बागमती प्रदेश धादिङ जिल्लाको "रुबिभ्याली गाउँपालिका"को छौठौ गाउँसभाले आर्थिक वर्ष २०७६/७७ को लागि आम्दानी र खर्च विवरण प्रस्तुत गरेको छ ।
अध्यक्ष चेरुङ तामाङको सभापतित्व रहेको कार्यक्रममा रुबिभ्याली गाउँपालिका ३ का जेष्ठ नगरिक यहरुङ तामाङ प्रमुख अथिती बिशेष अतिथिहरु उपाध्यक्ष बिना लामा प्रशासकिय अधिकृत टङ्का बहादुर नेगि नेकापा रामसिङ तामाङ,राप्रापा केन्दिय युवा सदस्य च्याङ्बा तामाङ प्रहरी इन्चार्ज किरण पोख्रेल वाड न १ का अध्यक्ष मेन घले वाड न २ का अध्यक्ष पेम्बा घले वाड न ३ का अध्यक्ष कामी लाल तामाङ वाड न ४ का अध्यक्ष प्रशान्त तामाङ वाड न ५ का अध्यक्ष धिरज तामाङ वाड न ६ का अध्यक्ष नर मान गुरुङ वाड सदस्यहरु राजनीतिज्ञ पार्टी दालहरु लगायतक अभिभावकहरु रहेका थिए ।
गाउँपालिका प्रशासकिय अधिकृत टंक बहादुर नेगिले रुबिभ्याली गाउँपालिकालाई समृद्ध बनाउनको लागि विभिन्न क्षेत्र र निर्माण र बिस्तार र ब्यबस्थापनमा आर्थिक बर्ष ७५/७६ को आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको छ ।
“खनिज,जटिबुटि,पर्यटन,जलस्रोत र विपद प्रतिरोधी पुर्वाधार: सुन्दर रुविभ्यालीको आधार" भन्ने मान्यतालाई स्थापित गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ, उपाध्यक्ष बिना लामाले बताइन् आफ्नो कार्यकाल भित्र प्रत्येक टोल टोलमा सडक,गुणस्तरीय शिक्षा,स्वास्थ्य,स्वच्छ वातावरण तथा मदिरा मुक्त गाउपालिका बगैचा र फूलबारी सहितको घर, सरसफाई युक्त सुन्दर वस्ती भन्ने मान्यतालाई स्थापित गरी वैकल्पिक उर्जाको प्रयोगमा प्रेरित गरिनेछ ।
जैविक उर्जा,वैकल्पिक उर्जा,जलविद्युत लगायतका उर्जाहरुको विकास र आयात गरी “उज्यालो रुबिभ्याली” अवधारणा लागू गरिनेछ,अध्यक्ष चेरुङ तामाङले बताए ।
कार्यक्रम संचालक गाउँपालिकाको कर्मचारी दिलिप घले स्वागत मन्तब्य गाउँपालिकाको कर्मचारी चन्द्र लामा तामाङले गरेका थिए।