सागर तुम्बाहाङ लिम्बु /कतार
मिति २०२० फेब्रुअरी २१ तारीक शुक्रबार नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आयोजनामा र महासंघ कतारमा आवद्ध मातृ सस्थाहरुको सहकार्यमा सम्पुर्ण आदिवासी जनजातिहरुको राष्ट्रिय चाड पर्वको शुभ कामना आदान प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका सल्लाहकार तथा सस्थापक सदस्य बिल ब. गुरुङले मन्तब्यको क्रममा पटक पटकका जन आन्दोलन पश्चात मुलुकमा भएको राजनितिक परिवर्तन संगसगै आदिवासी जनजातिहरुले आफ्नो राष्ट्रिय चाड पर्वमा पाऊदै आएका सार्वजानिक बिदाहरु कटौऊति भएका बताए । गुरुङले बोल्दै यस्तै कारण हाम्रो आदिवासी जनजातिहरुको चाड पर्वहरु कहिन कहि धराप र ओझेलमा परेका जनाउदै राज्य स्वंयम आदिवासी जनजातिहरुको पहिचान सकाउन लागि परेको हो कि भन्ने लागेको बताउदै यस बारेमा आदिवासी जनजातिहरु सचेत हुन पनि अनुरोध गरे ।
मन्तब्य राख्ने क्रममा प्रमुख सल्लाहकार देव राज राई, बिषेस सल्लाहकार सिया राम चौधरी, सल्लाहकार तथा सस्थापक सदस्य सुक ब, तामाङ, सल्लाहकार धिरज चाम्लिङ राई, समाज सेवि तथा ब्यावसायी उत्तम गुरुङ, समाजसेवि हिराधन राई, लगायत मातृ सस्थाहरु प्रमुखहरुले आफ्नो समुदाय र जातिले मनाउने चाड पर्वको बिस्तृत जानकारी दिन्दै आफ्नो शुभकानमा मन्तव्य दिएका थिए ।
विधिवत रुपमा उत्घाटन गरिएको औपचारीक कार्यक्रममा उपस्थित सम्पुर्णलाई सस्थाका उपाध्यक्ष पुरुषोत्तम सुनुवारले स्वागत मन्तब्य द्धारा स्वागत गरेका थिए भने उपस्थित आदिवासी जनजाति महासंघ कतारमा आबद्द बिभिन्न मातृ सस्थाले आफ्ना मौलिक झाकी नृत्यहरु पस्किदै कार्यक्रमलाई रोमान्टिक प्रदान गरे ।
कार्यक्रम सफल बनाउन अहोरात्र खटनु हुने सम्पुर्ण पदाधिकारी लगायत मातृ सस्थाहरु लाई सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति शिव कुमार भुजेलले धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा आदिबासी जनजाति हरुका हकहितको लागि जनजाति महासंघ लागिपर्ने बताउदै औपचारीक कार्यक्रम समापन भएको घोषणा गरे । औपचारीक कार्यक्रम महासचिव सागर तुम्बाहाङफे लिम्बुले र संस्कृतिक कार्यक्रम सचिव तेज गुरुङले सहजीकरण गरिएको कार्यक्रम भब्य एवंम सभ्य तरिकाले सम्पन भएको छ ।