मुग्लानी खबर- चैत्र १५ शनिबार
जब मैले नेपाल देशलाई बुझ्ने मौका पाए र नेपाली हुनुमा गर्भानुभुती गर्न सक्ने बिवेक राख्न सक्ने भए- त्यही बेला देखि यो पावन भुमिलाई मैले जननी मेरि आमालाई भन्दा बढि माया गर्न थाले ।
यस देशको ईतिहास पढे,नेपाली जाती पढे- हाम्रा मौलिक कला र सस्कृतिलाई पढे । यो धर्तिलाई बिदेशिका पैतलाले कुल्चिनबाट बचाउनका लागि हाम्रा पुर्खाहरुले गरेको त्याग र बलिदानका गाथाहरुलाई पढे, मेरो आत्माले मलाई जिवित हुँदै यस पबित्र माटोमा मिसिनका लागि कुनै संकोच भएन
"जब मैले नेपाल देशलाई बुझ्ने मौका पाए!!
नेपाली हुनुमा गर्वानुभुती गर्न सक्ने बिवेक,
राख्न सक्ने भए !! त्यही बेला देखि यो पावन..
भुमीलाई मैले जननी मेरि आमालाई भन्दा बढि,
माया गर्न थाले !!"
राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिब्य उपदेशलाई अध्यन गरे । " नेपाल भन्याको ईश्वरले रचना गरेको देश रहेछ" एक ठाउमा पृथ्वीनारायण शाहले यस्तो भन्नू भएको रहेछ । यो देश साच्चिकै ईश्वरले रचना गरेका रहेछन् भन्ने ठाने ।
बिदेशिका कुरा सुनेर आफ्नै देश र जनताका बिरुद्ध कुकर्म गर्नेहरुलाई निरन्तर खबरदारी गर्दै आए । राष्ट्र र जनताको जिवनमा आई परेका बिपतलाई मैले आफ्नै जिवनमा आएका बिपत सम्झिए ।
जब देशमा कोरोना भाईरसको प्रकोप बारे हल्ला चल्न थाल्यो- म स्वयम् आतंकित भए । यो बिपतबाट नेपालीको जीवन सुरक्षित रहोस् भन्नका लागि दैबिशक्तियुक्त मातृशक्तिहरुको अग्रसरतामा माता भद्रकालीमा नौरात्रका नौदिन आमाहरुको हवन सहित तपस्या गर्ने कार्यक्रमको मुख्य सहयोगी बन्ने मौका पाए । नेपाल सरकारले गरेको निर्णयका कारण त्यो पनि रोकियो ।
भद्रकालीमाताका काखमा आमाहरु तपस्यामा बसेर बिपतबाट नेपालीलाई सुरक्षित राख्ने उदेश्य सहितको कार्यक्रम रोकिए पछि मन बिरक्त भएको थियो ।
त्यही समयमा गुरु गोरखनाथकी साधिका एक जना चेलिले पसुपतिको कैलास कोटमा राष्ट्र शान्ती र नेपालीको जीवन सुरक्षित रहोस् भन्नकै लागि ब्राह्मणलाई राखेर हवन गर्ने कार्यक्रम राख्नु भएको रहेछ । चेलिकै आग्रहमा त्यहाँ सहभागिता जनाउन पुगे त्यो कार्यक्रम पनि सरकारले गरेको लक डाउनका कारण रोकिन पुग्यो ।
अब त यस्तो लाग्न थाल्यो- ईश्वरले रचना गरेको यस राष्ट्रको रक्षाका लागी र नेपालीको जीवन सुरक्षित राख्नका लागि हामिद्धारा गरिने सबै कर्म स्वयम् देवि देवताले आफै गर्दैछन् ।
हे भगवान ईश्वरले रचना गरेको राष्ट्र र नेपालीको जीवन सुरक्षित रहोस् । कामना गर्नु बाहेक म संग कुनै विकल्प बाँकी रहेन ।
वरिष्ठ पत्रकार - अनिल योगी