प्रवासी भुजेल समाज कतारको पाचौ अधिबेशन सम्पन्न भएको छ ! हिजो सुक्रबार भएको अधिबेशन बाट सर्वसहमतिले वीर बहादुर भुजेल सस्थाको अध्यक्षमा निर्बाचित भएका छन ।
"भुजेल जातिको बिकाश र उन्नतिको आधार सास्कृतिक चेतना शिक्षा र रोजगार" भन्ने नाराको साथ सन २०१० मा कतारमा स्थापना गरिएको संस्थाको महाधिवेशनमा भुजेल सेवा समिती केन्द्रका उपाध्यक्ष बुद्द बहादुर घर्तिको प्रमुख आतिथ्यमा दोहाको ग्रील हाउस रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि घर्तिले प्रवासमा रहेरपनि बिभिन्न बाध्यताका बावजुट सस्था स्थापना गरि भुजेल जातिको हितको निम्ति सस्थाले गरेका कार्यहरुको प्रसंसा गरे । नेपालमा भुजेलको जनसंख्या कमै रहेपनि कतारमा उल्लेखनीय उपस्थित रहेको देख्दा खुशी प्रकट गर्दै भबिस्यमा पनि यस्ता खालका कार्यहरुले निरन्तरता पाइरहोस भन्ने कामना गर्दै भुजेल जातिको हितको निम्ति “केन्द्र”ले नि सधै तत्परता देखाएको बताए ।
राज्यमा पहुँच गराउन आदिबसी जनजातिलाई (समावेसी ) नीति ल्याइएको उल्लेख गर्दै सरकारले यसलाई निरन्तरता दिनुपर्ने प्रमुख अतिथि घर्तिले जोड दिए ।
ब्यानर उत्घाटन दिप प्रज्वलन गर्दै सुरु गरिएको औपचारिक कार्यक्रममा सस्थाका बरिस्ठ उपाध्यक्ष वीर बहादुर भुजेलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा दोहा कतारमा स्थापित विभिन्न संघसस्थाका प्रतिनिधि, बुद्दिजिबी समाजसेवी पत्रकार भुजेल बन्धु र गैर भुजेल दाजुभाइ दिदिबहिनी साथै मातृसस्थाका पदाधिकारी,समाजसेवी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तब्य राख्नेहरुमा महिला समाज अम्बिका खत्री, Nrna ncc महिला उपाध्यक्ष सरिता भण्डारी, आदिवासी जनजाती अध्यक्ष शिव कुमार भुजेल, जनसम्पर्क कतार अजिज अलि, प्रवासी एकता मंच चानक पोख्रेल ,नेपाली समाज कतार हिराधान राई लगायतका रहेका थिए ।
अधिबेसन कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्नको लागि स्थानिय कलाकार माया भुजेल र सपना संगीत परिवारको तर्फ बाट पनि बेजोड सांगीतिक प्रस्तुति रहेको थियो । त्येस्तै समाजका कलाकार साथै सहयोगी दाता र २०१७/२०१९ को कार्यसमितिलाई पनि खादा र सम्मान पत्रको साथ सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति मिलन कुमार भुजेलले मन्तब्य राख्दै ५ औ महाधिवेशन लाई सफल पार्न अहोरात्र खटिने सहयोगीहरु, कार्यक्रममा उपस्थित हुने बिभिन्न संघ सस्थाका पदाधिकारी लगायत कार्यसमितिका सम्पुर्णामा हार्दिक कृतज्ञता दिदै कार्यक्रम समापन भएको बताए । उक्त कार्यक्रमको संचालन भने महासचिव युवराज भुजेलले गरेका थिए ।
पाँचौ महाधिवेशन बाट निर्बिरोध निर्वाचित २१ सदस्यीय कार्यसमिति
अध्यक्ष :- वीर बहादुर भुजेल,
बरिस्ठ उपाध्यक्ष :- रमेश भुजेल
प्रथम उपाध्यक्ष :- प्रभात भुजेल
दितिय उपाध्यक्ष :- शिव बाबू भुजेल
महासचिव :- युवराज भुजेल
कोषाध्यक्ष :- उमेश कुमार भुजेल
सचीव :- सन्तोष भुजेल
सह -कोषाध्यक्ष :- अर्जुन भुजेल
सदस्यहरु: अन्तर भुजेल,चित्र बहादुर भुजेल,रुद्र बहादुर भुजेल, कुमारी भुजेल, माया भुजेल, रितेश भुजेल पुजा भुजेल ,मन कुमार भुजेल,कृष्ण बहादुर भुजेल,रमेश भुजेल, सागर भुजेल, प्रदेस नम्बर १ सम्योजक:- छबि भुजेल, प्रदेस नम्बर ३ सम्योजक:- रोज भुजेल रहेका छन