मुग्लानी खबर डट कम
06 मे 2017 कतार
समाज विकाशमा प्रवासीको योगदान भन्ने मुल नारालाई लिएर नेपाली साहित्य,खेलकुद र सांगीतिक पक्षलाई समेट्दै प्रवासमा प्रवासीका वास्ताविक यर्थाथहरुलाई उजागर गर्ने हेतुले सन २००२ मा स्थापना भएको सन्ध्याग्रुप कतार र साहित्यिक पाटो मुग्लानी सौगातले आफ्नो ४९ औ वाचन श्रृङखला सहित नेपाल प्रबासी तामाङ समाज कतारको गत अप्रिल २१ तारिक दोहामा भएको आफ्नो सातौ अधिवेसनबाट नव निर्वाचित कार्यसमितिलाई खादा,टिकाको साथमा फुलको गुच्छा सहित दिएर अलखोर स्थित आफ्नै कार्यलयमा बधाई तथा सम्मान गरेको छ ।
सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अ.ने.सा.स कतार चाप्टरका प्रथम उपाध्यक्ष प्रेम प्रकास भट्टराई रहेका थिए भने बिषेश अतिथिमा नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ,सन्ध्याग्रुपका प्रमुख सल्लाहकार थर्चा लामा,नेपाली महिला समाज कतारकी अध्यक्ष सुस्मिता भुसाल,नेपाल प्रबासी तामाङ समाज कतारका सस्थापक तथा संरक्षक सुक ब.तामाङ,नवोदित वाचनलय कतारका प्र.उपाध्यक्ष लेख कार्की,छिमेकी मार्टका मेनेजर तथा नेपाल प्रबासी तामाङ समाज कतारका बिशेस सल्लाहकार शंखालाल तामाङ,पत्रकार तिल बिक्रम थेबे,नेपाली महिला समाज कतारकी प्र.उपाध्यक्ष अमिना खान,कतारका सबैभन्दा पुराना गायक वबिन राई थिए भने अतिथिहरुमा समाज सेवी तथा बुद्दी जीवि श्याम भुसाल,आई बोस अलखोरबाट राज रुजाल,म्हेन्दोमाया परिवार कतारका प्र.उपाध्यक्ष गणेश तामाङ,सन्ध्याग्रुपका सल्लाहकार विजय कुमार यादव सन्ध्याग्रुप खेलकुद परिसदका पुर्व अध्यक्ष बिष्णु मरासिनी,राज गुरुङ,श्याम बराइली,किसोर भट्टराई लगायत विभिन्न समाज सेवी बुद्दीजीविहरुको बाक्लो उपस्तिथी रहेको थिए ।
कार्यक्रममा सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर तथा दिप प्रज्वलन र राष्ट्रिय गान गाउदै सुरु गरिएको थियो भने नेपाल प्रबासी तामाङ समाज कतारका नव निर्बाचित कार्यसमितिलाई सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वा,प्रमुख सल्लाहकार र उपस्थित प्रमुख अतिथी बिशेष अतिथिले खादाको साथमा टिका लगाएर सम्मान गरिएका थिए।
उपस्थित अतिथिहरुले मन्तब्यको क्रममा नेपाल प्रबासी तामाङ समाज कतारको नव कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिदै संस्थाले कतारमा रहेका तामाङ दाजुभाई मात्र नभएर सम्पूर्ण नेपालीहरुलाई एकाबद्दता गराउदै पुरानो समितिले गर्न बाँकि रहेका कार्यहरु आउने नयाँ कार्यसमितिले पुरा गर्दे जावोस भनि बधाई सहित शुभकामना दिएका थिए भने मुग्लानी सौगातको ४९ औ डबली पनि भएको हुदा साहित्यिक लेख रचनाहरुले पनि बीच बिचमा कार्यक्रम साहित्यिक मय बनेको थियो । त्यस्तै गायक अमन रेग्मीले भक्त राज आचार्यको गीत मुटु जलिरहेछ बोलको गित गाउदा केहि छिन कार्यक्रम सांगीतिक माहोल पनि बन्न पुगेको थिए भने नेपालबाट सन्ध्याग्रुप पूर्व महिला बिभाग प्रमुख सावित्री गिरि,संस्थापक सदस्य सन्त तामाङ, सदस्य गणेश छेत्री,कलाकारहरु सबिना लामा,सुनी माया तामाङ,नेपाली महिला समाज कतारकी महासचिव अम्बिका खत्री लगायतले कार्यक्रममा आफु प्रतक्ष्य रुपमा उपस्थित हुन नसके पनि मेसेज बाटै कार्यक्रम सफलता संगै नेपाल प्रबासी तामाङ समाज कतारका नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको कुरा कार्यक्रम संचालकले बताएका थिए ।
बधाई तथा शुभकामना मन्तब्यको क्रममा नेपाली महिला समाज कतारकी प्र.उपाध्यक्ष अमिना खान,नवोदित वाचनलय कतारका प्र.उपाध्यक्ष लेख कार्की,छिमेकी मार्टका मेनेजर तथा नेपाल प्रबासी तामाङ समाज कतारका बिशेस सल्लाहकार शंखालाल तामाङ,पत्रकार तिल बिक्रम थेबे,नेपाल प्रबासी तामाङ समाज कतारका सस्थापक तथा संरक्षक सुक ब.तामाङ,नेपाली महिला समाज कतारकी अध्यक्ष सुस्मिता भुसालले तामाङ समाज कतारका नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिने अवसर जुटाई दिनु भएकोमा सन्ध्याग्रुप प्रति धन्यबत प्रकट गर्नु भएको थिए ।
कार्यक्रमका बिशेस अतिथि नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङले सन्ध्याग्रुप कतार र नेपाल प्रबासी तामाङ समाज कतार बिगत स्थापनाकाल देखि नै हरेक कार्यमा सहकार्य गर्दै आइरहेको र तामाङ समाजले गर्ने बिशेस ल्होछार पर्व कार्यक्रममा पनि सन्ध्याग्रुपले बिबिध कुरामा सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि दुवै संस्था बीच नङ र मासुको सम्बन्ध अझै गाढा रहने बताउदै सन्ध्याग्रुपले गरेको बधाई तथा सम्मान प्रति आभारी प्रकाट गर्नु भएको थिए ।
प्रमुख अतिथि अ.ने.सा.स कतार चाप्टरका प्रथम उपाध्यक्ष प्रेम प्रकास भट्टराईले तामाङ समाज कतारले उठाएका सहि र सकारत्मक मुद्दाहरु पुराहुन र नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै गजल वाचन गरेका थिए ।
“ प्रवासका युवा सक्ति फर्किएर जाउ नेपाल
“श्रम गरौ जुटी बनाउ सुन्दर शान्त नेपाल !!
भन्दै आफ्नो मन्तब्य राखेका थिए ।
सभापति बिरेन्द्र कुमार याक्थुम्बाले कार्यकममा संस्थाको निमन्त्रा स्वीकारेर सम्पूर्ण आमन्त्रित अतिथि गण लगायत उपस्थित सबैलाई धन्यबाद दिदै नेपाल प्रवासी तामाङ समाज कतारसंग बिगतका दिनहरुमा जस्तै आगामी दिनमा पनि यस्तै सहकार्य गर्दै अगाडी बढ्ने कुरामा आफु ढुक्क रहेको बताउदै नयाँ कार्यसमितिलाई कार्य सफलताको कामना दिदै कार्यक्रमको समापन गर्नु भएको थियो भने उप्ता कार्यक्रमको संचालन सन्तोष के.सी र उपस्तिथी सम्पूर्णलाई स्वागत मन्तब्यबाट स्वागत उमेश बस्नेतले गर्नु भएको थिए ।
सभापति बिरेन्द्र कुमार याक्थुम्बा कार्यक्रमको समापन गर्दै