मुग्लानी खबर (झापा) प्रतिनिधि-वशन्त राज सुब्बा- लागू औषध दुर्व्यसनबाट समाजमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा पर्ने नकारात्मक प्रभाव र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे कमल गाउँपालिका याक्थुङ युवा मञ्चद्वारा लागू औषध दुर्ब्यसन सम्बन्धी जनचेतनामुलक तथा अभिमुखी कार्यक्रम गत चैत्र ३ गते सोमबारका दिन भब्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमलाई जलधारा समुदायिक विकास केन्द्रले सहजकर्ताको रूपमा सहकार्य गरेको थियो भने पछिल्लो समय नेपालको प्रदेश न. १ मा लागू औषध दुर्व्यसनीको गतिविधि ह्वात्तै बढिरहेको अवस्थामा नवगठित याक्थुङ युवा मञ्च कमल गाउँ पालिकाद्वारा प्रथम पटक लागू औषध दुर्व्यसनी विशेष जनचेतनामुलक कार्यक्रम बसन्त राज सुब्बाको अध्यक्षता तथा रोशन लिम्बुको संयोजकत्वमा झापा जिल्लाको केर्खा हिलिहाङ चौक स्थित सृजना युवा क्लबको हलमा भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख़ अतिथि कमल गाउँ पालिका वार्ड नं ३ का अध्यक्ष नर प्रसाद दंगाल त्यस्तै गरी विशिष्ट अतिथि डा. पुलक लावती, सुधार केन्द्र फाउण्डेशन बाट शम्भु घतानी ,प्याब्सन् झापा जिल्ला उपाध्यक्ष एवम लालिमा बोडिङ स्कूल प्रीन्सिपल गौरीमान फागो, आदिवासी जनजाति महासंघ कमल गाउँ पालिका अध्यक्ष छत्रहाङ फागो, अतिथिहरुमा वार्ड ३ जनप्रतिनिधि तारा बोगटी, उधोग वाणिज्य संघ कमल गाउँ पालिका सचिब बिरेन्द्र अधिकारी , केर्खा बजार खानेपानी अध्यक्ष तथा आदिवासी जनजाति महासंघ सल्लाहकार सूर्य याक्पाक्न्देन ,केर्खा बजार व्यवस्थापन समितिबाट शेलिना राई, नेपाल जनपथ प्रहरी केरखा इन्चार्ज असोक दर्नाल, ट्राफिक प्रहरी गोपाल मेहेत, महिला शसक्तिकरण कमल गाउँपालिका अध्यक्ष गौरी चापागाई, क.ग.पा-वार्ड ३, खेलकूद समिति अध्यक्ष मनोज गुरुङ, वार्ड न .४ ज्योति टोल विकास संस्थाका अध्यक्ष दूरेन नेम्वाङ्, कोपिला कृषि समूहका अध्यक्ष देवी चापागाई, प्रगतिशिल कृषि समूह बाट सृजना घिमिरे लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको उद्घाटन प्रमुख अथिती र, सभापतिको हातबाट दियो प्रज्वलन गरे पश्चात राष्ट्रीय गानबाट गरिएको थियो ।
उक्त कार्यक्रमको बोल्ने क्रममा प्रमुख अतिथि कमल गाउँपालिका वार्ड अध्यक्ष नर प्रसाद दंगालले लागू औषधले समाजका युवा जगतमा अत्यन्तै नकारात्मक असर पुर्याईरहेको बताउदै याक्थुङ युवा मञ्च कमल गाउँ पालिकाले यस्तो सचेतना रुपी कार्यक्रम आयोजना गरेकोमा विशेष धन्यवाद दिदै लागू औषध जस्तो घातक चिजको सेवन युवा जगतमा देखिएको यो विकृति बारे सबैजना सचेत हुदै अघि बढ़नु पर्ने बताउदै अहिले विश्वमा कोरोना भाइरस सङक्रमणले विश्वका मानिसहरु आतंकित बनाईरहदा स्थानीयबासीहरुमा सचेत हुनुपर्ने बताए।
त्यस्तैगरी डा.पुलक लावतीले लागू औषध दुर्व्यसनीमा फस्ने बारे र, यसबाट कसरी बच्ने भन्ने बारे सबैमा खुलस्त पारेका थिए । त्यस्तै गरी सुधार केन्द्र फाउडेसनका शम्भु घतानीले लागू औषधमा लाग्नुको कारणहरु धेरै भएको र फसेकालाई कसरी सुधार्ने र कसरी त्यसको न्यूनीकरण गर्ने भन्नेबारे विविध व्यवहारीक कुराहरु बताएका थिए ।नेपाल प्रहरी केर्खा इञ्चार्ज असोक दर्नाल र ट्राफिक प्रहरीका गोपाल मेहेतले यो ठाऊँमा लागू औषध कड़ा रूपमा नियंत्रण गरीरहेको र सबैको साथ रहेको बताए । त्यस्तै गरी महीला प्रतिनिधिहरु जनप्रतिनिधि तारा बोगटी, शेलिना राई र गौरा चापागाईले पनि कमल गाउँपालिका क्षेत्रमा युवा-युवतीहरु लागू औषधमा फसेको घटनाहरुलाई स्मरण गर्दै विगत भन्दा अहिले धेरै सुधार भएको बताए र त्यस्बारे अझै सबैजना सचेत रहनुपर्ने ब्यक्त गरेका थिए।
कार्यक्रम संयोजक रोसन लिम्बु, गौरीमान फागो, वीरेन्द्र अधिकारी र वीरेन्द्र याक्थुम्बाले पनि लागू औषध दुर्व्यसन र यसले समाजमा पुर्याउने असर बारे आ- आफ्नो भनाई राखेका थिए । भने सो-कार्यक्रममा स्वागत मंतव्य याक्थुङ युवा मञ्चका उपाध्यक्ष मिक्की लिम्बूले गरेकी थिइन्
अन्त्यमा कार्यक्रमका सभापति बसन्त राज सुब्बाले कार्यक्रम सौहद्रपूर्ण वातावरणमा सफल भएको घोषणा गर्दै उपस्थिती सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए भने कार्यक्रमको संचालन जलधारा सामुदायिक विकास केन्द्रका सदस्य सेरेहाङ लिङदेनले गरेका थिए ।