बसन्त राज सुब्बा
केर्खा बजार बाट पूर्ब करिब १०० मिटर उत्तर नर्सरीमा अनौठो इनार भेटीएको छ ।कमल गाउँ पालिका वार्ड ३ स्थित बसोबास गर्दै आएको एक धिमालले माछा मार्ने क्रममा उक्त इनार देखेका हुन ।
त्यस पछि स्थानीयहरुले अचम्मको पुरानो ईनारलाई सरक्षण गर्ने उद्देश्यले बासको भाटाले सरक्षण गरेका छन ।
त्यसको वास्तविक तथ्य थाहा नपाई यसको यर्थाथ के हो भन्ने विषयमा प्रदेश १ का कानून मन्त्री हिक्मत कुमार कार्कीले अवलोकन गरेका छन । र यो कुवाको वास्तविक तथ्य जिल्ला अधिकारी सम्म कुरा गरी थप अनुसंधान र तथ्य विभागले अध्ययन यही आएर थाहा हुन सक्ने बताए ।
त्यस पछि गत मिति २०७६/१०/२९ गते बुधबार नर्सरी क्षेत्र भित्र भेटिएको ऐतिहासिक सम्पदा कुवाको सम्रक्षण समिती बनेको छ,।गाउँ पालिका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा बसेको भेलाले उक्त समिती गठन गरेको हो,गाउँ पालिका वार्ड ३ अध्यक्ष नर प्रसाद दङ्गाल,वार्ड सदस्यहरु चक्र गुरुङ्ग,सान्ता मुखिया,तारा बोगटी समाजसेवी छत्र फागो,बिरेन्द्र अधिकारी,सुर्य दङ्गाल,सिताराम अधिकारी,मोहन श्रेष्ठ,मन कुमार थलङ्ग को उपस्थिती रहेको उक्त भेलाले ऐतिहासिक पुरातात्विक सम्पदा कुवा सम्रक्षण समिती गठन गरेका छ ।
अध्यक्ष : दिलिप चापागाई,
सचिब : मोहन श्रेष्ठ
कोषाध्यक्ष गौरा चापागाई सदस्यहरु : सुर्य दङ्गाल
,सिताराम अधिकारी ,टेक बहादुर पौडेल ,मन कुमार थलङ्ग ,देबराज भन्डारी ,सन्तोष बुढाथोकी ,मुक्तीनाथ काफ्ले ,सोमलाल चापागाई ,मिना ओझा,शेलिना राई लगायत १३ सदस्य रहेका छन ।
अध्यक्ष मेनुका काफ्लेका अनुसार यस क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक सम्पदा अनुरुप बिकास गर्दै पुरातात्विक सिम्सार क्षेत्र बनाउन सकिनेछ बताए । नवगठित सरक्षण समितिका सचिब मोहन श्रेष्ठले यो विषयमा गहीरो चासो लिदै भने यो सबै अनुमानमा परपुर्बक काल देखि कुनै ऐतिहासिक बालमीकि आश्रम या कुनै किरात कालको हुन सक्ने यो कुवाको प्रकृति अवस्था हेर्दा हुन सक्ने बताउदै यसको लागि पुरातात्विक बीद या समाज स्थानीय सरकार मिडियाकर्मी सबैको साथ हुनु पर्ने बताए ।