बाँगी सेवा समाज दोहा कतारले क्यान्सर पिडित राकेश थापा को परिवार लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
सन २००६ मा कतारमा स्थापना गरिएको सामाजिक सस्थाले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर पाँच साविक बाँगी सात कुजेरी निवासी क्यान्सर पिडित राकेश थापा को परिवार लाई उन्को उपचार स्वरुप एक लाख तीस हजार आठ सय पचहत्तर (१,३०,८,७५) रुपैयाँ रकम आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
पारिवारिक आर्थिक अवस्था कम्जोर भएका राकेश थापाका एकल छोरा १४ बर्षीय राजन थापा केहिमहिना पहिले आगोले जलेर ससक्त घाइते छन ।
आर्थिक सहयोग रकम संकलन गरि बाँगी सेवा समाज दोहा कतार द्वारा बुधबार अस्पतालमा पुगी हस्तान्तरण गरिएको समाजका अध्यक्ष दामोदर भुसालले जानकारी दिए ।
क्यान्सरले गर्दा दाहिने खुट्टा गुमाएका थापाका १ श्रीमती , तीन छोरी एक छोरा राजन गरि छ जनाको परिबार रहेको छ ।
घर खर्चको अभावले छोरीको नियमित पढाई समेत विग्रिएको उनको परिवारको भनाई छ । राकेश थापाका छोरा राजन थापा को दुवै खुट्टा र हात जलेको ले दुई चार वटा अपरेसन गरी सर्जरी गर्नु पर्ने डाक्टर ले बताएका थिए । राजन थापा को उपचार को लागी अनुमानित २०-२२ लाख खर्च आउने हुदा आर्थिक अभाव भएको हो ।
काठमाडौंको कृतिपुर अस्पतालमा उपचार भइ रहेको अहिले केहि सुधार भएको परिवार ले बताएको छ । बाँगी सेवा समाज कतार ले एक हप्ताको छोटो समयमै हातमा हात मिलाउनु हुने सम्पुर्णमा हार्दिक धन्यवाद एबम आगामी दिनहरुमा पनि सुझाव सल्लाह साथ र सहयोगको अपेक्षा राखेको समाजका अध्यक्ष दामोदर भुसालले बताए । केहि जानकारी लिन परेमा पीडित को मोबाइल नम्बर ९८४७२३७६९७