“हे बनपाखा बरखाने चरी”
“कठैबरी आइपुगेउ के गरि “
“पानको पात, माया तिमलाई सम्झिन्छु दिनको रात, मर्स्याङ्दी सलल.......... !
डाँडैको देवी देउराली, माया हो पात बजाउँदै झर्नु है ओराली मै बस्छु सम्झि झलझली ।
कुनैबेला रेडियो नेपालमा बज्ने यस्तै ठेट नेपाली लोकभाका यतिबेला कतारमा पनि गुन्जीए ।
कतारमा स्थापित संस्था गुल्मी सेवा समाज कतारले “गरिव तथा जेहेन्दार बिधार्थी हरुका लागि छात्रवृत्ति सहायोगार्थ” आयोजना गरेको आठौ वनभोज तथा सांस्कृतिक कार्यक्रममा उनै नेपाली लोकदोहोरी गीत संगीतका शिखर पुरूष, बरिस्ठ गायक एवम् कालजयी सृजनाका सर्जक बोम बहादुर कार्कीले केहि वर्ष अगी रेडियो नेपालमा गाउने गीतहरु आफ्नो सुमुधुर स्वर मार्फत कतारमा नेपाली दर्शक माझ पस्किदा उपस्थित दर्शकले उही पुराना दिन स्मरण गर्दै नाचेर भरपूर्ण मनोरंजन लिए । कार्कीले खोला पारि निरमाया,पानको पात,तम्घास बजार जस्ता पुराना तथा लोकप्रिय गीतहरु पस्किएका थिए ।
कार्यक्रममा नेपाल बाट आमन्त्रित अन्य गुल्मेली राष्ट्रिय कलाकारहरु लोक तथा दोहोरी गायक मिठो स्वरका धनि दिपक परियारले “बानि चकचके” लगायत नेपाली पन्चेबाजाका गीत प्रस्तुत गरे भने अर्की कलाकार सरिता कार्कीले युटुवमा चर्चामा आएको गीत “लाउन्छ माया नलाउने होइननि” लगायत करिपन आधा दर्जन गीतमा स्वर भर्दै उपस्थित दर्शकलाई छमछमि नचाइन ।
तिनैजना अतिथि कलाकारको घमासान दोहोरिले पनि कार्यक्रम निक्कै रमाइलो बन्न सफल रह्यो ।त्येस्तै स्थानिया कलाकार हरु लक्ष्मी गिरि,इश्वर भण्डारी लगायतका कलाकारले पनि आफ्नो प्रस्तुति पस्केका थिए ।कार्यक्रम संयोजक कुमार अविरल पन्थीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य बाट स्वागत गरे भने संस्थाका प्रमुख सल्लाकार बुद्द पाण्डेले गुल्मी जिल्लाको चिनारीको बारेमा बोलेका थिए ।
प्रमुख अतिथि एनआरएनए आईसिसि सल्हाकार टीबी कार्कीले बोल्दै प्रवास कतारमा गुल्मी सेवा समाज कतार एउटा छुट्टै विशेषता बोकेको सस्था भएको बताउदै समाजले बिगतका दिनहरुमा गरेका बिभिन्न सामाजिक कार्यको प्रसंसा गर्दै सस्थाको उन्नति र प्रगतिको कामना गरे ।
कार्यक्रममा अमिना खान,राम जी खत्री,ठाकुर कुमार परियार,इस्वर काफ्ले,केबी हमाल,पदम गिरि लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति झविन्द्र आचार्यले बोल्दै समाजले गरेको बनभोज तथा बृहत सास्कृतिक कार्यक्रममा उपस्थित भएर सभ्य तथा भब्य रुपमा सफल बनाइदिनु हुने सम्पूर्ण संघ सस्थाका प्रतिनिधि,कलाकार,सल्हाकार, कार्यसमिति का पदाधिकारी लगायत बिभिन्न समय तथा कार्यहरुमा सहयोग गर्नेप्रति धन्यबाद टक्राउदै आगामी दिनहरुमा कतारमा सामाजिक कार्यमा डटेर लाग्ने बताउदै कार्यक्रम समापन गरे ।
कार्यक्रम संस्थाका सचिव कमल अर्यालले औपचारिक र दिपेन्द्र सुनारले सांगीतिक कार्यक्रम सहजीकरण गरेका थिए ।
गुल्मी सेवा समाज कतारको प्रतिबद्दता,निस्वार्थ समाज सेवा आजको आवश्यकता भन्ने मूल नाराका साथ सन २००३ मा कतारमा स्थापना गरिएको सस्था सामाजिक कार्यमा अग्र स्थानमा नाम आउँछ ।