मुग्लानी खबर- बैशाख १ सोमबार
"खै कस्तो नयाँ बर्ष आयो बेदनाले मुटु फुटेको बेला!
कस्को आँसु झर्दैन र यहाँ ?आफन्तजन छुटेको बेला!!
प्लाष्टिकको फुलमा वासना खोज्नु नै मुर्खता भएसरी,
के दिउँ शुभकामना हजुर आफ्नै भरोसा टुटेको बेला!!"
बर्षैपिच्छे फेरिने नयाँ बर्ष भनौ वा ३६५ दिन सकिएर ३६६ औ दिनलाई नै प्रमुख नयाँ बर्षको रुपमा बुझ्ने गरिन्छ।यसैक्रममा हजारौ वसन्त पार गर्दै बिक्रम सम्बत २०७७ पनि आजबाट बिधिबत रुपमा शुरुवात भएको छ।
हरेक बर्ष नयाँ उमंग, जोस र जागरका साथ छुट्टै रौनकता बोकेर आउने नयाँ बर्ष यसपाली अन्त्यन्तै फितलो नैरास्यता सहितको छ।अरु बर्षमा नयाँ बर्ष आउदा छुट्टै तामझाम, मीठो खाने नयाँ राम्रो कपडा लगाउने,मन्दिर जाने, पार्टी गर्ने,नौला ठाउँहरु घुमफिर गर्ने, आफन्तहरूलाई भेट्ने रङ्गिबिरङ्गी रहन्थ्यो।यसैगरी स्वदेश तथा बिदेशमा रहेका आफन्तहरु आफ्ना परिवारजनलाई भेट्ने, नेपालीहरुका महानपर्बहरु दशै, तिहार, छठ, उधौलीउभौली ल्होछार जस्ता अवसरमा छुट्टी नपाएकाहरु छुट्टी लिएर भारी लगेज बोकेर एयर्पोर्ट बसपार्क सडकहरुमा चिल्ला डिलक्स गाडी, कारहरुहरुमा ओहोरदोहोर सवाररत हुन्थे।तर यसपाली बिस्वभरी फैलिएको महामारी कोरोना भाईरसले लाखौको ज्यान लिएको छ।लाखौ जना मृत्युलाई कुरेर अस्पतालका बेडमा परिरहेका छन।लाखौ सङ्क्रमितहरु सन्चो हुने कि नहुने दोसाधमा मुटुभरी डर त्रास बोकेर जिउदै मरिसकेका छन।एयरोर्ट बसपार्क पुल पुलेसा रोड गल्ली पार्कहरु मसानघाट सरी सुनसान भएका छन।
बिश्वभरीका मै हु भन्ने शक्तिशाली राष्ट्रहरु यतिबेला ठूलो चुनौतीहरुमा गुज्रिएका छन,धन बल अस्त्रसस्त्रमा महान कहलिएका घमण्डीहरुको तागत क्षणभरमै तहसनहस भएका छन।दुनियाँको ठुलो स्वास्थ्य क्षेत्रकै ठूलो छाता संगठन विश्व स्वास्थ संगठनको होस उडेको छ।यो अबस्थामा दिन प्रतिदिन होइन प्रत्येक क्षण अनलाईन समाचार हेर्दै संक्रमित कति हजार भए? कुन देशमा कति भए?कति मरे? कती निको भए ? भन्दै गणना गर्दैमा म यता ब्यस्त छु ताकी मरेका मान्छेको श्रद्धाञ्जली शोक समबेदना दिने समेत फुर्सद छैन।घरिघरि हेर्छु आफ्नै देशको समाचार अबस्था १२ जना सन्क्रमित पुगिसकेका छन अनि केही खुसी लाग्छ अरुहरुको दाजोमा हामी कम मारमा छौ।फेरि हेर्छु समाचार मान्छे मरिसकेको छ कोरोना बाट मृत्युु भएको होकि होइन भनेर रिपोर्ट आउन अझै चार दिन लाग्छ रे अनि बिरक्त भएर बस्दै आएको छु।पिडाले यो मन छताछुल्ल हुन्छ गहभरी आँसु बग्छन। सम्झिन्छु परिबर्तन त ठुलै भए हवाई चप्पलबाट एक लाखका जुत्ता भए, झुपडीबाट महल भए,खस्रा फाटेका अनुहार चिल्ला भए सुत्दा सुकुल थिएन लाखौका खाट भए,चढ्ने साईकल थिएन घर बाहिर करोडौ पर्ने काला कार भए,उपचार गर्ने बिदेशमा अस्पताल भए,हरेक क्षेत्रमा आफ्ना मन्त्री हाकिम,प्रहरी प्रशासन, कानुन सबै भए कठै ती गाउका दुरदराजमा बस्नेहरु साधारण नागरिकको मरेपछी रिपोर्ट आउँछ?? मरेपछी आउने रिपोर्ट के का लागि सरकार?? भनेर सोध्न मन लागेको छ।
भ्रस्टाचार शून्य लक्ष्य भएको सरकारले के के न गर्ला भन्ने ठूलो अभिलासा थियो।घाईते बेपत्ता गरिब बिपन्नहरुको जिवनस्तर परिबर्तन होला भन्ने ठूलो सपना थियो। बिचरा नेपाली जनता कति बुद्दु भेडा है?कान्डैकान्डको रनमैदान बनाएको सरकार प्रती कती बिस्वास गर्छन?" बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्रामा राखे पनि बाङ्गै" भने झै जनताको स्वास्थ्य सम्बन्धी संबेदनसिल अबस्थामा पनि कमिसनखोर भ्रष्टाचार दलालहरुको बिगबिगी गन्ध आएर छिमेकी मुकुक चिनसङ्ग स्वास्थ्य सामाग्री किनेबेचको सम्झौता नै रद्ध गरिएको छ अनि मुद्दा दायर भएको छ।छि मलाई लाज लागेर आएको छ तर यिनिहरुलाई लाज भन्ने पिटिक्कै लाग्दैन।
अब बिस्वब्यापी फैलिएको कोरोनाको माहामारी र कोरोना भन्दा अझै खतरा नेपालको राजनितिको ढाड सेकिने ठूलो मारमा परेको म बबुरो नेपालीले नयाँ बर्षको के शुभकामना देउ साथी? दिनप्रतिदिन मर्ने बिस्वका मानबहरु,आफन्तको शोकमा आशुका आहालमा डुबेका परिवारहरु,बिस्वका बैज्ञानिकहरुले हरेस खाएको पल,जिबित मानबहरुमा सन्त्रास छाएको बेला,पिर पिडाको संगममा डुबुल्की मारिरहेको बेला नयाँ बर्ष को के शुभकामना दिउँ साथी?शक्ति र सामर्थ्य हरण भएको यो प्रहरमा नयाँ बर्षको शुभकामना पाउने चेष्टा नगर, शुभकामना साटासाट गर्ने त्यो अवसरको प्रतीक्षा गर्नु त्यो दिन अवस्य दिनेछु.....
बिश्वबैज्ञानिकलाई त्यो जुक्ती मिलेको दिन मनाउला नयाँ बर्ष!
कोरोना महामारीबाट मुक्ति मिलेको दिन मनाउला नयाँबर्ष!