बसन्त राज सुब्बा / केर्खा
कमल गाउँ पालिका वार्ड ४ स्थित ज्योति आधारभुत बिद्यालयमा २०४५ साल फाल्गुन १२ गतेका दिन देखि पढ्न सुरु गरेको यस बिद्यालयमा मिति २०७६/११/१२ गते सोमवार ३१ औ वार्षिक उत्सव कार्यक्रम सव्य र भव्यताका साथ सम्पन्न भएको छ ।
यस वार्षिक उत्सव कार्यक्रम दुरेन नेम्वाङ्ग संयोजकत्वमा बिद्यालयको पहिलो बार्सिक उत्सव समापन भएको थियो । उक्त कार्यक्रमका प्रमुख आथिति कमल गाउपालिका वार्ड न ४ का जन निर्वाचित वार्ड अध्यक्ष प्रेम बाहादुर राई विशिष्ट अतिथि बसन्त राई र व्यावस्थपन समिती अध्यक्ष सीता निरौला, सुर्य याक्पाङ्देन,वीरेन्द्र याक्थुम्बा,बिद्यालय स्थपनाकालमा बिद्यालयलाइ सहयोग गर्नु हुने अभिभावकहरु,जग्गा दाता र अक्षयकोस दाता लगायतका उपस्थित थिए ।
कार्यक्रममा राष्ट्रीय गानका साथ 31 वटा मैनबती बाली 31 औ वार्षिक उत्सव को उदघाटन गरिएको थियो । भने गुरुआमाहरुले पनि स्वागत भन्ने गीत बाट उपस्थित सम्पूर्णमा स्वागत गरेका थिए ।
विभिन्न सास्कृतिक नृत्य नाचगान, अभिभावक म्यूजिक चेयर, हांडी फुटाई, एक सय मीटर दौड र भाले जुदाई प्रस्तुत रहेको थियो । भने प्रतियोगिताहरुलाई पुरस्कार साथै सम्मान प्रदान गरेको थिए ।
ज्योति आधारभुत स्कूलको निर्माण देखि आज सम्मका विवित पक्षमा सहयोगी दाताहरु लाई पनि उच्च सम्मान गरेको थियो । अन्त्यमा आगमी दिनहरुमा यस ज्योती आधारभुत बिद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यायन अध्यपन हुने गरि शिक्षाको गुणस्तर परिवर्तन गर्दै बैज्ञानिककरण तर्फ शिक्षाको नितिहरु अगाडी लैजाने साथै सम्पुर्ण अभिभावकहरुले आगामी सैक्षिक सत्र २०७७ देखि यस ज्योती आधारभुत बिद्यालयमा आफ्नो बालबच्चाहरुलाई पढाउन पठाउन हुन पनि संयोजक दुरेन नेम्वाङ्गले बताए । उक्त कार्यक्रमको संचालन याम दंगालले गरेका थिए ।