बिवेक पुलामी मगर , दोहा कतार
मिति १९ मे २०१७ शुक्रबार नेपाल मगर संघ,शाखा कतार सनैया “ए” एरिया समितिको छैठौ भेला सनैया “ए“ एरिया समितिका अध्यक्ष मिन बहादुर थापा मगरको सभापतित्वता मा र नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर को प्रमुख आतिथ्य तथा २०१७÷०१८ का कतारका लागि संस्कृतिक वाङ रेशम आलेमगरको विशेष उपस्थितिमा सनैया “ए” एरिया समितिका सह सचिव टोप सारु मगर को संचालनमा सनैया १५ नं स्थित टेस्टि रेष्टुरेण्टमा सम्पन्न भएको थियो ।
उक्त एरिया भेलामा नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर ब.रोका मगर, का.वा. महासचिव विवेक पुलामी मगर, सचिव रविन मगर, केन्द्रिय सदस्यहरु अभिमत पुन मगर, गणेश थापा मगर, महिला संयोजक ईश्वरा मगर, दोहा एरियाका अशोक आले मगर, सनैया “बि“ एरिया समितिका अध्यक्ष धन ब.सारु मगर र सनैया ए एरिया समितिका पदाधिकारीहरु र अन्य मगरहरुको उपस्तिथि रहेका थिए ।
कार्यक्रममा द्धिप प्रज्वलन तथा राष्ट्रिय गानवाट औपचारिकता शुरु भएकोमा संपुर्णमा चेत ब. बलम्पाकी मगरले आगन्तुक सवैमा स्वागत मन्तब्यवाट स्वागत गर्नु भएको थियो । कार्यक्रममा बक्ताहरुले संघ, संस्था र संगठन के हो, यस को महत्व, नेपाल देखि कतार तथा अन्य प्रवासमा स्थापित भएको मगर संघहरुको भुमिका, यसको दायित्वको वारेमा जानकारी दिंदै सनैया “ ए“ एरिया समितिको छैठौं भेलाको सफलताको शुभकामना दिनुभएको थियो ।
प्रमुख अतिथि केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले मन्तव्य राख्नु हुँदै सन २००० जुन ३० बाट स्थापना भएको यस नेपाल मगर संघ, शाखा कतारले स्थापना भएको समय देखि हाल सम्म गरेका कार्यहरू र भबिष्यमा गर्ने कार्यहरुको बारेमा अवगत गराउनु भएको थियो । यस सनैया ए एरिया समिति सन् २०१० मे २७ तारिक देखि गठित यस समितिले शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्तगर्दै शुभकामना पनि दिनुभएको थियो । उहाँले “सम्पुर्ण मगरहरु को एकता—अहिलेको आवश्यकता” भन्ने संघको मुल नारालाई आत्मसाथ गर्दै संघको स्थापनाकाल देखिकोे गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था र सनैया ए एरिया समिति हरेक क्षेत्रमा अगाढी बढि रहेकोमा संपुर्ण कार्य समितिका पदाधिकारी लाई धन्यवाद दिनु भएको थियो ।
अन्तमा, सभापति मिन बहादुर थापा मगरले उपस्थित संपुर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै आºनो कार्यकाल सफल गर्नमा साथ र सहयोग गरिदिनु भएकोमा एक मुष्ठ हार्दिक धन्यवाद दिंदै कार्यसमिति विघटन गर्नु र्हुदै बन्द शत्रका लागि गठित निर्वाचन समितिलाई हस्तान्तरण गर्नु भएको थियो ।
बन्द शत्रको कार्यक्रम सचिव रेशम आले मगरको सञ्चालनमा केन्द्रिय समितिका अध्यक्ष महेन्द्र थापा मगरको विशेष उपस्थितिमा, केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर ब. रोका मगरको संयोजकत्वमा गठित निर्वाचन समितिको रहोवरमा सह सचिव टोप सारु मगरले प्रस्तुत सांगठिनिक प्रतिवेदन र रेशम आले मगरले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सामान्य शंसोधनका साथ भेलाले सर्वसहमत वाट पारित गरेको थियो ।
यस भेलावाट रेशम आले मगर (गोर्खा)को अध्यक्षतामा ११ सदस्यिय समितिको सदस्यलाई निर्बिरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजकवाट भएको थियो । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अमर ब. थापा मगर (ताप्लेजुङ), सचिव चेत ब. बलम्पाकी मगर (सिन्धुली), सह सचिव सन्त ब.सारु मगर (स्याङ्गजा), कोषाध्यक्ष भक्त ब. बलम्पाकी मगर(उदयपुर) र अन्य सदस्यहरुमा केशव थापा मगर (अर्घाखांची), गणेश ब. राना मगर(भक्तपुर), पहलसिं थापा मगर(सिराह), सुर ब. सोती मगर (नवलपरासी), हर्क ब. ठाडा मगर (सिन्धुली) र रन ब. सुर्यबंशी मगर(ताप्लेजुङ) निर्वाचित हुनु भएको थियो । भने यसै भेलावाट निवर्तमान अध्यक्ष मिन ब. थापा मगर प्रमुख सल्लाहकार र अन्य सल्लाहकार सदस्यहरुमा गणेश थापा मगर, कृष्ण सोराली मगर, टोप सारु मगरलाई चयन गरिएको थियो ।
नेपाल मगर संघ, शाखाको १२ औं महाधिवेशन जुन ३० २०१७ मा हुन गैरहेको ले संघको मातहतमा रहेको संपुर्ण समिति, कोष आदि सबैको बिधानत भेला, साधारण सभा गराउनु पर्ने प्रावधान रहेको छ ।
नव निर्वाचित नयां कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिको रहोवरमा प्रमुखअतिथी अध्यक्ष महेन्द्र थापामगरले संस्थागत शपथ ग्रहण गराउनुभएको थियो । अन्तमा निर्वाचित समितीका अध्यक्षले मन्तव्य नयां निर्वाचित सदस्यहरुमा भविष्यमा सनैयामा रहेका मगरहरु संग हातेमालो गरी समितिलाई अगाढी लैजानुपर्ने र यस कार्यका लागि संपुर्ण पदाधिकारीहरुको साथ र सहयोगको अपेक्षा लिएको बताउनु भएको थियो ।