कोरोनाभाइरस (कोभिड १९)सँग जुधिरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशवासीलाई दीपावली गर्न अपील गरेका छन् । उनले अप्रिल ५ तारिखका दिन राति ९ बजे नौ मिनेटका लागि ९ वटा नै दियो बालेर घर घरमा दीप प्रज्वलन गर्न देशवासीलाई आग्रह गरेका छन् ।
राति ९ बजे, ९ मिनेट र ९ वटा दीप प्रज्वलन गर्न लगाएका प्रधानमन्त्रीको आध्यात्मिक अनुुसार नवग्रह र सत्ताईस नक्षत्रलाई सामूहिक दीप प्रज्वलनको प्रयासबाट कोरोनाको महामारीको नकारात्मक तरङ्गलाई सकारात्मक ऊर्जामा बदल्न खोज्नु नै मुख्य उदेश्य देखिन्छ।शास्त्रमा नौ अंकलाई नवरत्न, नवग्रह, नवदुर्गा त्यस्तै पूर्ण अंकको प्रतिकको रुपमा अत्यन्तै शुभ अंकको रुपमा लिने गरिएको छ ।
यसरी गर्न लागिएको दीप प्रज्वलनबाट ब्राह्माण्डीय शक्तिको ऊर्जा आर्जनबाट भारत तथा समग्र विश्वमा यसले कस्तो सन्देश प्रवाह र प्रभाव गर्छ ? पढौं ज्योतिषीय विश्लेषण :
मानव जातिको इतिहासमै अहिले पुरै विश्व हल्लाउने गरि भएको प्राकृतिक महामारी विपत्तिको सामना गर्नुपरेको छ । आउँदा दिनमा फेरि मानव जातिको अस्तित्वको अध्ययन गर्न विज्ञहरूलाई प्रकृतिले चुनौती दिएको छ । मानिस अबको मानव बस्तीलाई अर्काे ग्रहमा पनि बसाइसराइ गराउन लागिरहेको समयमा यस्तो प्रकारको विपत्तिले विज्ञहरुलाई पुनः चुनौती थपिदिएको छ । धर्ममा विश्वास गर्नेहरुले भने ग्रहहरुको दैनिक पूजा तथा आराधना गर्दै पनि आईरहेका छन् । वेदले ग्रहलाई भगवानको संज्ञा दिएको छ ।
प्रधानमन्त्री नेरेन्द्र मोदी कुशल नेता मात्रै नभएर उनी आध्यात्मिक साधक पनि हुन । उनले खगाोलीय गणनालाई वैदिक, धार्मिक, वैचारिक र वैज्ञानिक तरिकाबाट विश्लेषण गर्ने कुरा उनको कृयाकलापबाट सहजै अनुमान लगाउन सकिन्छ ।
प्रधानमन्त्री मोेदीले चैत्र महिनाको नवरात्रमा आफूले नौ दिनसम्म पूर्णरूपमा माता नवदुर्गा भगवतीको व्रत बस्ने कुरा केही हप्ता अघि सन्चार माध्यमबाट स्वयम् जानकारी गराइसकेका थिए । शक्ति आर्जनका लागि गरिएको नौ दिनसम्मको व्रत अप्रिल २ तारिख राम नवमीका दिन विधि विधानसहित समापन भएको छ । यस नवरात्रमा उनको साधना सम्पूर्ण देशवासीका लागि संकटमोचनको उद्देश्यमा गरिएको समेत बुझिएको छ ।