मुग्लानी खबर- बैशाख ३ बुधबार
नेपालमा लगभग दुई दशक भन्दा बढी समय नेपाल राष्ट्र र नेपाली जनतालाई उल्लु बनाउँदै दलका नेताहरुले लज्जास्पद तरिकाले शासन सत्ता चलाउने काम गरे । २०७६ सालको एक बर्षको समिक्षाले मात्र देशको दुखको पाटो उजागर हुन् सक्दैन ।
हाम्रो सामाजिक चेतना र राष्ट्रिय चेतना मरेको हुँनाले समिक्षा गर्नैपर्ने बिषय तर्फ भन्दा समीक्षा नगर्दा हुने बिषयमा समीक्षा गर्नुमा मजा लाग्छ । बिरक्त लाग्दो गएको बर्षको समिक्षा गर्नका लागि दिमाग घुमाउँदा मलाई पनि त्यस्तै आनन्द आएकोछ ।
अरुको आलोचना गर्न बस्दा जस्तो आनन्द अरु केहीमा पनि छैन । मेरो बिचारमा अरुको आलोचना गर्न बस्दाको जुन मजाछ-यो एक प्रकारको मानसिक पीडाको उपज हो र कोरोनाको जस्तै उपचारको विधि नजन्मिएको माहामारी हो । पेसा नै यस्तो रोजियो कि- अरुको खोईरो नखन्दा सम्म खाएको हजम नै हुँदैन ।
०७६ को समीक्षा गरौं कि नगरौं जस्तो लाग्दै थियो । मुग्लानी खबरका सहृदयी साथिहरुले छोटोमा समीक्षा लेखौं भन्नू भयो- त्यसैले बिरक्त लाग्दो समीक्षा गर्नका लागि हौसिए । नेपालको सामाजिक- राजनितिक लगायत हरेक क्षत्रमा समिक्षाका लागि दिमाग चलाउनु र कलम चलाउनु भनेको आँचिको थुप्रोमा जानाजान दिमाग र हाथ रगट्नु हो जस्तो लाग्छ । मैले यो देशमा हरेक बिषयमा कलमका माध्यमद्धारा लगभग तीन दशक समीक्षा गर्दै बसेकोछु । मेरो समिक्षाको बारेमा कसैले समीक्षा गरेको मलाई आज सम्म अनुभव छैन ।
यो देश स्वर्ग भैकन पनि नर्कको जीवन बांच्न तयार नेपाली समाज र नेपालका बौद्धिक भनिनेहरुका बिवेक र बिचारका बारेमा समीक्षा गर्ने मलाई निकै रहर थियो । तर त्यो बिषयमा मैले समीक्षा गर्न तयार भए भने- यहाँ धेरैको मानसिक सन्तुलन खराब हुन सक्छ यात स्वयम् मै मानसिक अस्पताल जानुपर्ने अवस्था आउन सक्छ भन्ने लाग्छ । यहाँ कस्को भेजा ठिक छ र कस्को असन्तुलतित छ भन्ने बिषयमा मानिसका दिमाग जाँच्ने राष्ट्रिय बिवेक हाम्रो राज्यमा छैन ।
०७६ सालले मलाई मात्र होईन- सारा नेपालिलाई नेताहरुका माध्यम उल्लु बनायो । रेलमा कुदायो- पानी जहाजमा डुलायो- ग्यासको सिलिन्डर पिठ्युँमा बोक्न छोडियो- बिजुलीका तार नेपालिका भान्शामा जिडिएका छन् । भ्रष्टाचार कतै पनि भएको छैन । प्रधान मन्त्री यस्ता पाए कि नेपालिले- बर्ष भरी गाईजात्रा हेर्नुपर्ने र सुन्नुपर्ने नेपालिको नियती जस्तै भयो ।
