मुग्लानी खबर डट कम
२१ मै २०१७-शनीबार
बिशेष गरी नेपालका पुर्बी क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण किराती धर्मालम्बी नेपाली दाजुभाई दिदिबहिनीहरु तथा नेपालीहरुको महान चाड “साकेला उभौली“दोहा कतारमा स्थापित तीन प्रमुख सस्थाहरु “सुनुवार सेवा समाज शाखा कतार्“,”किरात याक्थुङ्ग चुम्लुङ कतार्“र “किरात राई यायोक्खा साखा कतार“को सयुक्त आयोजनामा कतारको दोहा स्थित “गल्फ होराइजन होटेल मा सभ्यभब्य रुपमा सम्पन्न भएको छ्|
शालिवा शादार पिदार/याक्वा तंनामले समेत मनाइने यो रास्ट्रीय महान चाड सुनुवार सेवा समाज कतारका अध्यक्ष तथा कार्यक्रमका सम्योजक समितिका अध्यक्ष सामुएल सुनुवारको सभापतित्वमा शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रबासी आदीबासी जनजाती महासङ्घ कतारका अध्यक्ष देव राज राई हुनुहुन्थ्यो भने बिशेष अतिथीहरुमा सुनुवार सेवा समाज शाखा कतारका प्रमुख सल्लाहाकार सोम सुनुवार्,किरात राई यायोक्खा शाखाका बिशेष सल्लाहाकार धिरज चाम्लिङ राई,सुनुवार सेवा समाज शाखा कतारका बरीष्ठ सल्लहकार भुवन्(भानु सुनुवार्,किरात राई यायोक्खा शाखाका बिशेष सल्लाहाकार चन्द्रशेर राई,नेपाल मगर सङ्घ कतारका अध्यक्ष महेन्द्र मगर्,तमु गुरुङ सेवा समाज कतारका रस तमु,नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ्,प्रबासी भुजेल समाज कतारका अध्यक्ष नियम भुजेल्,थारु कल्याणकारी सभा कतारका सभापती अर्बिन्द्र चौधरी, माझी सेवा समाज कतारका अध्यक्ष राम चन्द्र माझी,धनुष सेवा समाज कतारका अध्यक्ष राम कुमार मण्डल लगाएत बिभिन्न सङ्घ सस्थाबाट उपस्थिती रहेको थियो|
अतिथीहरुमा नेपाली महिला समाज कतारकी अध्यक्ष सुश्मिता भुसाल भट्टराई,सन्ध्या ग्रुप दोहा कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुङ्बा,नेपाली साहित्य समाज कतार च्याप्टर का अध्यक्ष तिर्थ सङ्गम राई,धनकुटा सेवा समाज कतारका अध्यक्ष ललित लिम्बु,किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहाकार तिल बिक्रम थेबे लगाएत बिभिन्न सङ्घ सस्थाबाट बुद्दीजिबी मिडियाकर्मी,समाजसेवी,पत्रकार लगाएतका ब्यक्तित्वहरुको बक्लो उपश्थिती रहेको थियो| कार्यक्रमका उपसम्योजकमा किरात याक्थुङ चुम्लुङ कतार का कावा अध्यक्ष हर्क खजुम र किरात राइ यायोक्खा अधक्ष्य एक राज राई हुनुहुन्थ्यो|
किरात याक्थुङ चुम्लुङ कतारका महासचिब सागर तुमबाहाङ्फेद्वारा सन्चालन गरिएको कार्यक्रम मा ब्यानर उद्घाटन तथा दीप प्रज्वलन गरी कार्यक्रमलाई औपचारिक रुपमा अगाडी बढाइएको थियो र कार्यक्रमको स्वागत मन्तब्य कियाचु कतारका का वा अध्यक्ष हर्क खजुमले दिनुभएको थियो|संयुक्त रुपमा तीन किरातीहरुका कलाकारहरुले सामुहिका रुपमा हामी किराती भन्ने गीत गाएका थिए तेसैगरी भुमी पुजा नासो,भुमी पुजा फेदाङ्वा,नक्छो,सास्कृतिक केलाङ बिभिन्न झाकीहरु,सास्कृतिक नृत्य,एकला नृत्यहरु प्रस्तुत गरिएका थिए|
कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा नेपाली महिला समाज कतारकी अध्यक्ष सुश्मिता भुसाल भट्टराई,सुनुवार सेवा समाजका सोम सुनुवार्,नेपाल मगर सङ्घ कतारका अध्यक्ष महेन्द्र मगर्,तमु गुरुङ सेवा समाज कतारका रस तमु,नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ्,प्रबासी भुजेल समाज कतारका अध्यक्ष नियम भुजेल लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिनु भएको थियो|प्रबाशमा रहेर पनि यसरी हाम्रो धार्मिक सास्कृतिक महत्व बोकेको चाड पर्ब मनाइनुले समरक्षण समबर्धन हुनु, गैर किरातीहरुले यसको महत्व बुझ्नुका साथै रास्ट्रीय एकतामा बलियो हुनमा दुई मत छैन्|
कार्यक्रमलाई बिभिन्न क्षेत्रबाट सफल बनाउन अहोरात्र खट्नुभएका तथा अहम भूमिका खेल्नु भएका सम्पूर्ण ब्यक्तित्व हरु र सहयोगी मनहरुलाई कार्यक्रम मुल समारोहबाट हार्दिक धन्यबाद ब्यक्त गरिएको छ्|