मुग्लानी खबर- चैत्र २७ बिहिबार
नव बर्ष २०७७ को उपलक्ष्यमा सम्पुर्ण देशबासीका नाममा राष्ट्रिय शक्ति नेपालद्वारा शुभकामना सन्देश ब्यक्त गरिएको छ।
२०७७ सालको नयाँ बर्ष नजिकै आउँदा यो राष्ट्रका हामी नेपालिले र बिश्वका नागरिकले कोरोना भाईरस नामको माहामारिलाई सामाना गर्नु परेकोछ । कुनै पनि राष्ट्रको मानव जिवनका लागि यो अकल्पनीय र पिडादायी समय हो । यस प्रती राष्ट्रिय शक्ति नेपालका तर्फबाट र त्यस शक्तिको संयोजकका नाताले ब्यक्तिगत तर्फबाट दुख ब्यक्त गर्दछौं l
केही दशक यता नेपालको आन्तरिक राजनितिमा देखिएका अस्वभाविक घटना र परिघटनाले राष्ट्र र नेपालीको जिवनमा यो राष्ट्रको राजनितिक ईतिहासमा निकै ठुला दुख उठाउनु परेको बिषय सबैलाई अबगत भएकै बिषय हो ।
जस्तो सुखै दुख र कष्टका बखतमा पनि हामी नेपालीहरु कुनै जाती- धर्म- समप्रदाय नभनी एकताको सुत्रमा बाँधिदै आएकाछौं र हरेक संकटलाई सामुहिक रूपमा झेल्दै आएकाछौ । यो संकटलाई पनि हामिले त्यसरी नै झेल्नु परेकोछ ।
आजको समयमा हामी मात्र होईनौं विश्व मानव समुदाय एक प्रकारले अत्यन्तै दुखित भएका छन् । मानववियताका आधारमा आजको विश्व मानव जिवनको अबस्थालाई सम्झिदा हामी दुखित भएकाछौं ।
यही दुखद समयमा नयाँ बर्ष २०७७ को आगमन हुँदैछ भने- ०७६ साललाई हामिले बिदाई गर्नुछ । हामी आशा गरौं-आउने २०७७ साल नेपाल राष्ट्र र नेपाली जनताको सुखद बर्षको रूपमा हामिले महशुष गर्न पाउनेछौं ।
राष्ट्र र नेपाली जनताको जिवनमा यस नयाँ बर्षले सकारात्मक परिवर्तन र सुखका दिन ल्याउनेछ भन्ने हामिले बिश्वास लिएकाछौं ।
यस्तो दुखका घडिमा सबै नेपाली जाती- धर्म र समुदायका नेपालीलाई धैर्यता र साहशका साथ आफू बाँच्न सक्ने र अरु नेपालिलाई समेत बचाउन सक्ने सबैलाई शक्ति प्राप्त होस् ।
नयाँ सालको स्वागत गर्नका लागि र बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरसको त्रासदिपुर्ण अबस्थाको अन्त्यहोस भन्नका लागि आ- आफ्ना धर्म अनुसार प्राथना गर्न सबैमा विनम्र अनुरोध गर्दछौं ।
साथै आम नेपाली सनातनी हिन्दु धर्मवाबलम्बिहरुले नयाँ बर्षको पहिलो दिन बेलुका आ- आफ्नो घरमा बत्ती बालेर स्वस्ती शान्तिको कामना गर्दै प्राथना गर्नका लागि हार्दिक अनुरोध सहित २०७७ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । रास्ट्रीय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टले आज चैत्र २७ गते बिहिवारका दिन शुभकामना ब्यक्त गरेका हुन।