राधा पाण्डे कपिलवस्तु,
बैशाख ६, २०७७ बढ्दो लकडाउनका कारण तौलिहवा स्थित कपिलवस्तु बालगृहमा रहेका बालबालिकाहरु भोक भोकै बस्नु पर्ने बाध्यता आएको छ । बालगृहको नियमित आम्दानी नहुंदा दैनिक खानपानको व्यवस्थापनमा चुनौती देखिन थाले पछि बालबालिकाहरु भोक भोकै पर्ने अवस्था सृजना हुन थालेको हो ।
हाल सम्म त जेन तेन व्यवस्थापन गरेर बालबालिकाहरुको दैनिक खानपिनको व्यवस्था मिलाएर पनि अब कतैबाट सहयोग नपाउने हो भने बालबालिकाहरु भोक भोकै रहने अवस्था सृजना हुन थालेको बाल गृहका प्रमुख राम प्रसाद अर्यालले बताए ।
जिल्ला वाल संगठन कपिलवस्तु अन्र्तगत संचालन गरिएको बाल गृहको नियमित आम्दानीको स्रोत नागरिकताको फाराम विक्री र सटर कोठा भाडा हो । तर लक डाउनका कारण यी दुवै स्रोतबाट आम्दानी नआएका कारण बाल गृहको दैनिक खर्च धान्न गाह्रो भएको गृह प्रमुख अर्यालले बताए ।
दैनिक रुपमा बालबालिकाहरुको खाना तथा खाजा खर्च करीब ६ हजार रुपैया लाग्ने गरेको छ । अभिभावक नै नभएका २४ जना बालबालिका र बाबुको मृत्यु भएको भएको, आमा लामो समय काराबास सजाई पाई कारागारमै रहेका अभिभावकका ५ बालबालिकाहरु कुल २९ बालबालिकाहरु हाल बालगृहमा वस्दै आएका छन् । तत्कालीन नेकपा माओवादी र नेपाली सेना दुवै तर्फबाट अभिभावक गुमाएका बालबालिकाहरुको आश्रय गृहको रुपमा २०५९ साल देखि बाल गृह संचालन हुदै आएको छ ।
शुरुका वर्षहरुमा राज्यबाटै वालगृह संचालनका लागि अनुदान प्राप्त हुन्थ्यो तर पछिल्ला वर्षहरुमा सरकारी कुनै सहयोग बाल गृहमा छैन । बालगृहमा हाल अभिभावक विहिन २९ जना बालबालिका र ४ जना आवासीय कर्मचारी छन् ।
समुदाय स्तरबाट संचालनमा रहेको यो बाल गृहमा सरकारी कोषबाट कुनै सहयोग प्राप्त नभएको बालगृहले जनाएको छ । वाल गृहमा रहेका टुहुरा, बेसहारा बालबालिकाहरुको संरक्षणमा कठिनाई उत्पन्न भए पछि यसको सहयोगको लागि स्थानीय तह देखि प्रदेश सरकार सम्म पटक पटक प्रयास गरे पनि कुनै सहयोग नपाईएको नेपाल बाल संगठनका अध्यक्ष राजु प्रसाद अर्यालले बताए ।
प्रदेश सभा सदस्यहरु विष्णु पंथी, अर्जुन के.सी., प्रदेश ५ का सामाजिक विकास समितिका सभापति तथा प्रदेश सभा सदस्य दिर्घनारायण पाण्डेय र प्रदेश सरकारका मंन्त्रीहरुलाई आफुले पटक पटक सहयोगका लागि अपील गरे पनि हाल सम्म कुनै सहयोग प्राप्त हुन सकेको छैन, बलकडाउनको मारमा कपिलवस्तु बालगृहका बालबालिका, भोक भोकै बस्नु पर्ने बाध्यता, कसैको ध्यान गएन ।। कपिलवस्तु, बैशाख ६, २०७७ बढ्दो लकडाउनका कारण तौलिहवा स्थित कपिलवस्तु बालगृहमा रहेका बालबालिकाहरु भोक भोकै बस्नु पर्ने बाध्यता आएको छ ।
बालगृहको नियमित आम्दानी नहुंदा दैनिक खानपानको व्यवस्थापनमा चुनौती देखिन थाले पछि बालबालिकाहरु भोक भोकै पर्ने अवस्था सृजना हुन थालेको हो । हाल सम्म त जेन तेन व्यवस्थापन गरेर बालबालिकाहरुको दैनिक खानपिनको व्यवस्था मिलाएर पनि अब कतैबाट सहयोग नपाउने हो भने बालबालिकाहरु भोक भोकै रहने अवस्था सृजना हुन थालेको बाल गृहका प्रमुख राम प्रसाद अर्यालले बताए ।
