद्ध रोकौं भनेर मैले भन्दा- तं को होस युद्ध रोकौ भन्ने भन्दै मलाई हप्की दप्की गर्ने सेना र प्रहरीहरुकै उच्च अधिकारी थिए ।
बाँच्ने भए नेपाली जनता जाग- नत्र दलालहरु र कमिशन खोरहरुले लादेको कोरोना भाईरसबाट मर्नेको संख्या गन्ती गर्न सकिने छैन भने- संक्रमित नभएकाहरुले भोक मेटाउनका लागि बारुदको गन्ध सुँङ्दै मर्न बाध्य हुनुपर्ने अबस्था आउनेछ ।
नेपालका शासक प्रशासक र राज्यका सुरक्षा अंगमा कस्ता कस्ता मानिसलाई उच्च ओहदामा कसरी कस्ले पुगाउछन् भन्ने कुरा ठोस् रूपमा भन्न सजिलो छैन । बिक्री सकेका कुनै पनि क्षत्रका दलालहरुको भर हुन्न ।