तेज गुरुङ, दोहा
मिति फेब्रुअरी ७ तारिख शुक्रबारका दिन दोहाको नज्मा अवस्थित अफ्गानी युनियन मन्डी रेस्टुरेन्टको सभा हलमा एक समारोहका बीच तमु (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम २०२० सम्पन्न गरेको छ ।
तमु संस्कारमा आधारित माइती र चेलीको सम्बन्धलाई सुमधुर राख्ने विशेष महत्त्व बोकेको तमु समुदायको महान पर्व माघे संक्रान्ति (माङी त्हे) को शुभ अवसरमा कार्यक्रम आयोजना गरिएको हो।
समाजका अध्यक्ष भाइकाजी गुरुङको सभापतित्व रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद,मध्यपुर्व संयोजक तथा तमु (गुरुङ) समाज कतारका सल्लाहकार सदस्य प्रवीण गुरुङको प्रमुख आथित्यमा भएको थियो ।
कार्यक्रममा तमु (गुरुङ) समाज कतारका प्रमुख संरक्षक बिल बहादुर गुरुङ , गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद निवर्तमान सदस्य बिमल सुवेदी , तमु समाजका संरक्षक बुधबल गुरुङ , निर्देशक सल्लाहकार रस (शिव) गुरुङ , तृतीय उपाध्यक्ष टौमाया गुरुङ , महिला संयोजक डिलकुमारी गुरुङ लगायत कतारमा रहेका बिभिन सामाजिक संघ सस्था जिल्ला,तथा बुद्धिजिवि हरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रथम उपाध्यक्ष खुशीमान गुरुङको स्वागत मन्तव्य लगत्तै प्रमुख अतिथिको बाहुलीबाट दीप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरिएको गरिएको थियो भने तृतीय उपाध्यक्ष टौमाया तमुस्योले कार्यक्रमको औचित्य र महत्त्व माथी संक्षिप्त चर्चा गर्नुभएको थियो।
साथसाथै २७ डिसेम्बर २०१९ मा सम्पन्न फो ल्होसार तथा स्योकैं कार्यक्रम २०१९ लाई सफल बनाउन आर्थिक तथा भौतिक रुपमा विशेष सहयोग गर्नुहुने सहयोगदाताहरुलाई खादा, प्रमाणपत्र सहित क्रेगी र पछ्यौराले सम्मान गरिएको थियो भने तमु सांस्कृतिक परिवारका कलाकारहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। त्यस्तै ल्होसार कार्यक्रमका बिभिन्न कार्यसमितिका संयोजक लाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
त्यस्तै तमु सांस्कृतिक परिवारका वरिष्ठ नृत्य निर्देशक भीम प्रसाद गुरुङ र पच्यु खेगी टौ बहादुर गुरुङ (निश्चल) गुरुङलाई वहाँहरुको योगदानको उच्च कदर गर्दै क्रेगी सहित विशेष उपहार र कोसेलीले सम्मान गरिएको थियो।
सम्मानकै क्रममा हरेक वर्ष जस्तै यस वर्ष महिला विभाग समितिले समाज प्रति विशेष योगदान दिनुहुने व्यक्तिलाई सम्मान गर्दै यसपटक समाजका प्रमुख संरक्षक बिल बहादुर गुरुङ , अध्यक्ष भाइकाजी गुरुङ, लगायत सल्लाहकार सुर्य गुरुङ , सह-कोषाध्यक्ष केशरसिंह गुरुङ र आजीवन सदस्य भेष गुरुङ लाई सम्मान गरिएको थियो।
कार्यक्रममा तमु समाजका महिला विभागका संयोजक डिलकुमारी गुरुङ र तमु प्ये ल्हु संघ साखा कतारका महिला संयोजक सारा गुरुङको नेतृत्वमा दुबै महिला विभाग समितिको तर्फबाट कार्यक्रमका सभापती, प्रमुख अतिथी र प्रमुख संरक्षकलाई क्रेगी (फेटा) ले सम्मान गर्नुभएको थियो भने साथसाथै सभापतिलाई चेलीहरुको कोसेली हस्तान्तरण गर्नुभएको थियो।
यही क्रममा नेपाल प्रवासी तामाङ समाज कतारका महिला संयोजक अस्मिता तामाङ र दाङ देउखुरी सेवा समाज कतारका महिला संयोजक उषा परियारको नेतृत्वमा दुबै महिला बिभाग समितिको तर्फबाट कार्यक्रमका सभापतिलाई चेलीहरुको कोसेली हस्तान्तरण गर्नुभएको थियो।
शुभकामना मन्तव्यको क्रममा वक्ताहरु अमिना खान , रेखा राई , करिम बक्स मिया , धिरेन तामाङ , शिव कुमार भुजेल , उत्तम गुरुङ , बिमल सुवेदी लगायतले तमु (गुरुङ) समाज कतारले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कार र संस्कृति संरक्षण र सम्बर्द्धन गर्दै चेलीबेटीहरु तथा कलाकारहरुलाई गरिएको सम्मान कार्यक्रम निकै सर्हानिय र अनुशरणीय रहेको टिप्पणी गर्नुभयो र साथसाथै यस्ता कार्यक्रमले माइती र चेलीको सद्भाव र आत्मीयता सुमधुर राख्नुको साथसाथै आफ्नो मौलिकताको जगेर्ना गर्न टेवा पुग्ने भनाई व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथी प्रवीण गुरुङले शुभकामना मन्तव्य राख्ने क्रममा तमु समाजले प्रदान गरेको प्रमुख आतिथ्यको अवसर प्रति गौर्वान्वित महसुस गर्दै तमु समाजले गर्दै आएका सामाजिक गतिविधिहरुको सम्मान गर्दै आएको र आफुलाई एक सामाजिक अभियन्ताको रुपमा उभ्याउन अभिप्रेरित गरेको धारणा व्यक्त गर्नुभएको थियो।
समाजका महासचिव तेज गुरुङले औपचारिक कार्यक्रम र सचिव ज्ञानु गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमु सांस्कृतिक परिवार र तमु प्ये ल्हु संघ कतारका सांस्कृतिक विभागका कलाकारहरू द्वारा प्रस्तुत विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु सँगै नेपाली स्वादको परिकारहरुको सामुहिक भोज निकै हर्षोल्ल्लास वातावरणमा सम्पन्न भएको थियो।
अन्त्यमा महिला संयोजक डिलकुमारी गुरुङले प्रवासमा रहेर पनि जन्मभुमि र माइतीको झल्को मेटाउने यो सद्भाव सम्मान र मिष्ठान्न भोजनको निम्ति सम्पूर्ण महिला विभागको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो भने समाजका अध्यक्ष तथा कार्यक्रमका सभापती भाइकाजि गुरुङले समाजको निमन्त्रणालाई हार्दिकता साथ स्विकार्दै कार्यक्रमको शोभा बढाउन उपस्थित सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।