जिल्ला वाल संगठन कपिलवस्तु अन्र्तगत संचालन गरिएको बाल गृहको नियमित आम्दानीको स्रोत नागरिकताको फाराम विक्री र सटर कोठा भाडा हो । तर लक डाउनका कारण यी दुवै स्रोतबाट आम्दानी नआएका कारण बाल गृहको दैनिक खर्च धान्न गाह्रो भएको गृह प्रमुख अर्यालले बताए ।
दैनिक रुपमा बालबालिकाहरुको खाना तथा खाजा खर्च करीब ६ हजार रुपैया लाग्ने गरेको छ । अभिभावक नै नभएका २४ जना बालबालिका र बाबुको मृत्यु भएको भएको, आमा लामो समय काराबास सजाई पाई कारागारमै रहेका अभिभावकका ५ बालबालिकाहरु कुल २९ बालबालिकाहरु हाल बालगृहमा वस्दै आएका छन् । तत्कालीन नेकपा माओवादी र नेपाली सेना दुवै तर्फबाट अभिभावक गुमाएका बालबालिकाहरुको आश्रय गृहको रुपमा २०५९ साल देखि बाल गृह संचालन हुदै आएको छ ।
शुरुका वर्षहरुमा राज्यबाटै वालगृह संचालनका लागि अनुदान प्राप्त हुन्थ्यो तर पछिल्ला वर्षहरुमा सरकारी कुनै सहयोग बाल गृहमा छैन । बालगृहमा हाल अभिभावक विहिन २९ जना बालबालिका र ४ जना आवासीय कर्मचारी छन् । समुदाय स्तरबाट संचालनमा रहेको यो बाल गृहमा सरकारी कोषबाट कुनै सहयोग प्राप्त नभएको बालगृहले जनाएको छ ।
वाल गृहमा रहेका टुहुरा, बेसहारा बालबालिकाहरुको संरक्षणमा कठिनाई उत्पन्न भए पछि यसको सहयोगको लागि स्थानीय तह देखि प्रदेश सरकार सम्म पटक पटक प्रयास गरे पनि कुनै सहयोग नपाईएको नेपाल बाल संगठनका अध्यक्ष राजु प्रसाद अर्यालले बताए । प्रदेश सभा सदस्यहरु विष्णु पंथी, अर्जुन के.सी., प्रदेश ५ का सामाजिक विकास समितिका सभापति तथा प्रदेश सभा सदस्य दिर्घनारायण पाण्डेय र प्रदेश सरकारका मंन्त्रीहरुलाई आफुले पटक पटक सहयोगका लागि अपील गरे पनि हाल सम्म कुनै सहयोग प्राप्त हुन सकेको छैन, बाल संगठनका अध्यक्ष अर्यालले भने ।
कतैबाट सहयोग नपाए बाल गृह बाध्य भई वन्द गर्नु पर्ने अवस्था आउन सक्छ, उनले भने । लक डाउनको अवस्थामा बाल गृह संचालनमा आएको कठिनाईका बारेमा आफुलाई जानकारी आएको र यसका लागि स्थानीय स्तर र प्रदेश सरकारसंग पनि पहल शुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । बालगृृहबाट हाल सम्म १ सय बालबालिकाहरु पास आउट भएर निस्केका छन् । ाल संगठनका अध्यक्ष अर्यालले भने ।
कतैबाट सहयोग नपाए बाल गृह बाध्य भई वन्द गर्नु पर्ने अवस्था आउन सक्छ, उनले भने । लक डाउनको अवस्थामा बाल गृह संचालनमा आएको कठिनाईका बारेमा आफुलाई जानकारी आएको र यसका लागि स्थानीय स्तर र प्रदेश सरकारसंग पनि पहल शुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । बालगृृहबाट हाल सम्म १ सय बालबालिकाहरु पास आउट भएर निस्केका छन् ।