मुग्लानी खबर (झापा) बसन्त राज सुब्बा -केर्खामा लकडाउनको सातौ दिनमा स्थानिय समाजसेवी तथा कलाकार फौद गहतराजद्वारा राहत बितरण गरिएको छ।
आज मिति २०७६/१२/१७ गते सोमवार बिहान १० बजे कमल गाउँ पालिका वार्ड ३ केर्खा बजार स्थित छत्रहाङको घर अगाडि प्रङगणमा चालीस घर परिवारलाई वितरण खाद्यान्य वस्तु चामल ,दाल र नून उनकै हात बाट वितरण गरिएको हो।
सरकारले गरेको लकडाउन यो अवस्थामा सकारात्मक भएतापनि दैनिक श्रमजेला गरेर खानेहरुका लागि एउटा ठुलो संकट आईसकेको छ । यो संकटमा अति दयनिय अवस्था भएकाहरुलाई कोरोनाको त्रास त छदै छ यदपी खाद्यान्य वस्तुहरु प्रदेश तथा स्थानिय सरकारले वितरण गरेको छ वा छैन भन्ने बिषयमा खासै जनचासो देखिएको छैन ।
यस्तो अवस्थामा आफ्नो ठाउँका दिन दुःखी प्रति सहयोगको भावना आएकोले मैले वितरण हु कलाकार गहतराजले बताए ।
हुन त उनले यो भन्दा पनि अघि पनि सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका थिए ।
उनले सो कार्यक्रममा उपस्थित नेपाल प्रहरी चौकी , महिला समाजसेवी गौरा चापागाई , सेलिना राई , वीरेन्द्र अधिकारी , छत्रहाङ फागो, वीरेन्द्र यक्थुम्बा, मोहन श्रेष्ठ र पत्रकार लगायत सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।