विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म ३४ हजारको मृत्यु भएको छ ।
त्यस्तै, ७ लाख २३ हजार ७ सय ३२ जनालाई संक्रमण भएको छ भने १ लाख ५१ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १९९ वटा देशमा फैलिएको छ ।
चीनको वुहान शहरबाट शुरु भएको महामारीका कारण इटालीमा अहिलेसम्म १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने भाइरसबाट ९७ हजार ६ सय ८९ जनामा भाइरसको संक्रमण देखा परेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८० हजार १ सय १० पुगेको छ ।
त्यस्तै चीनमा ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ । भाइरसका कारण चीनमा आज थप ४ जनाको मृत्यु भएको हो । इरानमा २ हजार ६ सय ४० जनाको मृत्यु हुँदा संक्रमितको संख्या ३८ हजार ३ सय ९ रहेको छ ।
अमेरिकामा अहिलेसम्म महामारीका कारण २ हजार ४ सय ८९ जनाको ज्यान गएको छ भने सबैभन्दा धेरै कोरोनाका संक्रमित पनि अमेरिकामै रहेका छन् ।
अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १ लाख ४२ हजार ७ सय ३५ पुगेको छ । त्यस्तै ब्रिटेनमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय २८ पुगेको छ ।
त्यस्तै संक्रमितको संख्या १९ हजार ५ सय २२ रहेको छ । त्यस्तै फ्रान्समा कोरोनाको महामारीबाट मृत्यु हुनेकको संख्या २ हजार ६ सय ६ रहेको छ भने संक्रमितको संख्या ४० हजार १ सय ७४ जनामा संक्रमण देखा परेको छ ।