मुग्लानी खबर- चैत्र २७ बिहिबार
भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले बुद्धलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।
उनले मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने विभिन्न उपदेश दिएका छन् । त्यस्तै उपदेशमध्ये यी केहि उपदेश हुन् जसले तपाई हाम्रो दृष्टिकोण नै फेरिदिनेछन्।
१. सूर्य, चन्द्रमा र सत्यलाई कसैले लुकाउन सक्दैन ।
२. आफ्नो काम पुरा गर्नका लागि कहिल्यै पनि अरुमा निर्भर नहुनुहोस ।
३. जसरी हावाले पहाडलाई हल्लाउन सक्दैन, त्यसरी नै तारिफ या आलोचना ले महान ब्यक्तिहरु लाई केहि फरक पार्न सक्दैन ।
४. सत्यको बाटोमा हिँड्ने मानिसले केबल दुईवटा गल्ती मात्र गर्न सक्दछ । पहिलो गल्ती भनेको आफ्नो पूरा बाटो निश्चित नगर्नु र दोस्रो गल्ती सत्यको यस बाटोको सुरुवात नै नगर्नू! यस बाटोमा हिँड्दा पैदा हुने डर र सङ्कोच क्षणिक मात्र हो भन्ने हामीले बुझ्नुपर्छ ।
५. घृणाले घृणालाई कहिल्यै समाप्त गर्न सक्दैन । यो एउटा प्राकृतिक सत्य हो कि प्रेमले मात्र घृणालाई पगालेर जित हासिल गर्न सक्छ ।
६. एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ । तरपनि उसको उज्यालो कहीँकतै कम हुँदैन । त्यस्तै जीवनमा खुसी बाँड्दा यसरी नै बढ्छ, कम हुँदैन ।
७. शङ्का गर्नु एउटा भयानक बानी हो जसले दुई व्यक्तिप्रतिको आत्मियता र मित्रतालाई तोडिदिन्छ ।
८. वितेको समयका बारेमा ध्यान नदिनुहोस, भविष्यको बारेमा नसोच्नुहोस, आफ्नो मन लाई वर्तमान समयमा केन्द्रित गर्नुहोस ।
९. सुखी र खुसी हुने एउटै मात्रै तरिका छ । त्यो भनेको भूतकालमा अल्झिएर बस्नुहुँदैन, भविष्यको सपनामा डुबेर बस्नु पनि हुँदैन र हामीले केबल वर्तमानलाई उपयोगी बनाउनमा ध्यान दिनुपर्छ ।
१०. रिस गर्नु भनेको जलिरहेको कोइलालाई अरुमाथि फ्याँक्नका लागि हातमा लिनु सरह हो! त्यसले सबैभन्दा पहिले आफैँलाई जलाउँछ र आफैँलाई पोल्छ ।
११. आफ्नो लक्ष्यमा पुग्नु भन्दा पनि महत्वपूर्ण भनेको लक्ष्य प्राप्त गर्नुअघि सफलतापूर्वक यात्रा गर्न सक्नु हो । हजारौँ शब्द भन्दा शान्ति ल्याउने एउटा शब्द धेरै शक्तिशाली हुन्छ।
१२. संसार दुःखले भरिएको छ, यी दुःखको मुख्यकारण हाम्रा इच्छाहरु हुन। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःख लाई नाश गर्न सकिन्छ ।
१३. जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन ।
१४. तपाईले हजारौँ लडाइँहरु जित्नुभन्दा आफूमाथि नै विजय प्राप्त गर्न सक्नुभयो भने मात्रै जितको अनुभव सधैँ गरिरहनुहुनेछ । यसका लागि हामीले आफ्नो मनमस्तिस्कलाई काबूमा राखेर काम गर्न सक्नुपर्छ । म के गरिरहेको छु ? मैले गर्नुपर्ने काम के हो ? भन्ने प्रश्न आफूलाई बारम्बार सोधिरहनुहोस् ।
१५. म यो कहिले पनि देख्दीन की के गरियो, म केवल यो मात्र जान्दछु कि के गर्न बाँकी छ!
१६. तपाईले आफ्नो क्रोध, रिस र रागका लागि सजायँ भोग्नुपर्दैन किनकी क्रोध, रिस र राग आफैँमा सजाय हो ।
१७. संसार दुःखले भरिएको छ, यी दुःखको मुख्यकारण हाम्रा इच्छाहरु हुन। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःख लाई नाश गर्न सकिन्छ ।