मुग्लानी खबर डट कम
बिवेक पुलामी मगर कतार
मिति २०१७ मे ५ तारीखका दिन नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको सनैया बि एरिया समितिको छैठौं भेला सम्पन्न भएको छ । सनैया बि एरिया समितिका अध्यक्ष धन बहादुर सारु मगर को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा, अन्य अतिथिहरुमा केन्द्रिय उपाध्यक्ष शेर ब. रोका मगर, केन्द्रिय सह कोषाध्यक्ष केशव घर्तिमगर, केन्द्रिय महिला संयोजक ईश्वरा थापा मगर, केन्द्रिय सदस्यहरु अभिमत पुनमगर, होम श्रीस मगर, शुक्र ब. पुलामी मगर, निवर्तमान केन्द्रिय सदस्य नरेश सिञ्जाली मगर तथा महिला सदस्य रमा सोराली मगर, वक्रा एरिया समितिमा कोषाध्यक्ष श्याम पुलामी मगर र अन्य संघलाई माया गरेर पाल्नु हुने महानुभावहरुको बाक्लो उपस्थितिमा सनैया ४६ राइट अनवमी कम्पनीको भलिबल ग्राउन्डमा सम्पन्न भएकोे थियो ।
सनैया बि एरिया समितिको भेलाको औपचारिकता संगै शुरु भएको कार्यक्रममा स्वागत मन्तब्य धन बहादुर थापा मगरले दिनु भएको थियो । कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य राख्दै सनैया बि एरिया समितिवाट अहिले सम्म संघको हरेक कार्यहरुमा अगाढी बढिरहेकोमा पुरानो कार्यसमितिका सदस्यहरुलाई धन्यवाद दिंदै अव वन्ने नयां कार्यसमितिका पदाधिकारीहरुलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।
त्यसैगरि प्रमुख अतिथि केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले मन्तव्य राख्नु हुँदै सन २००० जुन ३० बाट स्थापना भएको यस नेपाल मगर संघ, शाखा कतारले स्थापना भएको समय देखि हाल सम्म गरेका कार्यहरू र भबिष्यमा गर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो । यस सनैया बि एरिया समिति सन् २०१० अप्रिल ३ तारिक देखि गठित यस समितिले शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्तगर्दै शुभकामना पनि दिनुभएको थियो । उहाँले संघको स्थापनाकाल देखिकोे गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था र सनैया बि एरिया समिति हरेक क्षेत्रमा अगाढी बढि रहेकोमा संपुर्ण कार्य समितिका पदाधिकारी लाई धन्यवाद दिनु भएको थियो ।
बन्द शत्रको कार्यक्रममा सहसचिव समीर थापा मगरले सांगठिनिक प्रतिवेदन र कोषाध्यक्ष धन बहादुर थापा मगरले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सामान्य शंसोधनका साथ भेलाले सर्वसहमत वाट पारित गरेको थियो । केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष शेर ब. रोका मगरको संयोजकत्वमा गठित निर्वाचन समितिले यस भेलावाट पुनः धन बहादुर सारु मगर (पाल्पा )को अध्यक्षतामा नौ सदस्यिय समितिको सदस्यलाई निर्बिरोध निर्वाचित घोषणा गरिएकोे थियो ।
उक्त भेलावाट अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मिन ब. थापा मगर (चितवन), सचिव समीर थापा मगर (तनहुँ), कोषाध्यक्ष धन बहादुर थापा मगर (तनहुँ) र सदस्यहरुमा, हेमन्त आले मगर (तनहुँ), बुद्धि सारु मगर (तनहुँ ), थमन थापा मगर(म्याग्दी )अनिल थापा मगर (तनहुँ) निर्बिरोध निर्वाचित हुनुभएको थियो । भने सह सचिव पद भने रिक्त राखिएको छ ।
नेपाल मगर संघ, शाखाको १२ औं महाधिवेशन जुन ३० २०१७ मा हुन गैरहेको ले संघको मातहतमा रहेको संपुर्ण समिति, कोष आदि सबैको बिधानत भेला, साधारण सभा गराउनु पर्ने प्रावधान रहेको छ ।
निर्वाचन समितिवाट निर्वाचित नयां कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिको रहोवरमा प्रमुखअतिथी अध्यक्ष महेन्द्र थापामगरले संस्थागत शपथ ग्रहण गराउनुभएको थियो । अन्तमा निर्वाचित समितीका अध्यक्षले मन्तव्य नयां निर्वाचित सदस्यहरुमा भविष्यमा सनैयामा रहेका मगरहरु संग हातेमालो गरी समितिलाई अगाढी लैजानुपर्ने र यस कार्यका लागि संपुर्ण पदाधिकारीहरुको साथ र सहयोगको अपेक्षा लिएको बताउनु भएको थियो ।