धादिङ र नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा अवतारी गुरु (टुल्कु) दावा नोर्बु रिम्पोछे को नेतृत्व तथा उपाध्याय (खेन्पो) फुर्बु तामाङ लगाएत आचार्य गुरुहरुको सकृयतामा शान्ती पदयात्रा हुने भएको छ।
बौद्ध गुरु ( टुल्कु) दावा नोर्बु रिम्पोछे धादिङ जिल्लाको रुबिभ्याली गाउँ पालिका स्थित तिप्लिङमा जन्मिएका अवतारी गुरु हुन भने उनले दक्षिण भारतको मैसुर स्थित नाम्डोलिङ गोन्पामा बौद्ध धर्म दर्शनको अध्यापन गरिसकेका छन।
मानव लगाएत बिस्वका सम्पुर्ण प्राणीहरु खुशी अनि सुख शान्ती समृद्धि चाहान्छन।दुखको बारेमा सपनामा समेत देख्न चाहदैनन् फलस्वरूप आफ्नो कर्म अनुसारको फल प्राप्त हुने र अशल कर्म मार्फत नै शान्ती र सुख मिल्ने हुँदा सम्पुर्ण नेपालीहरुका माझमा यो शान्ती पदयात्राको कार्यक्रम गर्ने भएको हो।
" कुनै पाप कर्म नगर्नु,कुशल कर्म सम्पन्न रुपमा गर्नु,आफ्नो चित्तलाई पुर्ण रुपमा नियन्त्रणमा राख्नु,यहि नै भगवान गौतम बुद्धको मुलशिक्षा हो"
यो शिक्षालाई बिस्वभर फैलाउने उदेश्य स्वरुप यो कार्यक्रमको आयोजना गरिएको हो।उक्त कार्यक्रम बौद्ध धर्म सम्बन्धी विभिन्न पुजाहरु हुने छन जसअनुसार :शुद्धीकरण पुजा (साङ्सेकेर्यम),ग्रहदशा हटाउने पाठपुजा, धर्मदेशना, परिणामना र प्रणिधान(ङोमा मोन्लाम) जस्ता बिषयबस्तु हरुलाई प्रमुख रुपमा समिटिने बताईएको छ।
कार्यक्रम विभिन्न दुई जिल्लाका निम्न मिति स्थान र समयमा पदयात्रा हुनेछ:२०७६ माघ २६ गते तीन महान स्तूप(छ्योर्तेन नाम्सुस) को दर्शन,माघ २७ गते धादिङ स्थित सत्यदेवीमा पुग्ने र २८ गते कार्यक्रम गर्ने,सोही दिन दार्खामा पुग्ने र २९ गते कार्यक्रम गर्ने,फाल्गुन १ गते बोराङमा पुग्ने र फाल्गुन २ गते बोराङ र सेर्तुङ्मा कार्यक्रम गर्ने, फाल्गुन ३ गते सेर्तुङ्ममै कार्यक्रम गरेर सोही दिन तिप्लिङ पुग्ने,फाल्गुन ४,५ र ६ गते तिप्लिङमै बज्रकिल( फुर्दोङ) कार्यक्रम गर्ने योजना तय गरिएको छ भने फाल्गुन १२ र १३ गते त्रीसुलीमा शान्ती पुजा गरिने बताईएको छ।