नेपालको सत्ता र साशकहरुका बारेमा- तिनिहरुले बोल्ने शैली र उनिहरुको खानपान र जीवन शैलिका बारेमा सामान्य बाल मस्तिस्कले पनि नजिकबाट जान्ने र बुझ्ने मौका पाए । कुनै पनि नेपाली समाजको एउटा अबोध बाल बालिकालाई नेपालका नेताहरुका बारेमा सोध्ने हो उसले बिरक्त लाग्दो गरि नाक खुम्च्याउने गरेको देखिन्छ । लाज मान्नेले लाज मानेनन् भने बाँकी सारा दुनियाँले लजाउँदै बस्नु र बाँच्नुपर्ने रहेछ ।
चुनावताका दुई छाक दालभात खानका लागि मेपाली दुख गर्नु पर्दैन भन्दै जनताका भोट लुट्न सिपालु हाम्रा प्रधान मन्त्रीले बोलेका बिगतका कुरा सम्झिदा- भोकले छटपटिएका हजारौं नेपालिलाई जम्मा पारेर खाली बोरा सहित बालुवाटार तिर हुईकिन मन लाग्छ । भोको पेट बोकेर बालुवाटार जाउ भने सरकारका चौकिदारले डन्डा हान्ने खतरा उस्तैछ । बास्तवमा यो देशमा भयानक ड्रामा हुन्छ- त्यसैलाई उन्नत बिवेकद्धारा संचालित राजनिती हो भन्ने गरि अर्थ्याईन्छ ।
मैले माथी नै भने- एक बर्षको समीक्षा गरेर पुग्दैन । किन कि यहाँ धेरै बर्ष नेपाल राष्ट्र र नेपाली जनतालाई समाप्त पार्नका लागि अभिशाफ साबित भएका छन् । एक दशक माओवादीको युद्ध र संसदवादिको प्रतियुद्धका ती बर्ष समिक्षा गरिएनन् । किन कि नेपाली समाजको मानसिक अबस्था र चेतनाका बारेमा पनि मैले माथी नै भनी सकेकोछु ।
बिरक्त लाग्दा बिगतका बारेमा समीक्षा गर्नु भनेको खाटा बसेको घाउमा नुन चुक छर्किनु जस्तै हो । अब नेपालिले समीक्षा बिरक्त लाग्दा बिगतका बर्षहरुको गर्नु आबस्यक छैन । किन कि बिगतले हामिलाई अब कुनै नयाँ उर्जा र नयाँ जीवन दिने होईन ।
आउने समय हाम्रो कस्तो बनाउने र कस्तो राजनितीक र सामाजिक ब्यवस्थालाई अबलम्बन गर्दा राष्ट्र र नेपालीको जीवन उत्थान होला भन्ने बिषयमा समीक्षा गर्नुपर्छ र उपयुक्त उपाएको स्वयम् खोजी गर्नुपर्छ । बिगत पढेर- बिरक्त लाग्दो बिगतको समीक्षा गरेर हामी कतै पुग्ने अबस्था छैन ।
बिवेकयुक्त मानिसले चलाउने राज्य र समाज कस्तो हुनुपर्छ भन्ने बारेमा बहस गरौं- त्यस बिषयमा सक्षिमा गरौं । बिवेकयुक्त मानिस यथार्थमा कस्ता हुन्छन् र बिवेकहिन मानिस कस्ता प्रबृतिका हुन्छन् ? यस्ता यस्ता गहन बिषयमा बहस गरौं समिक्षा गरौं । जाली फटाह र ढटुवा बदमासहरुका बारेमा र उनिहरुले गरेका राष्ट्र द्रोह र जन अपराधका बारेर समीक्षा गरेर दिमाग खराब गर्नुको कुनै अर्थ छैन ।
अबको समिक्षाको केन्द्र- भोलिको नेपाल राष्ट्र कस्तो बनाउने र नेपाली जनताको जीवन कस्तो बनाउने भन्ने हुनुपर्छ । अबको राजनितिमा र राज्य ब्यवस्थामा कसैका नौटंकी चल्न सक्ने छैनन् र दिइने छैन भन्ने बारेमा समिक्षा र बहस चलाउनुपर्छ ।