लेखकको अँखामा
"दिवस" भन्ने बितिक्कै आफैमा खुशी उमंग रहन्छ।त्यसैमा पनि अन्तरास्ट्रिय नारी दिवस ले यो संकेत गर्दछ कि विश्वभरी छरिएर रहेका सम्पुर्ण नारीहरुप्रती खुशी उमंग को दिन हो।विश्वभरी छरिएर बस्नुभएका सम्पुर्ण नारिहरुप्रती सम्मान प्रकट गर्दछु।
आज फेसबुकका भित्ताहरुमा अन्तर्राष्ट्रिय ११०औ नारी दिवसका मिठामिठा शुभकामना दिईरहदा लिईरहदा महामहिम राष्ट्रपति बिद्यादेबि भण्डारी द्वारा नारी दिवसको शुभकामना आदानप्रदान भैइरहदा नेपालमा रहेका कति प्रतिशत महिलाहरुले त्यो शुभकाना पाए त भन्ने प्रश्न पनि उब्जिन्छ नै।के ग्रामीण क्षेत्रमा बिहान बेलुका हात मुख जोड्नकै लागि दिनभरी मजदुर गर्नुपर्ने श्रमजीवी महिलाहरुले छुट्टि पाए त?के अन्याय अत्याचार द्वन्द्वको चपेटामा परेका नारीहरुलाई यो नारिदिवस ले केही फरक पार्यो त?
आज पाचतारे ठुला ठुला होटलहरुमा पार्टी सहित नारी दिवस मनाईरहदा राज्यको अँखामा ग्रामीण क्षेत्रका उत्पीडित , गरिब निमुखा र अन्यायमा परेका नारीहरुप्रती नारिदिवसले केही राहत मिल्यो त? के यो नारी दिवसले विश्वभरी छरिएर बसेका नारिहरुप्रती स-सम्मान मिल्यो त? के अब को नारिदिवस पछि घरेलु हिंसा देखि नारिहरुप्रती हुने अपहेलनाप्रती कमि आउला? के अब सम्पुर्ण नारिहरुको सम्मान सहित बाच्न पाउन अधिकार सुनिश्चित होला त?? यस्ता हजारौ प्रश्नले मानिसपटलमा घोच्ने गर्दछन।
आज अन्तर्राष्ट्रिय ११०औ नारी दिवस बिस्वभरी मनाईरहदा मलाई ग्रामीण क्षेत्रका बर्षमा एकचोटि गुन्यु र चोली समेत फेर्न नसक्ने,बिहान देखि बेलुका सम्म गाई भैंसी घाँस पात दाउरा स्याउला चुलो चौको भन्दै जिन्दगी ब्यतित गरिरहनु भएका आमा ,हजुर आमा, दिदिबहिनीहरु,शिक्षाको उज्यालो बाट बन्चित हुनुभएका साना कलिला नानिहरु,घर चलाउनकै लागि सानै उमेरमा श्रम बेच्न बाध्य नाबलिकाहरु, बलत्कारका चपेटामा,नरपिचास र पशुहरुका पन्जामा पर्न बाध्य चेलिहरु,बलात्कार पछि हत्या गरिएकी निर्मला पन्त जस्ता सयौं गुपचुप रहेका आवाज बिहिन नारिहरुतिर ध्यान गएको छ।तर राज्यको गएको छ कि छैन भन्ने मुल प्रशङ्ग हो।
राज्यले नारिप्रती मीठो नारा सहित अन्तर्राष्ट्रिय नारी दिवस मै सिमित राख्ने हो र धनी शिक्षित बर्गहरुले मात्र यस्ता दिवसको आभास गर्ने हो भने ती ग्रामीण भेगमा काम गर्ने गरिब निमुखा महिला दिदिबहिनिहरुले कहिले आभास पाउँछन्?
यदि राज्यले अन्तर्राष्ट्रिय नारी दिवसलाई विशेष र सम्पुर्ण नारिहरु प्रती समर्पण गरी प्रभावकारी बनाउने नै हो भने शहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रका गरिब ,निमुखा, द्वन्द पिडित ,दलित महिला दिदिबहिनिका लागि शिक्षा स्वास्थ आधारभुत आवस्यकता र ससम्मान आत्मनिर्भर भैई बाच्ने बाताबरणको सुनिश्चित हुनुपर्दछ।