तिलु शर्मा पौडेल / दोहा कतार
कोरोना भाइरसका कारण विगत एक महिना देखि लक डाउनमा रहेको कतारको सनैया (औद्योगिक क्षेत्र १ देखि ३२) सम्म को अवस्थाका बारेमा पहिलो पटक विभिन्न समुदाय मिडिया र प्रतिनिधिहरूले अवलोकन गरेका छन् l कतार सरकारका गृह मन्त्रालयका अधिकारीहरू, सुरक्षा अधिकारीहरू र नेपाली प्रतिनिधिहरूले उक्त क्षेत्रको अवलोकन गरेका हुन् l
अवलोकन भ्रमणका लागि नेपाली समुदायका तर्फबाट गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका महासचिव पदम गिरी उपाध्यक्ष कुमार खड्का तथा राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक प्रो. रमजान अलि मिया को सहभागिता रहेको थियो l
भ्रमणका कर्ममा लक डाउनमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्था, खान पिन , तलब लगायतका प्रत्यक्ष सरोकार राख्ने विषयमा सोधपुछ गरिएको थियो l उक्त क्षेत्रमा रहेका नेपालीहरूले आफूहरू खुसी र सुरक्षित रहेको, खाना को अभाव हुनेहरूलाई कतार च्यारिटी मार्फत कतार सरकारले खाना उपलब्ध गराएको र कम्पनीले न्यूनतम तलब प्रदान गरेको बताए l उक्त क्षेत्रमा खरिद गरी खान चाहनेलाई खाद्यान्न स्टोर, रेमिटेन्स, सपिङ सेन्टर, हेल्थ सेन्टर लगायतको राम्रो व्यवस्था रहेको जानकारी NRNA QATAR का महासचिव गिरीले जानकारी दिए l
सो क्षेत्रमा रहने सबै नागरिक सुरक्षित र खुसी रहेको, बाहिर हल्ला फिजाईए जस्तो पीडित नरहेको बताए l भ्रमणका कर्ममा सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरूले लक डाउनमा रहेका सबै आफ्नो परिवार रहेको र उनीहरूको हरेक आवश्यकता कतार सरकारले पुरा गरिरहेको र आगामी दिनमा पनि गर्ने हुँदा संयमित रहन र सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेको जानकारी मियाले दिएका छन् l
दैनिक जसो सेनिटाइज गरी उक्त क्षेत्रलाई थप सुरक्षित रहेको सुनिश्चित गरी सरकारले बिस्तारै उक्त क्षेत्र लाइ खोल्ने तयारीमा रहेको समेत बताइएको छ l करिब १२ किलोमिटर क्षेत्रमा रहेको उक्त एरियामा करिब १३००० टन भन्दा बढी फोहोर निकालिएको जानकारी सुरक्षा अधिकारीहरूले दिएका छन् l कोरोनाका कारण कामदारले खान,बस्न र तलब नपाए र उजुरी गर्नुपरे ४०२८०६६० मा सम्पर्क गर्न मन्त्रालयले २४ सै घण्टा खुला रहने हटलाइन स्थापना गरेको समेत जानकारी गराइएको थियो l