मुग्लानी खबर- १७ चैत्र सोमबार
साउदी अरबिया सरकारले स्थगनमा राखेका विभिन्न सेवाहरु अनिश्चित अबधिसम्मका लागि स्थगन नै राख्ने निर्णय गरेको छ।बिश्वभरी फैलिएको महामारीको संक्रमणलाई मध्यनजर गर्दै विभिन्न सेवाहरु स्थगन गरिएको साउदी स्थित नेपाली राजदुतावासले आफ्नो आधिकारिक पेज मार्फत जानकारी गराएको छ।
बिश्वभरी तिब्र रुपमा फैलिएको महामारी खाडी मुलक साउदी अरबियामा पनि तिब्र रुपमा वृद्धि भएको देखिन्छ जसनुसार सरकारले विभिन्न सेवाहरु अनिश्चित अवधि सम्मका लागि स्थगनमा नै राख्ने निर्णय गरेको छ भने पछिल्लो जानकारी अनुसार साउदीमा कोरोना संक्रमणको पछिल्लो विवरण :
१. आज मिति २०७६।१२।१६ (मार्च २९, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२९९ पुगेको छ । आज थप ९६ जनामा यसकाे संक्रमण भएको छ । राजधानी रियादमा मात्र आज २७ जनामा नयाँ संक्रमण देखिएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म ६६ जना निको भएका छन् र ८ जनाको संक्रमणबाट निधन भएको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरु सुरक्षित छन् ।
२. कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले साउदी सरकारले दुई हप्ता अगाडिदेखि स्थगन गरेका विभिन्न सेवाहरु पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगन मै राख्ने निर्णय गरेको यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
- सरकारले तोके बाहेकका सबै सरकारी कार्यालयहरु
- निजीक्षेत्रका कार्यालयहरु
- साउदी अरब आउने सम्पूर्ण यात्रुबाहक अन्तर्राष्ट्रिय हवाइसेवाहरु
- सम्पूर्ण आन्तरिक हवाई यात्रु उडान सेवा, बस, रेल तथा ट्याक्सी सेवा
३. यसका अतिरिक्त साउदी सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरेको कर्फ्यू, केही क्षेत्रहरुको लकडाउन तथा आवागमन नियन्त्रण लगायतका सबै निर्देशन, प्रावधान तथा गाइडलाइनहरु यथावत् कार्यन्वयनमा रहेको समेत अनुरोध छ ।
४. साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापरवाही नगरी अनिवार्य रुपमा पालना गरौं ।
--------------------------------------
नेपाली राजदूतावास
रियाद ।
२०७६।१२।१६
जस्ताको तस्तै: