“प्रणय दिवस”
देश तथा बिदेशमा रहनु हुने आदरणिय सम्पुर्ण दाजुभाई, तथा दिदिबहिनी अनि मित्र-बन्धुहरुमा सादर नमस्कार साथै प्रेम भाव....,हरेक साल १४ फेब्रवरीमा आउने प्रणय दिवसको शुभकामना!! प्रेम के हो? के प्रेम वर्षको एक दिन मात्र हुने अन्य दिन तनाबै तनाबमा बाच्नु पर्ने हो? आजभोली हाम्रो समाजमा “प्रेम” दिबस पनि बिबादित बनेको छ। एक थरीले भनिरहेको छ, यो हाम्रो संस्कृति भित्रको होईन यसलाई हामीले कुनै सुवर्ण दिनको रुपमा स्वीकार्न सकिदैन, तर त्यही छेउमा बसेर अर्को जमातले भने आफुले जानेको आफुले सकेको आफ्नो इच्छाअनुसार (valentine day) प्रणय वा प्रेम दिवस मनाईरहेका छन। युवापिढीहरुले प्रेम दिवस मनाउने क्रममा हुन सक्छ केहि गतल बाटो छनौट गरेका होलान, केहि बिकृती र केहि बिसंगती सिर्जना भए पनि होला त्यसलाई नकार्न सकिदैन त्यो त ज्ञानको कमी हो। तर हामी मध्य जसले प्रेम दिबसको बिरोध गरिरहेका छौ, एक पटक सोच्नै पर्ने बेला आएको छ, सामाजिक संजाल वा मिडिया मार्फत यती धेरै बिरोधको बाबजुद पनि किन रोकिएको छैन प्रेम दिवस मनाउन? आखिर प्रेम दिवस केहो? यहाँ दिवस मात्रै भनिरहदा एक दिनलाई मात्र जनाउछ भने “मेरो ब्यक्तिगत भनाईमा केवल १४ फेब्रवरीलाई मात्र प्रेम दिवस नभएर घडीको सेकेन्ड सुईबाट आउने टिक..टिक..टिक..टिक.. आवाजहरुलाई नै प्रेम दिवसहरु हुनु पर्ने हो”। फेरी पनि जसले जहा जसरी सुरु गरे पनि “प्रेम” मानव जीवनको भावनात्मक शब्द हो, हरेक धर्मग्रन्थका पुस्तकहरुमा यो शब्द सुरक्षित पाईन्छन्। हामी भनिरहेका छौ “वसुधैव कुटुम्बकम्” फेरी पनि भन्छौ यो पराईको रिति हो हामी मान्नु हुदैन, हामी भनिरहेका छौ राम्रो जति हाम्रो हुन् तपाईले कहाँनिर देख्नु भयो “प्रेम” शब्दमा नराम्रो? आकाशबाट झरेको पानीलाई सफा भाडामा थाप्नुहोस त्यो पिउने योग्य हुन्छ सोहि पानीलाई फोहोरमा जम्न दिनुहोस् त्यसले खुट्टा समेत पखाल्न सक्नु हुदैन। आखिर पानी त उहि हो फरक केवल स्थान र स्थितिको हो ‘प्रेम’ पनि पानी जस्तै हो केवल ग्रहण गर्ने ब्यक्तिमा निर्भर पर्दछ। “प्रेम दिवस’ मान्ने वा नमान्ने दुबै थरीका बिचार ठिक होलान तर वास्तबमा प्रेम केहो? यसैको वरिपरी रहेर लेख्ने कोसिस गरेको छु आशा छ यहाँहरुले स्वीकार गर्नु हुने छ।
प्रेम त्यो चीज हो जुन जराले सिँगो रुखलाई गर्छ । दिनभरि भारी बोक्ने भरियाले नाम्लोलाई राती सुम्सुम्याएर जतनसाथ राख्छ । त्यो हो प्रेम , स-साना स्कूले केटाकेटीहरुले किताबको खोल नच्यातियोस् भनेर गाता हालेर किताबको जतन गर्न खोज्नु प्रेम हो, कति प्रेम गर्छ खोलाले समुद्रलाई ? सयौँ हजारौँ माइल दौडँदै, बाटोमा आइपर्ने व्यवधानहरुलाई पन्छाउँदै, जसरी पनि पुगेरै छाड्छ भेट्नलाई । प्रेम त्यो हो, जो एउटा लेखकले आफ्ना किताबका अक्षरसँग गर्छ । त्योपनि प्रेम नै हो, जो किसानले आफ्नो हलोसँग गर्छ । प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई । त्यसैले त उसले तेललाई भनिरहेको हुन्छ, जबसम्म तिमी छौ, म बलिरहन्छु । पानीले हरेक बालीलाई भनिरहेको हुन्छ, तँ सक्दो फल्नु है, म सकेसम्म तेरो जरा जरामा पुगिदिन्छु । प्रेम एक भावुक प्रतिबद्धता हो । यो कुनै व्यक्ति, समाज, देश या प्रकिृतिसँग हुन सक्छ । प्रेम मानव जीवनको भावनात्मक शब्द हो। प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ । प्रेम अनमोल हुन्छ, तर निःशुल्क पाइन्छ, तपाईले तय गर्न सक्नुहुन्न, प्रेम कहिले, कहाँ र कति बेला हुन्छ । प्रेम न त बेच्न सकिन्छ न किन्न ,कसैले पनि कसैलाई प्रेम गर्न बाध्य पार्न सकिदैन् , प्रेम एक सर्वशक्तिशाली अनुभुति हो ,आफ्नो भावनाको प्रकट गर्नको लागी।
