मुग्लानी खबर- बिश्वभरी फैलिएको कोरोना भाईर्सको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले चैत्र ९ गते देखि १८ गते सम्म गरेको "लकडाउन " गलत रहेको गण्डकी प्रदेशका संसद दिपक मनाङ्गेले मुग्लानी खबरको अडियो अन्तरबार्तामा बताएका छन।
सरकारले लकडाउन गर्नुभन्दा मास्क सेनेटाईजर बितरण गरि सम्पुर्णले काम गर्नु उचित रहेको र यदि लकडाउन गरेर काम नहुने हो भने कोरोना भन्दा पहिला जनता भोकले मर्ने स्थिति पैदा हुने बताएका छन।तर मास्क नलगाउने जो कोहिलाई सरकारले थुन्नुपर्ने बताएका छन।यतिबेला कोरोना भाईरसको औषधि बिस्वले पत्ता लगाउन नसकेको अवस्थामा हाम्रो जस्तो गरिब मुलुकबाट केही गर्न नसकिने र आफै संम्यम रहि सुरक्षित रहनुपर्ने सुझाब दिएका छन।
साम्सद दिपक मनाङ्गेले देशमा मास्क र सेनेटाईजर समेत उपलब्ध गराउने हैसियत नभएकोले त्यो भन्दा माथिको उपचारको आसा राख्नु निरर्थक रहेको बताएका छन। यो संकटको घडिमा नेकपा ,काग्रेस,राप्रपा पार्टी वा सरकारले गर्नुपर्छ भन्ने सोच राख्नु भन्दा सरकार, सम्पुर्ण नेपाली जनता लगाएत राजनैतिक पार्टि,दल संगठन मिलि अगाडी बढ्नुपर्ने बताए।
देशमा खाधान्न लगाएतका अत्यावश्यक उपभोग्य बस्तुहरुको आपूर्ति गर्न कठिन रहेको अवस्थामा आफुले मनाङ्गे जनताहरुको लागि आवस्यक कदम चाल्ने र देशै भरिका नेताहरुले आफ्नो क्षेत्रमा भएका समस्याहरुलाई मध्ये नजर गरि अगाडि बढे समस्याको समाधान हुने बताएका छन।
कोरोना भाईरसको संक्रमणको नाममा कालोबजारी अत्यधिक बढेको छ नि? भन्ने प्रश्नमा भ्याट र ट्याक्स तिरेर ल्याएको छ भने कालोबजारी नहुने र कसैले समय र कठिन परिस्थितिमा थोरै ज्यादा रकम नाफा लिदैमा कालोबजारी नसोची सामान्य रुपमा लिनुपर्ने बताएका छन।अहिले पैसा भएका धनिहरुले समेत किनेर खान नसकिने अवस्था रहेको समेत बताएका छन।
गरिब जनताका बिषयमा के सोच्नु भएको छ भन्ने प्रश्नमा भने दिनभरी काम गरेर हात मुख जोड्नुपर्ने कोठाभाडामा बस्नु पर्ने र ऋण गरेर पसल गरेर गुजारा चलाउनेहरुका लागि सरकारले घरभाडा तथा बैंकले लिने ब्याजदरमा सरकारको ध्यान जानुपर्ने बताएका छन ।यदि घरधनि र बैंकले यो सुबिधा दिन नसके सरकारले तुरुन्त कारबाही गर्नुपर्ने बताएका छन।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस!!