वसन्त राज सुब्बा
झापाका एक जना स्थानिय युवा ब्यबसायी प्रदिप राईले ४० घर परिवारलाई खाद्यान्न सहयोग गरेका छन।
विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (काेभिड१९) काे संक्रमणका बिरुद्ध लड्न नेपाल सरकारले घोषित लकडाउन १७ दिनपछि परिस्थितिलाई मध्यनजर गर्दै वैशाख ३ गतेसम्म थप गरिएको छ।लकडाउन थपिएको हुनाले नेपाल सरकारले दैनिक ज्याला-मजदूरी गर्ने एवम आर्थिक अवस्था कमजोर भएका आमनागरिकहरुलाई खाद्यान्न राहत दिने भनि चैत २२ गते देखि स्थानीय सरकारमा राहातकोष स्थापना गरी बितरण कार्य दैनिक रुपमा भइरहेको छ ।
जसमा कमल गाउँपालिकाले पनि प्रत्येक वडाको टोल-टोलमा वितरण गर्ने एकदुवार प्रणाली बाट गर्दै आएको ३ दिन भित्र झापाको कमल गाउँपालिकामा १३८८ घर-परिवारमा खाद्यान्न राहत बितरण भैइसकेको र कोहि नाम छुटेका नागरिकहरुलाई पुन राहत बितरण गरिने वडा न ३ का अध्यक्ष नर प्रसाद दंगालले बताएका छन।
त्यस्तै गरी आज मिति चैत्र २५ गते मंगलबार वार्ड ३ का एक युवा स्थानीय युवा ब्यबसायी प्रदीप राईले ४० घरपरिवारलाई खाद्यान्य वस्तु चामल ,दाल ,तेल र साबुन वार्ड ३ का प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरुको प्रत्यक्ष सहभागितामा वडा न ३, कार्यलयमा वितरण कार्यक्रम गरेका थिए। व्यावसायि प्रदिपले लकडाउन थप भएको हुँदा अझै मज्दुर तथा बिपन्न बर्गका नागरिकहरुलाई जटिल समस्या आउन सक्ने भन्दै सहयोग गर्नु पर्ने बताएका छन।
सहयोगी भावाना आफ्नी स्व. आमा नरीमाया राईद्वारा प्रेरित भएको बताएका छन। समाजसेवी राईकी धर्मपत्नी कुमारी खड्का राईले राहात बितरण गर्न पाएकोमा खुसी ब्यक्त गर्दै राहात बितरणमा सहयोगीहरु सम्पुर्णमा धन्यवाद ब्यक्त गरेकी थिईन।
त्यस्तैगरी अर्को कमल गाउँपालिकामा निक्कै सकृय रहेको "समावेशी महिला सशक्तिकरण कमल गाउँपालिका संस्था बाट अध्यक्ष गौरा चापागाई ,सचिब ममता गुरुङ , सहसचिब सेलिना राई कोषाध्यक्ष मिना ओझा, सल्लाकार संयोजक लक्ष्मी न्यौपाने अधिकारी, आसा तेयुङ, तिलरूपा सुवेदीहरुको सहभागिमा संस्था मार्फत नगत एघार हजारको चेक कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको हातमा हस्तान्तरण गरेका थिए ।
यस खाद्यान्य वितरण कार्यक्रममा वार्ड ३ का वडा प्रतिनिधि लालप्रसाद बोखिम, चक्र गुरुङ, वार्डका महिला प्रतिनिधि शान्ता मुखिया, लालिमा आवशिय बोडिग स्कुल प्रिंसिपल गौरीमान फागो, सामाजिक व्यक्तित्व छत्रहाङ फागो, विरेन्द्र अधिकारी, मनकुमार थलुङ, योगिन श्रेष्ठ, मुक्तिनाथ काफ्ले, सूर्य दंगाल, लेकनाथ सुवेदी गोपाल बोहोरा, खगेन्द्र बाराकोटी, राजेन्द्र चापागाई र, सुरेन राई उपस्थित थिए ।