“प्रेम” हरेक गल्तीहरुलाईलाई कम गराउने सुत्रको प्रेम, हरेक सफलतालाई सफल बनाउने सुत्र हो प्रेम, प्रेम छ र त यहाँ लगाव, मेहनत, संस्कार अनि संस्कृति छ, निति नियम ऐन कानुन अनि परिधी छ, यी सबैको कारक प्रेम हो, हरेक दिनको सुरुवात प्रेम पुर्बक होस, अन्त्य पनि प्रेमले होस्। तपाईलाई जिन्दगी कहाँ निर त्यस्तो नरमाइलो लाग्छ भन्नुहोस , जब प्रेम आफै भित्र जन्माउनु हुन्छ भने। लोभ वाद,ईष्या घमण्ड अनि अहंकार यी सब कुरा त्याग्नुहोस, तपाई कहिले पनि दुखी हुनुहुदैन, जब जहिले खुसी हुने बाचा गर्नुहुने छ, हामीले बुझेको “ प्रेम” बिपरित लिङ्गीमा हुने आकार्षण मात्रै हो भनेर, हेर्नुहोस त तपाईको अगाडि समाज छ, परिवार छ, साथीभाई, ईष्टमित्र अनि त्यो भन्दा पनि ठुलो मनवता छ। आहा.. सायद यो बिचको प्रेमको गहिराई नहुने हो भने तपाईले आजको दिनमा सोचेको जस्तो प्रेमको महत्व फिक्का फिक्का लाग्छ। आजको दिनको प्रेम सोच्नु भएको छ तपाईले त्यसलाई उज्यालो बनाउनको लागी समाज प्रतिको “प्रेम” परिवार,साथीभाई,ईष्टमित्र अनि मानवता प्रति हुन जरुरी छ। मलाई अनिले प्रेमले बोल्न सिकाईरहेको छ म त सबैलाई “प्रेम” गर्ने मान्छे आज पनि प्रेमले लेख्न सिकाईरहेको छ लेख्न बाध्य बनीरहेको छ, त्यसैले सबैमा प्रेम बाढौं सद्भाव कायम गरौं, आजको दिन मात्र होईन हरेक दिन “प्रेम् मय बनाउनुहोस्। जिन्दगीमा दुःख लाग्ने छैन र पक्लो पनि हुनु पर्ने छैन। तपाईको निधारमा ५५ डिग्रीको गर्मीको कारण टप टप चुहिरहदा पनि मुहारमा मिठो प्रेमको मुस्कान छाउने छ,यदि तपाईले “प्रेमको महसुस गर्नु भयो भने कयौं बर्ष बाच्न सक्नु हुनेछ। हामी “प्रेम” कसैको गोजी, झोला अनि दाराजमा चाहार्दैमा प्राप्त हुने होईन, “प्रेम” त आफु भित्र लुकेर बसेको छ, त्यो त तपाईको अनावस्यक रोदनहरुले पुरिदिएको छ, एक पटक कोशिस गरेर हर्नुहोस त आफ्नो मनमा खाडल बनाएर तरुललाई जमिनको गर्भ बाट बाहिर निकाले झै म पनि रोदनहरुले पुरिएको प्रेमलाई खाडल खनेर बाहिर निकाल्छु, अनि लाग्ने छ दुनियाँको सबै भन्दा भाग्यमानी मानिस मै हु। जब तपाई प्रेम पुर्वक आफुलाई सोच्नु हुने छ तपाई कहिले कमजोर ठान्नु हुदैन, सधै भरी खुसी बनाउनु हुने छ जब आफुले आफैलाई खुसी बनाउनु हुने छ अनि मात्र अरुलाई खुसी बनाउन सक्नु हुने छ, जब मन भित्र लोभ-लालच, ईष्या, घमण्ड अनि स्वार्थ आदी छन भने तपाई कहिल्यै खुसी भएर बाच्न सक्नु हुदैन। यति भन्दै प्रणय दिवसको अवसरमा (facebook@Khim1492) को मित्रहरु अनि (www.muglanikhabar.com) का दर्शक, श्रोता अनि शुभ चिन्तकहरु साथै वसुधैव कुटुम्बकम् ( धर्ती एक परिवार हो) सवैको दिन, समय, अवस्था, सोचाई,अनि बिचार सधै सधै प्रेममय रहोस प्रणय दिवसको शुभकामन!!!
खिम सुनार, दोहा कतार..