मुग्लानी खबर- बैशाख ४ बिहिबार
बरिस्ठ पत्रकार तथा बिश्लेषक अनिल योगीले सरकारले नेपाली जनतालाई लकडाउनमा कहिले सम्म राख्ने? के अन्तिम बिकल्प लकडाउन नै हो त? भन्ने प्रश्न गरेका छन।
काठमान्डौ शहर होस् यात बाहिर जिल्लाका शहर र गाउँ बस्ती हुन् त्यहाँ पनि कोरोना भाईरसका संक्रमित हुन् सक्छन् भन्ने संका उत्पन्न भैरहेकोछ ।
दिन प्रतिदिन जसरी संक्रमितको संख्या बढी रहेकोछ-यसले राम्रो संकेत गरि रहेको छैन ।
राज्यले कोरोना भाईरस रोकथाम र उपचार बारे आफ्नो जून धारणा दिनप्रतिदिन सार्बजनिक गरि रहेकोछ- त्यो नै अस्पष्ट र बुझी नसक्नुछ ।
राज्यले यति संक्रमित भेटायौं- अर्थात यहाँ यस्तो यस्तो ब्यवस्थापन गरेकाछौं भन्ने कुरा आफ्नो ठाउँमा ठिकै होला । तर त्यो नै आजको अबस्थामा जनतालाई दिएको उपयुक्त आस्वासन र भरोषा गर्न सकिने कुरा होईन ।
बिरामी हुँदा र सामान्य रुगा खोकि लागेका बेला अस्पताल जाने हो भने- कोरोना संक्रमित भनिदिने पो हो कि भन्ने डरले जनताले अस्पताल जान छोडेको स्वास्थ क्षत्रका बिज्ञ र डाक्टरहरु समेत बताउन थालेका छन् ।
यस्ता बिषयलाई सम्बोधन गर्नका लागि मात्र होईन- सरकारको लकडाउनको निर्णयलाई मानेर घरमा बसेका जनताको स्वस्थ अबस्थालाई चेक जाँच गर्नका लागि राज्यले आफ्ना स्वास्थ सस्थाहरुलाई एकीकृत गर्दै घुम्ती स्वास्थ सेवा दिन किन नसकेको ? दिनुपर्छ कि पर्दैन ?
जब भोलिका दिनमा कोरोना भाईरसले बिकराल रुप लिन्छ त्यो बेलामा के गर्ने ? जनतालाई लकडाउनमा कहिले सम्म राख्ने ? लकडाउन अन्तिम समाधान हो ?
जब गाउँ बस्तिमा यो माहामारी फैलन सक्छ त्यो बेला यो राज्य संग जनतालाई बचाउने बलियो आधार के छ ? सामान्य बिरामी पर्दा डोको चिरेर- बाँसमा बाधेर बिरामी अस्पताल ल्याउनुपर्ने देशमा यस्तो भद्दा खालको स्वास्थ सेवाको हल्लाले नेपालिको जीवन सुरक्षीत कसरी रहन्छ ?
स्थानीय सरकार भनेका जनता संग कर उठाउने र भ्रष्टाचार गर्नका लागि मात्र निर्माण गरिएका हुन् ? यदी होईनन् भने- स्थानिय सरकारका प्रतिनिधिहरु माध्यम घुम्ती स्वास्थ सेवा दिनुपर्छ कि पर्दैन ?
यो सत्ता र सरकार संग यस्तो कमजोर ब्यवस्थापनले नेपाली जनतालाई बचाउन सक्छौ भन्ने ठोस् आधार के छ ?